
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले कार्तिक १० देखि १३ गतेसम्म सांसदहरुलाई राष्ट्रघाती एमसीसी संसदबाट पास नगर्न खबरदारी गर्दै काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने भएकाे छ । हालै सम्पन्न क्रान्तिकारी माओवादी काठमाडौंकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
निर्णय अनुसार नो एमसीसी लेखिएको रातो टिसर्टमा मार्चपास सहित सांसदहरुको घर तथा अफिसहरुमा पुगेर घ्यानाकर्षण पत्र हस्तान्तरण गरिनेछ । कार्यक्रम विहान ८ बजेदिखि सुरु हुने बताइएकाे छ ।
जिल्ला इन्चार्ज सरु र सेक्रेटरी अमरकाे संयुक्त हस्ताक्षरमा बुझाउन लागिएकाे ध्यानाकर्षण पत्रमा एमसीसी जस्ताे राष्ट्रघाती सम्झाैता पास गर्ने राष्ट्रविरुद्धकाे अपराधजन्य कार्यमा सरिक नहुन भन्दै सांसदहरुलाई खबरदारी गरिएकाे छ ।
