कम्युनिस्ट पार्टीहरूको मुख्य उद्देश्य शोषकवर्गको सत्तालाई विस्थापित गरी क्रान्तिकारी वर्गसङ्घर्षद्वारा सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्नु हो । वर्गसङ्घर्षको उच्चतम अव्यिक्ति सशस्त्र सङ्घर्ष हो । लेनिन भन्छन् ः “राज्यशक्तिमाथि अधिकार प्राप्त गर्नु नै क्रान्तिको मूल प्रश्न हो ।” त्यसैले बल प्रयोगको सिद्धान्तलाई आधार बनाएर क्रान्तिकारीहरूले रणनीति बनाउँछन् । बन्र्सटिनदेखि आजसम्मका संशोधनवादीहरूले क्रान्तिकारीहरू र क्रान्तिकारी युद्धहरूमाथि प्रहार गर्दै जनता भड्काउने काम गर्न मुख्य जोड लगाएका छन् । त्यसैले यसप्रति ‘जनतामा कठिनाइ हुने’, ‘कार्यकर्ताहरूलाई निरास पारेको’, ‘उत्पादकशक्तिहरूलाई बर्बाद पार्ने’, ‘उग्रवामपन्थी लाइन’, ‘दक्षिणपन्थीमा पतन हुन्छ’ जस्ता विष बमन गर्नेगर्छन् । उनीहरूका दृष्टिमा प्रतिक्रियावादीहरूद्वारा जनताको हत्या गरेको सही हो र क्रान्तिकारी जनताद्वारा हतियार उठाएर प्रतिरोध गर्नु चाहिँ अपराध हो ।
यस्तो विरोध गर्नुको उद्देश्य संसदीय घेराभन्दा बाहिर जान नसक्ने सुधारवादी चिन्तन हो । क्रान्तिकारीहरू तथा सुधारवादी तथा संशोधनवादीहरूका बीच सङ्घर्ष माक्र्सवादको जन्मकालदेखि नै हुँदै आएको छ । यस्ताहरूलाई जवाफ दिँदै लेनिनले भनेका छन् ः “पुँजीपति वर्गको राज्यसत्ताको ठाउँमा, सर्वहारा राज्यसत्ता (सर्वहारा अधिनायकत्व) ओइलाएको ढङ्गले लिन सकिँदैन, आम नियमअनुसार यो हिंसात्मक क्रान्तिद्वारा मात्र लिन सकिन्छ ।” फ्रान्सको पेरिस कम्युन मजदुर वर्गले सशस्त्र भएर पुँजीवादको सत्ता पल्टाएको पहिलो घटना थियो । त्यो चाहे क्षणिकको लागि मात्र किन नहोस्, माक्र्सले त्यसलाई ः “गौरववमय आन्दोलन, मानव जातिलाई वर्गशासनबाट हमेसा मुक्त गर्ने, महान् सामाजिक क्रान्तिको बिहानी, कम्युनलाई नष्ट गरियो भने पनि त्यसबेला सङ्घर्ष केवल स्थगित हुन्छ । कम्युनको सिद्धान्त शाश्वत छ, जबसम्म मजदुरवर्ग मुक्त हुँदैन, तबसम्म यो सिद्धान्त बारम्बार प्रकट भइरहन्छ । मजदुर वर्गले बनिबनाऊ राज्यसंयन्त्र जस्ताको तस्तै आफ्नो हातमा लिन सक्तैन र उसले आफ्नो उद्देश्य पूरा गर्न त्यसलाई प्रयोग गर्न सक्तैन । सर्वहारावर्गले पुराना राज्यसंयन्त्रलाई चकनाचूर पार्नका लागि हिंसाको प्रयोग गर्नुपर्छ । सर्वहारा अधिनायकत्वको पहिलो अङ्ग सेना हो, मजदुर वर्गले आफ्नो मुक्तिको अधिकार युद्ध भूमिका प्राप्त गर्नुपर्छ” भनेका थिए । माक्र्सका माथिका भनाइहरू, पछिका घटनाहरूले साबित गरेका छन् । त्यसैले सशस्त्र सङ्घर्ष र सैनिक रणनीति मजदुरवर्गले गर्ने क्रान्तिको लागि अनिवार्य छ भनेर सिद्ध गर्दछ ।
चुनावमा भाग लिएर सरकार बनाएका कम्युनिस्टहरूले ‘सर्वहारा अधिनायकत्व’ लागू गर्न सकेको इतिहास छैन । प्रतिक्रियावादीहरूको स्वार्थअनुकूलको काम गरे मात्र त्यो सरकार टिक्छ, नत्र उसले बलप्रयोगद्वारा त्यसलाई विघटन गरिदिन्छ । त्यसैले सशस्त्र सङ्घर्षको बाटो नअँगाली संसदीय चुनावलाई नै रणनीति र कार्यनीति बनाउनेहरू भ्रष्ट भएर जान्छन् । प्रतिक्रियावादी वर्गले संसदीय चुनावको माध्यमद्वारा कम्युनिस्ट पार्टीलाई खरिद गर्छ र उसलाई पुँजीपति पार्टीमा बदल्छ ।
सर्वहारा वर्ग र सशस्त्र सङ्घर्षको फौजी रणनीति र कार्यनीतिको महत्वमाथि बल दिँदै एङ्गेल्सले भनेका छन् ः “ पेरिस कम्युनमा यदि पुँजीपति वर्गको विरोधमा सशस्त्र जनताले आफ्नो प्राधिकारको प्रयोग नगरेको भए के त्यो एक दिन पनि टिक्न सक्थ्यो ?” पेरिस कम्युनमा माक्र्सवादीहरूको होइन, प्रुँधो र ब्लाङ्कीवादीहरूको प्रभाव थियो माक्र्सले पहिले त्यसो गर्नुहुन्न, अझै केही समय पर्खनुपर्छ भनेर अभिमत जाहेर गरे पनि मजदुर वर्गले हतियार उठाएको कुराको महत्वमा जोड दिँदै माक्र्सले पेरिस कम्युनको दशौँ जयन्तीको अवसरमा जोसका साथ भनेका थिए ः “कम्युन, जुन पुरानो दुनियाँका शासकहरूका विचारमा पूर्ण रूपमा नष्ट भइसकेको छ, पहिलेको कुनै पनि समयको मुकाबिलामा आज झन् बढी जीवनशक्तिले ओतप्रोत छ । त्यसकारण हामी तपाईँहरूसँग मिलेर यो नारा घन्काउँछौँ —कम्युन ः जिन्दावाद ¤ यसबाट प्रतिक्रियावादी वर्गका विरुद्ध मजदुर वर्गले सशस्त्र भएर उठ्नु र विद्रोह गर्नु कति महत्वपूर्ण रहेछ भन्ने कुरा प्रस्ट हुन्छ ।
पेरिस कम्युन विद्रोहको ४६ वर्षपछि रूसी अक्टोवर क्रान्तिको विजयले विश्वमा सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वको नयाँ युग सुरु भएको थियो । यो शान्तिपूर्ण ढङ्गबाट भएको थिएन, पेरिस कम्युनको बाटो भएर भएको थियो, त्यसैले लेनिनले भनेका थिए ः “पुरानो राज्यमेसिनरीलाई ध्वस्त पार्ने कुरामा पेरिस कम्युन विश्वऐतिहासिक महत्वको पहिलो कदम थियो भने सोभियत राज्यसत्ताले दोस्रो कदममा फड्को मारेको छ । युद्ध हमेसा र हरेक ठाउँमा शोषकहरूद्वारा चलाइन्छ ।”
स्टालिनले पनि क्रान्तिकारी सशस्त्र ढङ्गबाट सत्ता कब्जा गर्न पार्टी सदस्य सेनाजस्तो, सङ्गठन फौजजस्तो हुनुपर्ने र हतियार–हतियार, फेरि पनि हतियार भनेर सशस्त्र बलमाथि जोड दिएका थिए । चीन, भियतनाम, कोरिया आदि ठाउँमा जति पनि क्रान्तिहरू भए, बल प्रयोगको सिद्धान्त र सशस्त्र सङ्घर्षबिना भएको थिएन । माओले अत्यन्त सरल र स्पष्ट भाषामा सशस्त्र सङ्घर्ष तथा जनसेनाको महत्वमा जोड दिएका छन् । उनले भनेका छन् ः “राज्यसत्तासम्बन्धी माक्र्सवादी सिद्धान्त अनुसार, सेना राज्यसत्ताको मुख्य बल हुन्छ । जोकसैले पनि राज्यसत्ता कब्जा गर्न चाहन्छ र त्यसलाई कायम गर्न चाहन्छ भने उसँग एउटा शक्तिशाली सेना हुनुपर्छ । शसस्त्र बलद्वारा राज्यसत्ता खोस्नु, युद्धद्वारा समस्या समाधान गर्नु क्रान्तिको केन्द्रीय कार्य र सर्वोच्च रूप हो ।” क्रान्तिमा जनसेनाको महत्वको सार खिच्दै माओले भनेका छन् – “राज्यसत्ताको जन्म बन्दुकको नाल
बाट हुन्छ ।”
त्यसकारण हिंसात्मक क्रान्ति सर्वहारा क्रान्तिको एउटा सार्वभौम सिद्धान्त हो । मालेमावादी पार्टीहरूले यस सार्वभौम सिद्धान्तलाई आफ्नो देशको विशिष्टता अनुसार प्रयोग गरेर नै क्रान्तिकारी माग अवलम्बन गर्न सकिन्छ । सशस्त्र सङ्घर्षको रणनीतिक उद्देश्य अँगाल्ने, तर विशिष्टतामाथि ध्यान नदिन, साथै सशस्त्र सङ्घर्षको कुरा गर्ने तर कार्यनीति त्यस अनुरूपको नअँगाल्ने हो भने त्यसको कुनै महत्व हुँदैन । सर्वहारा वर्गको पार्टीको दाबी गर्ने मालेमावालदीहरू बलपूर्वक सत्ता प्राप्त गर्ने बाटोको विपरीत जान्छन् र जानेहरूको पनि विरोध गछनर्् भने उनीहरूबाट क्रान्तिलाई नोक्सानी पुग्ने मात्र होइन, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रतिक्रियावादी वर्गलाई नै सेवा पु¥याइरहेको हुन्छ ।
( मङ्सिर २६, २९५४)
भक्तबहादुर श्रेष्ठका संकलित रचनाहरुबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार