कार्तिक १९ काठमान्डौ ।
आजदेखि नेपाल सम्बत् ११४२ नयाँ वर्षको शुभारम्भ भएको दिन । नेपालको राष्ट्रिय सम्बत् नेपाल सम्बत् ११४२ नयाँ वर्षको शुभ उपलक्ष्यमा नेवा: राष्ट्रिय मुक्ति मोर्चा, नेपा:का अध्यक्ष पवनमान श्रेष्ठव्दारा नयाँ वर्षको शुभकामना सहीत निम्न शुभकामना वक्तव्य प्रकाति गर्नु भएको छ :

विषय : नयाँ वर्षको शुभकामना ।
नेपालको राष्ट्रिय सम्बत् नेपाल सम्बत् ११४२ नयाँ वर्षको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य र प्रगतिको कामनासहित नेवा: राष्ट्रिय मुक्ति मोर्चा, नेपा: हार्दिक शुभकामना ब्यक्त गर्दछ ।
नेपाल सम्बत्लाई ११२८ कौलागा: एकादशी (१५ अक्टोबर, २००८)मा नेपाल सरकारले राष्ट्रिय सम्बत् घोषणा गरेतापनि यसलाई राष्ट्रिय सम्बत्को रुपमा सरकारले कहिल्यै पनि व्यवहार गरेन र यसलाई कागजमा मात्र सिमित राख्ने काम भएको छ । राज्यले नै यसलाई नेवार सम्बत्को रुपमा दुव्र्यवहार गर्दै जनतामा पनि त्यही भ्रम छर्ने काम हँुदै आएको छ ।
देशको एक सर्वसाधारण नागरिक शंखधर साख्वा:ले जनताको ऋणमोचण गरी देशको नामबाट शुरु गरिएको नेपाल सम्बत् विश्वकै अनुपम नमूनाको रुपमा रहेको छ । यस नयाँ वर्ष चाडको रुपमा मात्र होइन, यस सम्बत्मा देशको राष्ट्रियता छछल्किन्छ, मानवीयता र मानव सेवाले भरिपूर्ण अथवा अहिलेको भाषामा भन्दा मानव मुक्तिसँग पनि जोडिएको छ । यस्तो गौरवशाली सम्बत्लाई पृथ्वीनारायण शाहदेखि अहिलेका शासकसम्मले निरन्तर दुव्र्यवहार गर्दै आएको छ ।
ब्रम्हाणवादी शासकहरुका यस्तै सोच र व्यवहारका परिणाम आज देशको राष्ट्रियता, जनतन्त्र र जनजीविका गंभीर संकटमा परेको छ । शासकहरुको नालायकीपन तथा असफलता र संसदीय व्यवस्था तथा संसदीय पार्टीका नेताहरुको असफलताले देश र जनता गंभीर संकटमा रहेका छन् । यसको पूर्ण निकासका लागि संघीय जनगणतन्त्रको विकल्प छैन । नेपाल सम्बत्ले पनि देश र जनताप्रति जिम्मेवार रहन सँधै झक्झकाइ रहन्छ । यस सम्बत्लाई सबै नेपालीले मनमस्तिष्कमा राख्न आवश्यक रहेको अवगत गराउँदै पुन: एक पटक सबै नेपालीमा नयाँ वर्षको हार्दिक शुभकामना !

पवनमान श्रेष्ठ
अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित खवर