कार्तिक ९ काठमान्डौ ।
अखिल (क्रान्तिकारी)ले केही दिनदेखि सार्वजनिक यात्रुवाहक सवारी साधनमा अप्रत्याशित र मनपरी ढङ्गले भाडा असुल्ने काम भइरहेको र स्थानीय समितिहरुले समेत मनलाग्दी ढङ्गले भाडा वृद्धि गरेर लुट मच्चाइरहेको हुँदा, उक्त जनविरोधी कार्यप्रति घोर विरोध एवम् निन्दा गरेको छ ।
त्यसैगरी कात्तिक ७ गते चिकित्सा शिक्षा अध्ययन संस्थानले परीक्षा शुल्क वृद्धि गरेकोेप्रतिपनि पनि खेद व्यक्त गरेको छ ।
माफिया र दलालहरुलाई पोस्ने यी उल्लेखित निर्णयहरु अविलम्ब खारेज गर्ने माग गर्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा हस्ताक्षेरित प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।































