प्रतिबन्धित जीएमओ फूड भित्र्याउन थालेकोमा चार किसान संगठनले वक्तव्य प्रकाशित गरी गरे तीब्र बिरोध

प्रतिबन्धित जीएमओ फूड भित्र्याउन थालेकोमा चार किसान संगठनले वक्तव्य प्रकाशित गरी गरे तीब्र बिरोध

कार्तिक २६ काठमान्डौ ।
आठ बर्ष अघि नै सर्बोच्च अदालतले देशमा भित्र्याउन रोक लगाएको जीएमओ फूड देउवा नेतृत्वको सरकारले अहिले सर्बोच्चको आदेशलाई छलेर जस्केलाबाट भित्र्याउन थालेको छ । उक्त जनघाती तथा राष्ट्रघाती कदमका विरुद्ध नेपालका चार किसान संगठनले वक्तव्य प्रकाशित गरी बिरोध गरेका छन् । वक्तव्यको पूर्णपाठ तल दिइएकोछ :
चार किसान संगठनको वक्तव्य
प्रतिबन्धित जीएमओ फूड भित्र्याउन थालेकोमा चार किसान संगठनको बिरोध
मानिस, पशुपंक्षी र बातावरणलाई समेत हानी पुर्याउने गम्भीर सम्भावना रहेको अनुबंश परिबर्तित जैब फुड–जीएमओ फुड(जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म)लाई आठ बर्ष अघि नै सर्बोच्च अदालतले देशमा भित्र्याउन रोक लगाएकोमा सरकारले अहिले सर्बोच्चको आदेशलाई छलेर जस्केलाबाट भित्र्याउन थालेको कदमप्रति हामी चार किसान संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।
बिश्व स्वास्थ्य संगठन समेत बिश्वस्त हुन नसकेको यस प्रकारको प्रतिबन्धित अनुबंश परिबर्तित जैब उत्पादनले मानिसको स्वास्थ्य सुरक्षाका क्षेत्रमा पनि उत्तिकै गम्भीर असर पार्ने र यस बारे बिश्वब्यापीरुपमा बहस चलिरहेको बेला सरकारले प्रतिन्धित त्यस्ता खाद्यान्न मध्ये हालै मकै, भटमास र क्यानोला(सस्र्यौंको तेल) तेल जस्ता उत्पादनहरु मानिसले प्रत्यक्ष उपभोग नगर्ने भनेर प्लान क्वारेण्टाइन तथा बिषादी ब्यबस्थापन केन्द्रलाई आयात गर्ने अनुमति दिएर देशमा थप गम्भिर खतरा र समस्या निम्त्याउने काम गरेको छ । यसको हामी घोर बिरोध गर्दछौ र यस्ता मानिसको स्वास्थ्य, जैबिक बिबिधता र प्राकृतिक खाद्यान्न श्रृंखलालाई नै बिगार्ने प्रतिबन्धित बस्तुहरु आयात गर्ने कदम तुरुन्त रोक्न जोडदार माग गर्दछौ ।
खाद्य सुरक्षाको समस्या समान खाद्य पदार्थ बितरणको अभावमा उत्पन्न हुने समस्या भएकोले सरकारले समान खाद्य सामाग्रि बितरणको सार्बजनिक ब्यवस्था गरेर यस्ता समस्या हल गर्ने तत्काल ठोस कदम चालोस् भन्ने पनि हामी बिशेष माग गर्दछौं ।

भैरबराज रेग्मी                                                                                                     सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अ.ने किसान महासंघ(अप्फा)                                                                 अ.ने.किसान महासंघ(क्रान्तिकारी)

लोकनारायण सुबेदी                                                                                             कृष्ण राना
अध्यक्ष                                                                                                                  इञ्चार्ज
अखिल नेपाल किसान यूनियन                                                        अ. ने. प्रगतिशील किसान संघ
२६ कार्तिक २०७८