नेपाल भौगोलिक आकारमा पक्कै पनि सानु देश हो परन्तु निमुखा र कायरहरुको देश होइन । आजसम्म नेपाल र नेपालीहरु कोही कसैको दासदासि बनी आफ्नो जीवनको भिष मागी बसेको इतिहास छैन । उता, आफ्नै देशमा रहेर पनि बृटिस साम्राज्यवादको दास दासिबनी उनिहरुलाई पिठ्युँमा बोक्दा बोक्दा निधारमा परेको नाम्लोको डाम टुटीनसकेका (मेती नसकेका) तर, उनिहरुको सिकन्जाबाट छुटकारा मात्र के पाएका थिए, आफुले भोगी आए जस्तै गरी नेपाल र नेपालीहरुलाई आफ्नो दास दासि बनाई, हाम्रो प्राणभन्दा प्यारो देश नेपालमा रजाइँ गर्ने दु:स्वप्न बोकी, नेपालमा कायम रहिआएको दलाल नोकरशाही पूँजीवादी अर्ध–औपनिवेशिक, नव–औपनिवेशिक तथा अर्ध–सामन्ति समाजभित्रको कमजोर स्थितिबाट फाइदा उठाउने जमर्को गर्दै, स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न भू–अखण्ड राष्ट्र नेपालको राष्ट्रिय स्वाधिनतामाथि १९५० को असमान–सन्धि लाड्नुको सँगै निशस्त्र तर विभिन्न कुटिलचाल अपनाई नेपालको अथाहा जलश्रोत हड्पनु सिमामिची भूमी कब्जा गर्नु, दसगजा भित्र उच्च पक्की सडक र बाँध निर्माण गरी मधेस तराईलाई डुबानमा पर्नु,नेपालको साँधसिमा खुम्च्याई अनाधिकार नेपालको नक्सा निर्माण गरी प्रस्तुत गर्नु र पारवहन सुविधाबाट बन्चित नेपाल माथि बारम्बार नाकाबन्दी जस्ता अनेकन पिडादाई बरबर आक्रमण गर्दै आइरहेका छन् । यसरी लगातार एक पछि अर्को आक्रमणको सिलसिला अहिले सम्मकै यो अन्तिम विषादि आक्रमण हो ।
विश्वको राजनीतिक रङ्गमञ्चमा कुन देश ठुलो र कुन देश सानु, कुन देश कमजोर र कुन देश बलियो भन्ने मूल कुरा होइन । मूल कुरा त त्यस देशको स्वतन्त्र सार्वभौम सम्पन्न राष्ट्रिय स्वाधिनता हो । तर, यहाँका दलाल प्रवृत्तिका पार्टीहरु र यथास्थितिका मानिसहरु हरहमेरा शत्रुको सवलता र हाम्रो दुर्वलता बाहेक केही नदेख्नेले राष्ट्रिय दासताको सिद्धान्तका सिद्धान्तकारहरु भन्ने गर्थे “प्रतिरोध युद्धको अर्थ दासता हुनेछ” हामीले हाम्रो देशमाथिको भारतीय विस्तारवादको नाङ्गो हस्तक्षेप विरुद्ध प्रतिरोध युद्धको कुरा गर्दा, उनिहरु भन्ने गर्छन “युद्धमा उत्रनुको परिणाम दासता हुनेछ” । भारत बलियो र ठुलो छ, यता नेपाल चाहिँ सानु र कमजोर छ भनेर हामी ङिच्चिनु छैन । हाम्रो देश नेपाल सानु छ तर पराक्रम कम छैन, अर्थात देशको भौगोलिक आकार सानु छ तापनि हाम्रो पराक्रमिक इतिहांस कसैको भन्दा कम छैन र तिनै पराक्रमिक वीर–विराङ्गन नेपालीहरुका हामी वीर–सन्तति हौँ भनेर मात्र विश्वास दिलाउन सक्दैनौँ ।
सवलताले दुर्वलतालाई दवाउनु र आफ्नो दास दासि बनाउनु स्वाभाविक हो भनी उनिहरुले बेलायत सानु भएर पनि बलियो हुनाले भारत ठुलो र कमजोर हुनुको कारण भारतलाई आफ्नो दास बनाएको ऐतिहासिक उदाहरण पेश गर्न सक्छन् । तर ठिक यस्को उल्टो भेटनाम सानु देश भएर पनि मनोबल र शक्ति उँचा र बलियो (सवल) देश भेटनामले विश्व साम्राज्यवादका नाइके भइतोपलेका मैहुँ भन्ने अमेरिकालाई लखेतेर पठाएको ऐतिहासिक घटना पनि त हाम्रो सामु छ ।
त्यसकारण सबै आत्म–समर्पणवादीहरुको मुखमा बुजो लाउन र नुन देखि सबैठोक भनेजस्तै उनकै भर पर्नुपर्ने भनी बिच्कने यी सबका सबलाई विश्वास दिलाउन र अझै अन्यौलमा परिरहेका ढुलमुले अवस्थामा रहेका मानिसहरुलाई हौसला दिन र त्यसबाट प्रतिरोध तथा जनयुद्ध प्रति तिनको विश्वासलाई दरिलो पार्न हामीले प्रचार कार्यमा पर्याप्त सकारात्मक तर्कहरुका निम्ति अरु आधारहरु अघि सार्नुपर्छ ।
उसोभए हामीले अघिसार्नु पर्ने आधारहरु के के हुन त ? ती आधारहरु हुन यस युगका विशेषताहरु । यी विशेषताहरु भारतीय विस्तारवादको प्रतिगामीता र समर्थनको अभाव तथा नेपालको प्रगतिशिलता र समर्थनको प्रचुरताको रुपमा ठोस रुपले प्रतिविम्वित भएका छन् ।
हामीले उथान गर्न लागिरहेको युद्ध एउटा मामुली र साधारण युद्ध होइन बरु यो त २१ औं शताब्दीको भारतीय विस्तारवादी आक्रमण र तिनका दलाल राज्यसत्ता बीच चल्ने एउटा विशिष्ट किसिमको युद्ध हो अर्थात नि:शस्त्र र सशस्त्र युद्ध हो । सर्वप्रथम, हाम्रो मित्रताको नाउँका शत्रु भारतीय विस्तारवाद एउटा मरणासन्न विस्तारवादी शक्ति हो : यो आफ्नो पटनको युगमा पुगिसकेको छ (आफ्नो पटनको खाल्टो आफैले खन्दै आएको छ) यसलाई सही अर्थमा यसो भन्न सकिन्छ, शत्रुले आफ्नो अन्तिम छटपटिको संघर्षको रुपमा यो दुस्साहसवादी विषादि युद्ध छेड्नुको गाँठी कारण यही हो । त्यसकारण यस युद्धको परिणाम स्वरुप नेपालको होइन तर भारतीय विस्तारवादका शासक गुटहरुको बिनास हुने कुरा एउटा अनिवार्य निश्चितता हो । अर्को कुरा, भारतीय विस्तारवादले यो युद्ध त्यस्तो बखत छेडेको छ जब उन्कै छिमेकी अरु देशहरु अज्झ यसो भन्दा फरक नपर्ला दक्षिण पूर्वी एसियाली देशहरुमा उसले छर्दै गरेको विस्तारवादी आक्रमण लाड्ने दुसप्रयारमा लागेका छन् र हामीहरु सबै त्यो देशद्रोही व्यवस्था र विस्तारवादी बर्बर आक्रमण विरुद्ध एकसाथ लड्दै छौँ वा लड्ने तयारी गर्दैछौँ । त्यसैले नेपालको भाग्य संसारका धेरैजसो देशहरु र जनताहरुको भाग्यसँग गाँसेको छ ।
नेपालको स्थिति कस्तो छनि ? आजको नेपाललाई अरु कुनै पनि ऐतिहासिक कालको नेपालसँग दाँज्न सकिन्दैन । तर दलाल नोकरशाही पूँजीवादी अर्ध–औपनिवेशिक, नव–औपनिवेशिक तथा अर्ध–सामन्ति समाज हो, त्यसैले नेपाललाई कमजोर देश ठानिन्छ । तर यसको साथसाथै नेपाल ऐतिहासिक दृष्टिले प्रगतिशिल युगमा छ, नेपालका नेपालीहरुसँग भारतीय विस्तारवादलाई हराउने क्षमता हुनुको मुख्यकारण यही हो । भारतीय विस्तारवाद विरोधी प्रतिरोध तथा जनयुद्ध प्रगतिशिल छ भनेर हामीले परम्परागत सामान्य अर्थमा प्रगतिशिल भन्न खोजेको होइन, यस प्रगतिशिलतालाई हामी आजको नेपालको प्रगतिशिलताको अर्थमा बुझ्छौँ ।
आजको नेपाल किन प्रगतिशिल छ त ? नेपाल प्रगतिशिल छ किनभने अब उ पूर्ण सामन्ति देशको अवस्थामा छैन, नेपालमा राष्ट्रिय पूँजीवादको विकास भइनसकेको भएतापनि दलाल नोकरशाही पूँजीवादको बोलवाला छ तरपनि नेपालमा पूँजीपति वर्ग र सर्वहारा वर्ग विद्यमान छन्, नेपालका थुप्रै मानिसहरु युगौं देखि जरागाडेर बसेको सामन्तवादी राजतन्त्र फालेर ब्युँझीसकेका छन्, वा ब्युँझिन्दै छन् । नेपालमा एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी छ र हामीसँग थुप्रै दशकको क्रान्तिको परम्परा र अनुभव छ, र विशेष गरेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछिका सतरि वषर््को अनुभव हामीसँग छ । यस अनुभवले नेपाली जनता र राजनैतिक पार्टीहरुलाई शिक्षित तुल्याएको छ र यो अनुभव नै भारतीय विस्तारवाद विरोधी वर्तमान एकताको आधार पनि हो ।
अन्तिम घडीसम्म प्रतिरोध र जनयुद्ध चलाएर मात्र अन्तिम घडीसम्म एकता कायम राख्न सकिन्छ र अन्तिम घडीसम्म एकता कायम राखेर मात्र अन्तिम घडीसम्म प्रतिरोध र जनयुद्ध चलाउन सकिन्छ भन्ने कुरा गहन रुपले क्रान्तिकारी कम्युनिष्टहरुले बुझ्नु जरुरी छ । त्यसकारण कम्युनिष्टहरुले प्रतिरोध, जनयुद्ध तथा एकताका दुवै कुराका असल उदाहरण अघी सार्नुपर्दछ । शत्रुहरु र कट्टर आत्म–समर्पणवादीहरु तथा कम्युनिष्ट विरोधीहरु मात्र हाम्रो विरोधका निशाना हुन्, अरु सबैसँग हामीले भित्र दिलैदेखि एकतावद्ध हुनुपर्दछ । कट्टर आत्म–समर्पणवादीहरु र कम्युनिष्ट विरोधीहरु सबै ठाउँमा अल्प–संख्यामा मात्र रहेका छन् वास्तवमा, यी आत्म–समर्पणवादीहरु र कम्युनिष्ट विरोधीहरुलाई हामी बाँकी राख्नेछैनौं, किनभने तिनलाई बाँकी राख्नु भनेको तिनलाई प्रतिरोध र जनयुद्धको घाँटी निमोठ्न र एकतालाई चकनाचुर पार्न दिनु हो । हामीले आत्म–समर्पणवादीहरुको दृढतासाथ विरोध गर्नैपर्छ आत्मरक्षाको निम्ति, कम्युनिष्ट विरोधी तत्वहरुका आक्रमणहरुलाई दृढतासाथ जवाफ दिनैपर्छ । यसो गर्न चुक्नु दक्षिणपन्थि अवसरवाद हुनेछ र एकता र प्रतिरोध तथा जनयुद्धलाई हानी पुर्‍याउनु हुनेछ ।
कम्युनिष्टहरुले के कुरा बुझ्नैपर्छ भने हामीले भारतीय विस्तारवादी र जन विरोधी सत्तासिनहरु विरोधी राष्ट्रिय संयुक्त मोर्चाको थालनी जुन गर्न गईराखेकाछौँ त्यसलाई विचैमा अलपत्र पारेर छोड्नु हुँदैन र यसलाई कायमै राखेर अगाडि बढ्नै पर्छ । हाल राष्ट्रिय संकट झनझन गहिरो हुँदै गएको र विश्वको स्थितिमा पनि ठूलो हेरफेर हुनगइरहेको वर्तमान स्थितिमा नेपाल राष्ट्रलाई जोगाउने गहन जिम्मेवारी बोक्न हामीले काँध थाप्नै पर्छ । हामीले ती आततायी भारतीय विस्तारवादलाई पराजित गर्नै पर्छ र नेपाललाई एउटा स्वाधिन, स्वतन्त्र र जनवादी गणतन्त्र कायम गर्नैपर्छ । यो काम गर्नको निम्ति देशमा क्रान्तिकारी कम्युनिष्ट पार्टी टुट्फुट भई भिन्दाभिन्दै पार्टी गठन गरी छरिएर रहेका सबैलाई पार्टीगत एकता कायम जरुरी छ । अन्य कुनै पार्टीसँग सम्बन्धित वा असम्बन्धित धेरै भन्दा धेरै मानिसहरुलाई हामीले एकतावद्ध गर्नैपर्छ । यसो भनेर फेरी कम्युनिष्टहरुले सिद्धान्तहीन संयुक्त मोर्चामा हात हाल्नु हुँदैन र त्यसले कम्युनिष्ट पार्टीलाई क्षय तुल्याउने, रोकथाम गर्ने, छेकथुन गर्ने र दबाउने जस्ता सबै काला कर्तुतहरुको तिनले बिरोध गर्नैपर्छ, र पार्टीभित्रको दक्षिणपन्थि अवसरवादको विरोध मात्र होइन यस्तालाई त निरमूलै पार्नुपर्छ ।
आज अन्तरराष्ट्रिय परिस्थितिमा नेपाल ‘क्रान्तिकारी संघर्ष (युद्ध) मा एक्लो छैनन् र यो पनि इतिहांसमा कतै नभएको तथ्य हो । विश्वव्यापि रुपमा ब्यापकता र गहणताको दृष्टिले असाधारण जन–आन्दोलनहरु उठिसकेको र उठिरहेका तथा तिनले, नेपाललाई समर्थन गरिरहेका तथ्यहरु इतिहांसमा आज देख्न सकिन्छ । अत्यन्तै उत्साह वद्र्धक यो भाइचारा क्रान्तिकारी जोस र जांगरलाई, यसरी नै यो क्रान्तिकारी धारलाई निरन्तरता कायम राखि अगाडि बढ्नु अत्यावश्यक छ र यसको निमित्त अत्यावश्यक तर फिरहाल विगठित स्थितिबाट गुज्रिरहेको त्यो अन्तरराष्ट्रिय माओवादी संगठनलाई नयाँ शिराबाट पुन: शुसंगठित पारी सशक्तिकरण भुमिकामा ल्याउने काममा सबै सम्बन्धित भाइचारा पार्टीहरुले आ–आफ्नो तर्फबाट जोड–बल गर्नु नितान्त जरुरी छ ।
क्रान्तिकारी जन–संघर्षकै कुरा गर्दा विश्व इतिहासको कुनै पनि कालखण्डमा आफुलाई मै हुँ भन्ने बडे बडेमानका फासिष्ट तानाशाहिहरु स्वाभिमानि चेतनशिल जनताको क्रान्तिकारी जन–संघर्ष सामू आजसम्म अडिग भएर टेक्न सकेको इतिहास छैन भन्ने कुराको ज्वलन्त उदाहरणको निमित्त अनेत्र कहिं गएर खोज्ने कष्ट गर्नै पर्दैन । त्यसको उदाहरण हाम्रो नेपालमा ०६२–०६३ सालमा उठेको दोश्रो जनआन्दोलनको राप र टाप सामू सदियौं देखि जरागाडेर बसेको सामन्तवादी तानाशाही राजतन्त्रका अन्तिम राजा ज्ञानेन्द्र टेक्न नसकी दुमदवाई भागेको हाम्रो यो नाङ्गो आँखाले देखेका छौं । आजको यो प्रगतिशिल युगका प्रगतिशिल क्रान्तिकारी जनसमूदाय अगाडि त्यो प्रतिगामि भारतीय विस्तारवाद, प्रगतिशिल स्वाभिमानि चेतनशिल नेपाली जनसमूदायको प्रतिरोध संघर्षसामू अदिगभई बस्न सक्ने कुरै होइन ।
हुनत त्यो दोश्रो जनआन्दोलनमा बर्षौंदेखि आलो–पालो गरी सत्तासिन भएर नेपाली जनसमूदायलाई शोषण, दमन र उत्पीडनमा पारेर साम्राज्यवाद, विस्तारवादीहरुको दलाली गरी मोज मस्तिमा रमाउँदै आएका एमाले, नेपाली काँग्रेस र अन्य दलहरु, पूर्व राजा ज्ञानेन्द्रले लातमारेर सत्ताबाट गलहत्याई पठाएपछि, जनयुद्ध हाँकेर आइरहेका माओवादीसँग कार्यगत एकताको नाउँमा मिसिन आएका थिए । तर, गद्दारलाई जतिसुकै दुधले चोख्याए पनि गद्दारको गद्दारै रहन्छ, गाई बन्दैन भनेजस्तै यिनीहरुका साथ जनयुद्धका प्रमुख नेतृत्व प्रचण्ड पनि देश र जनतालाई धोका दिएर गद्दारै बनी देश र जनतामाथि दोहन गर्दैछन् । यी र यस्ता जनता मारा देशद्रोहीहरुको यो ओढार, ती साम्राज्यवाद विस्तारवादीहरुको सेवा सुविधा र उनिहरुकै स्वार्थ अनुरुप निर्माण गरिराखेको यो दलाल नोकरशाही पूँजीवादी अर्ध–औपनिवेशिक, नवऔपनिवेशिक तथा अर्ध–सामन्ति समाजलाई ध्वष्ट पारी, नयाँ जनवादी (जनणतन्त्रिय) राज्य व्यवस्था कायम गर्न, जनयुद्ध सँगसँगै भारतीय विस्तारवादी बरबर आक्रमण विरुद्धको प्रतिरोध युद्धलाई आवश्यकता अनुरुप चाँजोपाँजो मिलाई एकसाथ उत्रनु आजको अनिवार्य सर्त हुन आएको छ र यो समस्त स्वाभिमानि चेतनशिल नेपाली मात्रको क्रान्तिकारी दायित्व पनि हो ।

२०७६/४/१६
ताहाचल, काठमाडौँ

प्रतिक्रिया

सम्बन्धित खवर