काठमाडौं । आफ्नो साम्राज्यवादी मिसनसँग जोडिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना नेपालको संसदबाट अनुमोदन गराउन अमेरिकाले नेपाललाई निरन्तर दबाब दिंदै आएको छ । पछिल्लो पटक बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयोग परियोजना (एमसीसी) की नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुले भेटेर एमसीसी सम्झौता छिटो अनुमोदन गर्न दबाब दिएकी छिन् ।
प्रधानमन्त्री देउवासँग एमसीसीका डेपुटी सीईओ लतोर्तुले शिष्टाचार भेट गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदनबारे नेपालका राजनीतिक दलबीच चाँडै सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए ।
वासिङ्टनस्थित एमसीसी मुख्यालयले गत बिहीबार विज्ञप्ति निकालेर नेपालको संसदमा विचाराधीन एमसीसी सम्झौता अनुमोदन नभए ५० करोड अमेरिकी डलरको अनुदान सहायता नेपालले गुमाउनसक्ने चेतावनी दिएको थियो ।

एमसीसी सम्झौताको भविष्यबारे के गर्ने भन्ने कुरा अब नेपालको हातमा रहेको भन्दै उक्त सम्झौतामा कुनै संशोधन हुन नसक्ने मुख्यालयले बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर