रामेछाप । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी परित्याग गरी रामेछापका स्थानीय नेता कार्यकर्ताहरु मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । प्राप्त समाचार अनुसार नेकपा (माओवादी केन्द्र)का हिमगङगा गाउँ कमिटी सदस्य टेकबहादुर बिश्वकर्माको नेतृत्वमा दर्जन बढी स्थानीय नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् ।


संसदीय पश्चगामी पार्टीबाट बिद्रोह गरी पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज गगन र सक्रेटरी लाङघालीले अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर