“ लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यत: सर्वहारा क्रान्तिको सिध्दान्त तथा कार्यनीति र विशेषत: सर्वहारा वर्गको अधिनायकतन्त्रको सिध्दान्त तथा कार्यनीति हो ।“
– जोसेफ स्टालिन, स्टालिनका छानिएका रचनाहरु, पृष्ठ ९१, पैरवी प्रकाशन काठमाडौं, २०६४ ।

पृष्ठभूमि :
भ्लादीमिर इल्यिच लेनिन (सन १८७० – २९२४) अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता, एक दार्शनिक , सिध्दान्तकार र लेनिनवादका प्रवर्तक समेत हुनुहुन्छ । साथै महान् लेनिन महान् अक्टोबर रुसी समाजवादी क्रान्तिका नेता तथा विश्वमै पहिलो सर्वहारा वर्गको अधिनायकत्व स्थापितकर्ता हुनुहुन्छ । महान् लेनिनको नेतृत्वमा सन १९१७ अक्टोबर २५ ( रुसी नयाँ क्यालेन्डर अनुसार सन १९१७ नोभेम्बर ७ ) दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो ।
महान् अक्टोबर क्रान्ति एक महान् सर्वहारा समाजवादी क्रान्ति थियो । अक्टोबर एक युगान्तकारी परिघटना थियो । त्यस क्रान्तिले नयाँ विश्व क्रान्तिको थालनी गरेको थियो र त्यो मानव जातिको इतिहासमा नयाँ युगको द्योतक थियो । त्यस क्रान्तिले विश्वका विभिन्न देशहरूमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिको प्रक्रिया अगाडि बढाउनका लागि नयाँ अध्यायको ढोका खोलिएको थियो । अक्टोबर क्रान्ति पश्चात् विश्वका विभिन्न देशहरूमा कम्युनिस्ट पार्टीहरु स्थापना हुन गएका थिए ।
त्यस क्रान्ति पश्चात् पूर्वी युरोपका २० आौं देशहरूमा सोभियत मोडेलको समाजवाद लागू गरिएको थियो भने चीन , भियतनाम , कोरिया , कम्बोडिया , क्युवा आदि देशहरूमा क्रान्ति सम्पन्न गरिएको थियो । यसरी त्यस बखत विश्वको जनसंख्याको एक तिहाई जनसंख्या कम्युनिस्ट सरकारको छातामुनी गोलबन्द हुन पुगेका थिए । र , विश्वभर नै कम्युनिस्ट क्रान्तिकारीहरुक लहर आएको थियो ।
यस लेखमा विश्व सर्वहारा वर्गका महान् नेता लेनिनशीत अन्तर्सम्बन्धित भएर लेनिनद्वारा लेनिनवादको प्रादूर्भाव , लेनिनद्वारा संश्लेषण गरिएको साम्राज्यवाद र सर्वहारा क्रान्तिको विश्लेषण , उहाँले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा पुर्याउनु भएको योगदानका बारेमा केही प्रकाश पार्ने प्रयास गरिएको छ ।
माक्र्सवादकाबारेमा योगदान
महान् अक्टोबर समाजवादी क्रान्ति माक्र्सवादको सैध्दान्तिक पथप्रदर्शनमा भ्लादीमिर इल्यिच लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी ( बोल्सेविक ) द्वारा सम्पन्न पहिलो सर्वहारा क्रान्ति हो । त्यो क्रान्तिमा माक्र्सवादको पहिलोपटक रुसी भूमिका प्रयोग भएकोले यो क्रान्ति महान् लेनिनको योगदानसित सम्बन्धित रहेको छ । माक्र्सवाद अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिको एक वैज्ञानिक सिध्दान्त हो । माक्र्सवादको निर्माणमा कार्ल माक्र्स (सन् १८१८ – १८८८३ ) र फ्रेडरिक एंगेल्स ( सन १८२० – १८९५ ) महत्वपूर्ण भूमिका र योगदान रहेको थियो ।
लेनिन महान् माक्र्सवादी हुनुहुन्थ्यो । उहाँले माक्र्सवादलाई राम्रोशीत आत्मसात गर्नुभएको थियो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समग्रतामा भएको हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यसको सिध्दान्त भौतिकवाद हो भने यसको पध्दति द्वन्द्ववाद हो । यो दर्शन सबैखाले आदर्शवाद र अधिभूतवादका विरुद्ध परिलक्षित रहेको छ ।
माक्र्सवादी राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिध्दान्त र अतिरिक्त मूल्यको सिध्दान्तमा आधारित रहेको छ । यसले वस्तुहरुकाबीचको सम्बन्धलाई होइन , मानिसहरुकाबीचको सम्बन्धलाई आधार मानेर चल्दछ ।
माक्र्सवादद्वारा विकसित वैज्ञानिक समाजवाद वर्गसंघर्ष , इतिहासमा वर्गसंघर्षको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादको स्थापनाको सिध्दान्तको समष्टि हो । यसले राज्यसत्ताको क्षेत्रमा सबैखाले प्रतिक्रियावाद तथा काल्पनिक समाजवादको विरोध गर्दछ ।
माक्र्सवादका सैध्दान्तिक प्रस्थापनाहरुमा लेनिनले आफ्ना विभिन्न रचनाहरुमा गहन अध्ययन विश्लेषण र संश्लेषण गर्नुभएको छ । लेनिनले माक्र्सवादका “ तीन श्रोत तथा तीन संघटक अंग “ , कार्ल माक्र्स र उनको शिक्षा “ जस्ता सार्गर्वित लेखहरु अत्यन्तै सरल र संक्षिप्त रुपमा घनिभूत ढंगले सुत्रबध्द गरेर विशेष पठनीय बनाउनु भएको छ ।
माक्र्सवादको महत्वमाथि प्रकाश पार्दै लेनिन अगाडि भन्नुहुन्छ , “ माक्र्सवादको शिक्षा सर्वशक्तिमान छ किनकि सत्य छ ।त्यो सम्पूर्ण तथा सामन्जस्यपूर्ण छ र त्यसले मानिसलाई एक यस्तो अखण्ड विश्वसंकल्पना प्रदान गर्दछ जुन कुनै पनि प्रकारका अन्धविश्वास , प्रतिक्रियावादी प्रवृ या पुँजीवादी उत्पीडनको कुनै पनि पक्षपोषणको कट्टर विरोधी छ । १९ आौं शताब्दीमा जर्मन दर्शनशास्त्र , अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सिसी समाजवादका रुपमा मानव जातिका जुन सर्वश्रेष्ठ उपलब्धिहरु रहेका छन् , माक्र्सवाद तिनको विधिसम्मत उत्तराधिकारी हो । “ लेनिन , व्ला. इ . लेनिन संकलित ,चनाएँ , दश खण्डों में खण्ड ४ , पृष्ठ १९४ , प्रगती प्रकाशन मास्को् , १९८२ ।
माक्र्सवादका तीन श्रोत जर्मन दर्शनशास्त्र , अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादकाबारेमा जुन यहाँ उल्लेख गरिएको छ , यसै श्रोतका आधारमा माक्र्सवादका तीन संघटक अंग विकसित भएका छन् , ती हुन् – दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।
लेनिन एकातिर माक्र्सवादका यसप्रकारका तीन श्रोत तथा तीन संघटक अंगहरुलाई आत्मसात गर्नुभएको थियो भने अर्कोतिर माक्र्सवादलाई समग्रमा विकसित पनि तुल्याउनु भएको छ । माक्र्सवादको यो विकास भीषण वर्गसंघर्ष र क्रान्तिका बीचबाट भएको छ ।यश प्रकारका संघर्ष र क्रान्तिमा महान् अक्टोबर समाजवादी क्रान्ति एक ऐतिहासिक उत्कर्ष थियो ।
महान् अक्टोबर क्रान्तिमा योगदान
महान् अक्टोबर क्रान्तिमा लेनिनको महत्वपूर्ण योगदान रहेको छ । सन १९१७ मा रुसमा सम्पन्न महान् अक्टोबर समाजवादी क्रान्ति विश्वइतिहासमा एक युगान्तकारी परिघटना थियो । त्यो क्रान्ति पुँजीवादी युगको अन्त्य र वैज्ञानिक समाजवादी युगको प्रारम्भको एक ऐतिहासिक उध्घोषण थियो । त्यसले पुरानो बुर्जुवा संसदीय युगको अन्त्य र नयाँ सर्वहारा अधिनायकत्वको युगको थालनी गरेको थियो । त्यसले रुसमा मात्र होइन संसारलाई नै एक नयाँ उत्प्रेरणा र सन्देश दिएको थियोे । त्यो क्रान्ति मानव जातिको इतिहासमा एक महान् अग्रगामी गुणात्मक छलाङ्ग थियो ।
महान् अक्टोबर क्रान्ति सन १८७१ मार्च १८ देखि १८७१ मे २८ सम्म कायम रहेको ऐतिहासिक पेरिस कम्युनको निरन्तरता र उत्तराधिकारीणी हो । पेरिस कम्युनको सन्दर्भमा माक्र्सले भन्नुभएको थियो , “ यदि कम्युन विनष्ट गरियो भने पनि कम्युनका सिध्दान्त शाश्वत र अविनासी छन् , ती श्रमिक वर्गको मुक्ति नहुँदासम्म बारम्बार प्रकट भइरहने नै छन् ।“ – त्जभ म्यअगmभलत इा तजभ न्चभबत म्भदबथ ँभद। ज्ञढछट – व्गल। ज्ञढटघ ख्यगिmभ – द्द उ। छद्द । माथि माक्र्सले भन्नुभएझै पेरिस कम्युका सिध्दान्तहरु साँच्चै शाश्वत तथा अविनासी छन् ।
पेरिस कम्युनको ध्येयमाथि प्रकाश पार्दै लेनिनले भन्नुभएको थियो , “ कम्युनको ध्येय – यो सामाजिक क्रान्तिको ध्येय , श्रमिकहरुको पूर्ण स्वतन्त्रता तथा आर्थिक मुक्तिको ध्येय हो ।यस सम्पूर्ण दुनियाँका सर्वहारा वर्गको ध्येय हो । र , यस अर्थमा त्यो अमर छ ।“ – व्ला . इ . लेनिन , संकलित रचनाएँ दश खण्डो में खण्ड ४ , पृष्ठ १३७ , प्रगति प्रकाशन मास्को , १९८२ । जसरी लेनिनले पेरिस कम्युनका ध्येय अर्थात् सैध्दान्तिक उद्श्येलाई अमर बताउनुभयो छ , पेरिस कम्युनका ती अजर अमर सिधेदान्त तथा ध्येय रुसी अक्टोबर क्रान्तिमा पुन: अविर्भाव हुन पुगेका थिए । लेनिनले क्रान्तिका लागि क्रान्तिकारी सिध्दान्तमा जोड दिनुभएको थियो । त्यतिमात्र होइन , लेनिनले त्यस सिध्दान्तलाई नीति र कार्यक्रममा ढाल्नु भएको थियो ।
समग्र रुसी क्रान्ति दुई ऐतिहासिक चरणका बीचबाट सम्पन्न भएको थियो ।रुसी क्रान्तिको पहिलो चरण पुँजीवादी जनवादी क्रान्तिको चरण थियो । त्यो चरण सन १९०५ हुँदै १९१७ को फरवरी क्रान्तिमा पुरा भएको थियो । र , रुसी क्रान्तिको दोस्रो चरण १९१७ अक्टोबरसम्म सम्पन्न वैज्ञानिक समाजवादी क्रान्तिको चरण थियो । यी दुई बेग्लाबेग्लै चरणका निम्ति बेग्लाबेग्लै रणनीति अप्नाइएका थिए । रुसमा सञ्चालन गरिएका यी दुबै क्रान्तिमा लेनिनको अग्रनी नेतृत्वदायी योगदान रहेको थियो ।
लेनिनवादमा योगदान
लेनिनवाद माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा विकास भएको माक्र्सवादी सिध्दान्त हो । अर्थात् माक्र्सवादमा आधारित रही लेनिनद्वारा विकसित विचारहरुको श्रृङखला नै लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु , उत्पादक शक्ति , सर्वहारा आन्दोलन तथा ज्ञान – विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानू र यसप्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उँचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मिएको हो । लेनिन ( सन १८७० – १९२४ ) लेनिनवादका प्रतिपादक हुनुहुन्छ । लेनिनवाद के हो भन्ने विषयमा स्टालिनले भन्नुभएको छ , “ लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यत: सर्वहारा क्रान्तिको सिध्दमन्त तथा कार्यनीति र विशेषत: सर्वहारा वर्गको अधिनायकतन्त्रको सिध्दान्त तथा कार्यनीति हो ।“ – स्टालिन , स्टालिनका छानिएका रचनाहरु , पृष्ठ ९१ , पैरवी प्रकाशन , काठमाडौं , २०६४ । माथि पनि उल्लेख गरिएको छ , यहाँ स्टालिनद्वारा लेनिनवादको सटिक परिभाषा दिइएको छ ।
यहाँनिर स्पष्ट कुरा के हो भने लेनिनले माक्र्सवादको रक्षा , प्रयोग र विकास गर्ने प्रक्रियामा क्रान्तिका बीचबाट लेनिनवादको निर्माण गर्नुभएको हो । लेनिन कै जमानामा संशोधनवादले मौलाउने र हुर्कने मौका पायो । त्यसले माक्र्सवादको तोडमोड तथा विकृतिकरण गर्न पुग्यो । लेनिनले संशोधनवादका विरुद्ध कडा सैध्दान्तिक संघर्ष चलाएर माक्र्सवादको रक्षा र विकास गर्नुभएको थियो । लेनिन माक्र्सवादको रक्षाका मात्र सिमित रहनु भएन , उहाँ रुसी धर्तीमा महान् अक्टोबर क्रान्ति मार्फत् त्यसको प्रयोग समेत गर्नु भयो ।
साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवादको रक्षा र प्रयोग गर्ने क्रममा विकसित तथा परिवर्तित परिस्थितिमाथि आवश्यक ध्यान दिदै लेनिनले माक्र्सवादको विकास गर्नु भएको हो । यस सन्दर्भमा लेनिन जडसूत्रवाद र अनुभववादका विरुद्ध कडा विचारधारात्मक संघर्ष चलनउनु भएको थियो ।
माक्र्सवादका तीन संघटक अंग छन् , ती हुन् – दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । लेनिनले माक्र्सवादका यी तीनओटै संघटक अंगहरुलाई विकसित तुल्याउनु भएको थियो । त्यसैले लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद बन्न पुग्यो । त्यसपछि माक्र्सवाद – लेनिनवादलाई कमरेड माओले विकसित तुल्याउनु भयो र विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिध्दान्त माक्र्सवाद – लेनिनवाद – माओवाद बन्न पुग्यो ।
माक्र्सवादको विकासमा लेनिनले दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा जुन योगदान गर्नु भयो , त्यो विशेष स्मरणीय रहेको छ । तसर्थ यी तीन ओटै क्षेत्रमा लेनिनद्वारा गरिएको योगदानहरुको आज क्रान्तिकारी कम्युनिस्टहरूले रक्षा गर्न जरुरी छ ।
दर्शनको क्षेत्रमा योगदान
दर्शनका क्षेत्रमा लेनिनका योगदानहरु निकै महत्वपूर्ण रहेका छन् । लेनिनले माक्र्सवादी दर्शनलाई आत्मसात गरि विकसित तुल्याउनु भयो । लेनिनले यस क्षेत्रमा तमाम खाले आदर्शवाद , अधिभूतवाद र यान्त्रिक भौतिकवादका विरुद्ध कडा विचारधारात्मक संघर्ष चलाउनु भएको थियो । लेनिनले प्रकृति विज्ञान र समाज विज्ञानमा हुँदै आएको विकासमाथि पनि आवश्यक ध्यान दिनु भएको थियो ।
माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो ।यसले पदार्थलाई पहिलो र चेतनालाई दोस्रो दर्जामा राख्दछ । यसले मानिसको मनभन्दा बाहिर पदार्थको स्वतन्त्र अस्तित्व स्वीकार गर्दछ । द्वन्द्वात्मक भौतिकवादले यो संसारलाई बोधगम्य र त्यसैले परिवर्तनयोग्य मान्दछ । द्वन्द्वात्मक भौतिकवादले पदार्थ र त्यसमा विद्यमान गतिलाई अविनासी मान्दै , तिनका बीचका सम्बन्धलाई अविच्छेद बताउँदै र तिनलाई एकअर्कोमा रुपान्तरण हुने कुरा स्वीकारदै आएको छ । माक्र्सवादी दर्शनको सारतत्व भनेको दुनियाँ बुझ्नु र मुख्यत: बदल्नु हो । यो नै सर्वहारा वर्गको विश्वदृष्टिकोण हो ।
दार्शनिक फाँटमा द्वन्द्वात्मक भौतिकवादमाथि विभिन्न कोणबाट हुँँदै आएको प्रहार र त्यसलाई तोडमरोड गर्ने चिन्तनका विरुद्ध लेनिनले कडा संघर्ष चलाउनु भएको थियो । दार्शनिक फाँटमा लेनिनले संशोधनवादको डटेर विरोध गर्नुभएको थियोे ।
दार्शनिक क्षेत्रमा सर्वप्रथम लेनिनले बर्नस्टाइन लगायतका संशोधनवादीहरुमा पाइने नवकाण्टवाद , अज्ञेयवाद , आदर्शवाद , द्वैतवाद र अधिभूतवादको विरोध गर्नुभएको थियो । लेनिनले बर्नस्टाइन र उनका चेलाहरुको गैरमाक्र्सवादी चिन्तनमाथि कडा प्रहार गर्नुभएको थियो ।
सन १९०५ को रुसको असफल क्रान्ति पश्चात् रुसको दार्शनिक फाँटमा जवकान्टवाद , नवप्रत्यक्षवाद लगायतका प्रवृत्तिका रुपमा आदर्शवादले जबर्जस्त रुपमा टाउको उठाााएको थियो । त्यो बेला प्रकृति विज्ञानमा भएका खोजहरुलाई नकारात्मक रुपमा पेश गर्दै आदर्शवादीहरु पदार्थको लोप भयो , भौतिकवाद अस्तित्वविहिन बन्यो पदार्थ र गति एकअर्काबाट अलगिए भन्दै चिच्याउन थाले । उनीहरूले भौतिक विज्ञानमा भएको इलेक्ट्रोनको खोजलाई बङ्ग्याउने काम गरेका थिए । त्यस स्थितिमा लेनिनले “ भौतिकवाद तथा अनुभवसिध्द आलोचना “ ( सन १९०८) जस्तो अत्यन्तै महत्वपूर्ण कृति लेख्नु भयो । र , परमनणुलाई अविभाज्य मानिदै आएको स्थितिमा इलेक्ट्रोनको खोजले भौतिकवादमा आधारित परमाणुको मान्यतामाथि गंभीर प्रकारको आशंका पैदा भएको बेला लेनिनले ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिध्दान्तको विषदरुपमा विवेचना गर्नु भयो । लेनिनले द्वन्द्वात्मक भौतिकवादी ज्ञान– सिध्दान्तलाई नयाँ उँचाई प्रदान गर्नु भयो । यसरी नै लेनिनले दार्शनिक फाँटमा आदर्शवाद तथा भौतिकवादका बीचको पक्षधरताो मान्यतालाई पनि विकसित तुल्याउनु भयो र तमाम प्रकारका द्वैतवाद तथा तटस्थतावादको ध्वज्जी उडाउनु भएको थियोे ।
लेनिनले भौतिकवादी द्वन्द्ववादको पनि विशद अध्ययन गर्नु भयो ।यस सन्दर्भमा वहाँको “ दार्शनिक नोटबुक “ विशेष उल्लेखनीय छ । सो कृतिमा लेनिनले एकातिर हेगलीय तर्कशास्त्र तथा द्वन्द्ववादको गहिरो समीक्षा गर्नुभएको छ भने अर्कोतिर द्वन्द्ववादका मू मान्यता एवम् विपरीतहरुको एकत्वको नियमलाई नयाँ ढंगले विकसित तुल्याउनु भएको छ ।
साथै लेनिनले आफ्नो प्रसिद्ध “ दार्शनिक नोटबुक “ मा दर्शनशास्त्रको इतिहासको विवेचना पनि गर्नुभएको छ । लेनिनको यो “ दार्शनिक नोटबुक “ इतिहासमा दर्शनका विविध धारा र प्रवृत्तिलाई अध्ययन गर्ने गहन , वैज्ञानिक र सारगर्भित सामाग्री हो ।
लेनिनले भौतिकवाद र अनुभवसिध्द आलोचना (१९०८ ) , माक्र्सवादका तीन श्रोत र तीन संघटक अंग ( १९१३ ) , दार्शनिक नोटबुक ( १९१४ – १९१६ ) , जुझारु भौतिकवादको महत्व ( १९२३ ) आदि दार्शनिक कृतिहरु लेख्नु भै लेनिनले दर्शनका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।
राजनीतिक अर्थशास्त्रको क्षेत्रमा योगदान
लेनिनले राजनीतिक अर्थशास्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा लेनिनको युगान्तकारी भनेको साम्राज्यवादको विश्लेषण हो । लेनिनले पुँजीवादमा विकासलाई विश्लेषण गर्दै के कुरा बताउनु भएको छ भने साम्राज्यवाद भनेको एकाधिकार पुँजीवाद हो ।
लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम चरण मात्र होइन , ह्रासशील मरणोन्मुख पनि बताउनु भएको छ । साम्राज्यवादको विश्लेषण गर्दै
भन्नुभएको छ , “ साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला हो “
लेनिनले रुसमा पुँजीवादको विकास ( सन १८९९ ) , साम्राज्यवाद : पुँजीवादो चरम अवस्था ( सन १९१६ ) , सर्वहारा अधिनायकत्वको युगमा अर्थनीति र राजनीति ( सन १९१९ ) , सहकारी व्यवस्थाबारे ( सन १९२३ ) र जनताका मित्र के हुन् ? आर्थिक स्वच्छन्दतावाद जस्ता आर्थिक कृतिहरु लेख्नु भै राजनीतिक अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।
वैज्ञानिक समाजको क्षेत्रमा योगदान
लेनिनले वैज्ञानिक समाजवादको क्षेत्रलाई अत्यन्तै समृद्ध र विकसित तुल्याउनु भएको छ । क्रान्तिमा सिध्दान्तको महत्व, सिध्दान्तलाई क्रान्तिको उद्श्ये , कार्यक्रम तथा नीतिशीत जोड्ने र त्यसलाई पार्टी मार्फत् निर्धारण एवम् कार्यान्वयन गर्ने काम आदि विषयलाई उहाँले अत्यन्तै सटिक तथा सारगर्भित रुपमा विवेचना गर्नुभएको छ ।
लेनिनले सर्वहारा वर्गको पार्टीद्वारा क्रान्तिको उद्श्ये , कार्यक्रम र नीति निर्धारण गर्ने कार्यमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई दृढतापूर्वक अवलम्बन गरी तदनुसार सम्बन्धित समाज र त्यसको विश्वसितको सम्बन्धबारे वस्तुपरक विवेचना गर्ने कुरामा विशेष जोड दिनुभएको छ ।
के वैज्ञानिक समाजवादी क्रान्ति एउटा देशमा सम्भव छ ? यस प्रश्नको जवाफमा लेनिनले साम्राज्यवादको गहन विश्लेषण गरि त्यसको कम्जोर कडीलाई समात्नु पर्ने कुरा बताउनु भै उहाँले माक्र्स – एंगेल्सद्वारा प्रतिपादित केही वा धेरै देशमा समाजवादी क्रान्ति सम्पन्न हुने भन्ने मान्यतालाई परिवर्तित गर्नु भयो र त्यसलाई सन १९१७ मा आफ्नै नेतृत्वमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरि त्यसलाई रुसी धर्तीमा प्रयोग गरि प्रमाणित तुल्याउनु भयो ।
लेनिनले नयाँ ढंगको पार्टी निर्माणको अवधारणा विकसित गर्नु भयो । क्रान्ति हुनुछ भने क्रान्तिकारी सिध्दान्त र क्रान्तिकारी कम्युनिस्ट पार्टी आवश्यक हुन्छ भन्ने कुरा पनि माक्र्सवादलाई विकसित तुल्याउने क्रममा लेनिनवादको प्रतिपादन गर्नुका साथै रुसी कम्युनिस्ट पार्टी ( बोल्सेविक ) को निर्माण गरेर त्यसकै पहलमा सन १८१७ मा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर विश्व जनतालाई ठूलो ज्ञान दिलाउनु भयो ।
लेनिनले वैज्ञानिक समाजवादको राजनीतिक सिध्दान्त , रणनीति र कार्यनीतिका साथै फौजी सिध्दान्त र कार्यनीतिको क्षेत्रमा पनि विशेष ध्यान दिदै आउनु भएको थियो । यस सन्दर्भमा वहाँका “ सशस्त्र सेना तथा क्रान्ति “ , “ छापामार युध्द “ , युध्दप्रिय सैन्यवाद तथा सामाजिक जनवादको सैन्यवाद विरोधी कार्यनीति “ , “ हतियार र पुँजीवाद “ लगायतका लेखहरु अत्यन्तै ठूलो योगदान गर्नुभएको छ ।
फौजी विज्ञानका क्षेत्रमा लेनिनले एकातिर माक्र्स – एंगेल्सद्वारा प्रतिपनदित सशस्त्र विद्रोहलाई कलाका रुपमा प्रस्तुत गरिएको माक्र्सवादी मान्यतालाई राम्रोसित आत्मसात गर्नुभएको थियो भने अर्कोतिर साम्राज्यवादको उदय तथा विकाससित युध्दको सन्दर्भलाई जोड्दै क्रान्तिकारी सेना , हतियार , युध्दकलाको विकास जस्ता प्रश्नमा विशेष अध्ययन तथा तयारीमा जोड दिनुभएको थियो ।
लेनिनले रुसमा सन १९०५ र १९१७ को फरवरी क्रान्तिको अनुभवलाई संश्लेषित गर्दै अक्टोबर क्रान्तिका ठोस रणनीतिक तथा कार्यनीतिक योजना बनाउनु भएको थियो । साथै लेनिनले सेना निर्माणको प्रश्नमा मजदुरहरुका स– सना दस्ताहरु बनाउने र सत्ताधारी वर्गकै सेनाका बीचमा सोभियतहरुको निर्माण गर्ने काममा जोड दिनु भयो । लेनिनद्वारा अक्टोबर क्रान्तिमा नियमित युध्दको साथमा छापामार युध्दको कार्यनीतिक भूमिका रहने मान्यता पनि अवलम्बन गरिएको थियो ।
साथै राजनीतिक रुपमा सारा सत्ता सोभियतहरुको हातमा र फौजी रुपमा सशस्त्र जनविद्रोहको कार्यदिशाका बीच सामन्जस्य कायम गरिएको थियो , जसले महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गर्ने काममा प्रयोग गरिएको थियो ।
लेनिनले के गर्ने ? (१९०१ – १९०२ ) , एक पाइला अघि दुई पाइला पछि ( १९०४ ) , जनवादी क्रान्तिमा सामाजिक जनवादका दुई कार्यनीति (१९०५) , क्रान्तिकारी पार्टी र क्रान्तिकारी सेना ( १९०५ ) , माक्र्सवाद र संशोधनवाद ( १९०८ ) , समाजवाद र युध्द ( १९१६ ) , समाजवादी क्रान्ति र जातिहरुको आत्मनिर्णयको अधिकार ( १९१६ ) , सर्वहारा वर्गको सैन्य कार्यक्रम ( १९१६ ) , युध्द र क्रान्ति ( १९१७ ) , राज्य र क्रान्ति ( १९१७ ) , माक्र्सवाद र विद्रोह ( १९१७ ) , अप्रिल थेसिस ( १९१७ ) , सर्वहारा क्रान्ति र गध्दार काउत्स्की ( १९२० ) , वामपन्थी साम्यवाद : एक बालरोग ( १९२० ) जस्ता गहन कृतिहरु लेखेर लेनिनले वैज्ञानिक समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।
संशोधनवादको विरोधको क्षेत्रमा योगदान
लेनिनले क्रान्तिका लागि प्रतिक्रियावादीको मात्र होइन , संशोधनवादको घोर विरोध गर्नु भएको छ र लेनिनवादको विकास यसै संघर्षका बीचबाट भएको हो । संशोधनवादले माक्र्सवादको तोडमरोड तथा अपव्याख्या गर्दछ ।द्वन्द्वात्मक भौतिकवादको विरोधमा अधिभूतवाद र आदर्शवादलाई पच्छ्याउनु , वर्गसंघर्षको ठाउँमा वर्गसमन्वयको पक्षपोषण गर्नु , बलप्रयोगको सिध्दान्तका विरुद्ध शान्तिपूर्ण संसदीय बाटो पकड्नु र सर्वहारा वर्गको अधिनायकत्वको विरोधमा विशुद्ध जनवादको वकालत गर्नु संशोधनवादका मूल विशेषता हुन् ।
तसर्थ संशोधनवाद विभिन्न रुपमा प्रकट हुने गर्दछ । जस्तो दक्षिणपन्थी , उग्रवामपन्थी र मध्यपन्थी ।दक्षिणपन्थी संशोधनवाद सुधारवादी धारा हो । यसले मन्त्रीमण्डलवाद र संसदवादलाई आदर्श मानेर चल्दछ ।उग्रवामपन्थीहरु कुनै बेला चर्को क्रान्तिकारी कुरा गरे पनि अन्तत: दक्षिणपन्थी अवसरवादकै बाटो पकड्छन् । मध्यपन्थी संशोधनवाद कुनै खास बेलामा दक्षिणपन्थी र माक्र्सवादी धाराका बीचमा डोलायमान भए पनि अन्तत: दक्षिणपन्थी संशोधनवादलाई नै अंगाल्न पुग्दछ । लेनिनले यिनै तीनै थरी संशोधनवादको विरोध र खण्डन गर्नुभएको छ ।
लेनिनले बर्नस्टिनवाद , मन्त्रीमण्डलवाद , अर्थवाद , कानुनी माक्र्सवाद , मेन्सेविक सुधारवाद , विसर्जनवाद , काउत्स्कीवाद सहित विविध धारा र प्रवृत्तिका विरुद्ध कडा विचारधारात्मक संघर्ष चलाउनु भएको थियो । र लेनिनले साम्राज्यवाद र संशोधनवाद बीच घनिष्ट सम्बन्ध भएको कुरा बताउनु भएको छ ।
लेनिनले क्रान्तिकारी कम्युनिस्ट पार्टीमा फुट हुनुका पछाडि साम्राज्यवादको हात रहेको कुरा निकै स्पस्टतनका साथ उल्लेख गर्नुभएको छ र सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि संशोधनवादीहरुसित सम्बन्धविच्छेद गर्नुपर्ने र पार्टी भित्रका संशोधनवादीहरुलाई अटाउनु पर्ने कुरामा विशेष जोड दिनु भएको छ ।
विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादको एउटा विचित्र विशेषता देखा पर्दै आएको छ । त्यो हो – माक्र्सवाद परित्याग गरे पनि माक्र्सवादको साइनबोर्ड झुन्ड्याउनु । जो नेपालका नामधारी कम्युनिस्टहरू ( एमाले , माके लगायतका ) ले माक्र्सवादलाई परित्याग गरि सकेपछि पनि माक्र्सवादको साइनबोर्ड झुन्ड्याई रहेका छन् र जनतालाई झुक्याउने काम गर्दै आएका छन् । यस प्रकारका नक्कली कम्युनिस्टहरूको लेनिनले घोर विरोध र भण्डाफोर गर्नुभएको छ ।
महान् लेनिन र अक्टोबर क्रान्तिको शिक्षा
महान् लेनिन र लेनिनवाद तथा अक्टोबर क्रान्तिकाबारेमा अध्ययन गर्ने क्रममा हामी क्रान्तिकारी कम्युनिस्टहरूले एकातिर इतिहासबाट शिक्षा लिनु पर्दछ भने अर्कोतिर आफ्ना कार्यभारमाथि विशेष ध्यान दिन जसरी हुन्छ ।
पहिलो कुरा– हामीले क्रान्तिको द्वन्द्ववादलाई कडाइका साथ पकड्नु पर्ने हुन्छ । क्रान्ति सरल रेखाबाट होइन , बक्ररेखामा द्वन्द्वात्मक ढंगले अनेकौं आरोह र अबरोहकाबीचबाट अगाडि बढ्छ ।
साथै अर्को शिक्षा के हो भने क्रान्ति पश्चात् प्रतिक्रान्तिको सम्भावना भइरन्छ र सर्वहारा क्रान्तिको अन्तिम विजयका निम्ति सिंगो ऐतिहासिक युगको आवश्यकता पर्दछ ।
दोस्रो कुरा – निम्न पुँजीवादी प्रवृत्तिको प्रश्न । निम्न पुँजीवादी मनोवृत्ति हमेशा ढुलमुल हुने गर्दछ । क्रान्ति विजयतर्फ उन्मुख भएको बेला निम्न पुँजीपति वर्ग क्रान्तितर्फ र पराजित भएको बेला प्रतिक्रान्तितर्फ डोलायमान हुने गर्दछ । यो कुरा वर्तमान विश्व र हाम्रो देश नेपालको सन्दर्भमा पनि राम्रोसित लागू भइरहेको छ ।
तेस्रो कुरा – कथित नयाँ बन्ने सन्दर्भको प्रश्न । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि नयाँ बन्ने धुन चलेको देखिन्छ ।
यस प्रकारका नयाँ नयाँ बन्न खोज्नेहरुले माक्र्स – लेनिन र माओका प्रस्थनपनाहरुलाई नै धेरै पछाडि पारिसकेका छन् । यसप्रकारका प्रवृत्ति भएकाहरुबाट अब पुरानैमा टाँसिएर बस्नु हुँदैन , सिध्दान्तको सिर्जनात्मक विकास गर्नुपर्छ भन्ने कुरालाई निकै आकर्षक रुपमा परस्तुत गरिरहेका देखिन्छन् । चौतर्फी रुपमा कथित पुरातनपन्थ , रुढीबादी र जडसूत्रवादको धज्जी उडाइन्छ , तर अन्त्यमा त्यो “ नयाँ वा सिर्जनात्मकता “ प्रतिक्रियावादको सेवामा समर्पण हुन पुग्छ ।
नेपालको कुरा गर्ने हो भने विगतका एमालेहरु र अहिलेका प्रचण्ड – बावुरामहरुमा यसप्रकारको नयाँ बन्ने धुनको अन्तिम परिणति पनि प्रतिक्रियावादमा पतन हुन पुग्यो । क्रान्तिकारीहरुले क्रान्तिका लागि पुरातनपन्थ , रुढीबाद र जडसूत्रवादको दृढतापूर्वक विरोध गर्नैपर्छ । तर त्यो विरोध अनुभववादी , दक्षिणपन्थी संशोधनवादी , प्रतिक्रियावादी कोणबाट होइन , माक्र्सवादी ( मालेमावादी ) कोणबाट हुन्छ ।महान् लेनिनले माक्र्सवादी कोणबाट सिध्दान्तको विकासको प्रक्रियामा जडसूत्रवाद तथा अनुभववादको सशक्त विरोधको आधारमा गर्नुभएको थियो ।
चौथो कुरा – लोकतान्त्रिक गणतन्त्र र मन्त्रीमण्डलवादका सन्दर्भमा । बीसौं शताब्दी र एकाइसौं शताब्दीको प्रारम्भको अवधिसम्म पनि सिंगो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा लोकतान्त्रिक गणतन्त्र र मन्त्रीमण्डलवादको “ भूत “ ले असाध्यै तर्साउने काम गर्यो र अहिले नेपालमा यसले निकै तर्साइरको छ । कम्युनिस्टहरूले सामन्तवादका विरुद्ध संघर्षमा एउटा अबधिमा लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेका थिए । तर पुँजीवादले साम्राज्यवादको रुप लिइसकेपछि त्यसलाई अस्वीकार गर्ने क्रममा लेनिन स्वयंले लोकतान्त्रिक गणतन्त्रका विरुद्ध सोभियत गणतन्त्रको नारा अगाडि सार्नु भएको थियो ।जनवादी गणतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्र पुरानो पुँजीवादी क्रान्तिको बुर्जुवा संसदीय व्यवस्थाको एउटा प्रमुख रुप हो। दोस्रो विश्वयुध्द र रुसी अक्टोबर समाजवादी क्रान्ति पश्चात् लोकतान्त्रिक गणतन्त्र तथा बुर्जुवा संसदीय गणतन्त्रको युग समाप्त भएको र सर्वहारा समाजवादी क्रान्तिको नयाँ युग प्रारम्भ भयो ।
अविकसित मुलुकहरुमा हुने पुँजीवादी जनवादी क्रान्ति वैज्ञानिक समाजवादी क्रान्तिका अंग बन्न गए । आफूलाई कम्युनिस्ट भनाउनेहरु नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिनुलाई लाजै नमानी नयाँ नयाँ अध्यायको थालनी भन्न पुगेका छन् र राजनीतिक क्रान्ति सम्पन्न भयो , अब आर्थिक क्रान्ति गर्नुपर्ने कुरा उरालिरहेका छन् । यो नै सैध्दान्तिक तथा राजनीतिक पतनको प्राकाष्ठा हो ।
अहिले मन्त्रीमण्डलवादको प्रश्न नेपालमा अत्यन्तै खतर्नाक ढंगले नेपाली जनताको सामुन्ने खडा भएको छ । फरवरी क्रान्ति पश्चात् रुसमा समाजवादी क्रान्तिहरु र मेन्सेविकिहरु प्रतिक्रियावादी बुर्जुवा मन्त्रीमण्डलमन सरिक भएका थिए र तिनीहरूलाई लेनिनले बुर्जुवा वर्गका एजेन्ट र गोटी कठपुतली बताउनु भएको थियो । हो, आज नेपालमा पनि यस्तै ढंगका कम्युनिस्ट नामधारी नयाँ कठपुतली जन्मिरहेका छन् ।
पाचौं कुरा – क्रान्तिको तयारीको प्रश्न ज्यादै महत्वपूर्ण प्रश्न हो । सवाल के हो भने रुसमा सन १९०५ र २९१७ को फरवरी र अक्टोबरमा जु क्रान्ति भए , ती लेनिनको नेतृत्वमा गरिएका सचेत योजनाबध्द , सैध्दान्तिक , राजनीतिक , फौजी तयारीका परिणाम थिए । यस सन्दर्भमा लेनिनले संवत: स्फूर्तवाद , कानुनी माक्र्सवाद , अर्थवाद ,विसर्जनवाद , मेन्सेविकवाद तथा मन्त्रमण्डलवादका विरुद्ध निर्मम विचारधारात्मक संघर्ष चलाउनु भएको थियो भने अर्कोतिर पुँजीवादको साम्राज्यवादमा पतन , साम्राज्यवाद र युध्द र साम्राज्यवाद तथा अवसरवादसितको सम्बन्ध लगायतका विषयमा गहन अध्ययन एवम् संश्लेषण गर्नु भएको थियो । क्रान्तिको तयारबारे क्रान्तिकारी कम्युनिस्टहरुले लेनिनबाट राम्रोसंग सिक्न जरुरी छ । नेपालमा नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादतर्फ अगाडि बढ्ने क्रान्तिका ऐतिहासिक कार्यभारहरुलाई अत्यन्तै जिम्मेवारीबोधका सात संवहन गर्न जसरी छ ।
छैिठौं कुरा – कम्युनिस्ट अन्तर्राष्ट्रिय गठनको प्रश्न । यो प्रश्न ज्यादै महत्वपूर्ण प्रश्न हो । विश्व सर्वहारा क्रान्तिका लागि कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन एक अनिवार्य आवश्यकता बन्न गएको छ । यसबारेमा माक्र्स – एंगेल्स पश्चात् लेनिनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । लेनिनले पहिलो विश्वयुध्दकै सेरोफेरोमा दोस्रो अन्तर्राष्ट्रियमा विद्यमान दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष चलाउदै तेस्रो अन्तर्राष्ट्रियको तयारी र अक्टोबर समाजवादीको लगत्तै तेस्रो अन्तर्राष्ट्रिय गठन गर्नुभएको थियो । दोस्रो विश्व युध्दको समयमा सन १९४३ मा स्टालिनद्वारा तेस्रो अन्तर्राष्ट्रियको विघटन गरिएको थियो र पछि सन १९४७ मा स्टालिनले कोमिन्फर्मको गठन गर्नुभएको थियो । त्यो अगाडि बढेन । कमरेड माओले अन्तर्राष्ट्रियलाई अगाडि बढाउन पहल गर्नु भएन ।
सन १९७६ सेप्टेम्बर ९ मा कमरेड माओको निधन पश्चात् क्रान्तिकारीहरुबाट कम्युनिस्ट अन्तर्राष्ट्रिय गठनको पहल भइनै रहयो । सन १९८४ मा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन ( रिम ) को गठन भयो । त्यसले माक्र्सवाद – लेनिनवाद – माओवादलाई पथप्रदर्शक सिध्दान्त बनायो । तर अहिले रिमको पनि विघटन भएको अवस्था छ । यस परिस्थितिमा कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन अपरिहार्य आवश्यकता बन्न पुगेको छ । र नेपाल , भारत , फिलिपिन्स , अफगानिस्तान , टर्की , जर्मनी , फ्रान्स , बेल्जियम , नेदरल्यान्ड , पेरु , भेनेजुयला लगायतका माओवादी कम्युनिस्ट क्रान्तिकारीहरुले क्रान्तिकारी कम्युनिस्ट अन्तर्राष्ट्रिय केन्द्रको निर्माण गर्ने पहल भइरहेको अवस्था छ ।
निचोड
महान् अक्टोबर समाजवादी क्रान्तिका एक युगान्तकारी परिघटना थियो , जसले पुँजीपतिवर्गको हातबाट सत्ता खोसेर सर्वहारा वर्गको हातमा पुर्याएको थियो । त्यसपछि नयाँ युगको सूत्रपात गरेको थियो ।
महान् लेनिन र लेनिनवादसित जोडिएकोले र सर्वहारा वर्गले पहिलोपटक आफ्नो वर्गीय अधिनायकत्व प्राप्त गरेको परिघटना भएकोले महान् रुसी अक्टोबर समाजवादी क्रान्ति अन्तर्राष्ट्रिय सर्वहारा वर्गको एक आदर्श बन्न गएको छ । महान् लेनिन र लेनिनवाद तथा महान् अक्टोबर समाजवादी क्रान्तिका शिक्षाहरु सधैं अमर र अजर रहनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर