आस्विन १३ काठमान्डौ ।

२०७८ साल असोज १२ गते देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय कार्यालय, कुपण्डोलमा सम्पन्न ‘एम.सी.सी. सम्झौता खारेजी आन्दोलन’को बैठकले केही महत्वपूर्ण निर्णयहरु लिएको जानकारी प्राप्त भएको छ । ती निर्णयहरुमा सर्वप्रथम एम.सी.सी. सम्झौता खारेजी आन्दोलनमा थप तीनवटा देशभक्त सङ्गठनहरु समावेश भएका छन् । दोस्रो एम.सी.सी. सम्झौता खारेजको विकल्प नभएको र यही असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डेलाबाट सुरु गरेर विरोध र्‍याली ंसंसद् भवन अघि पुगेर विरोधसभा गर्ने निर्णय गरेको छ ।
अन्य निर्णयहरुमा नेकपाका सबै नेता–कार्यकर्ताको अविलम्ब रिहाई गर्न सरकारसँग माग र भारतको जी.एम.आर. कम्पनीसँग भएको सम्झौता खारेज गरी कुनै हालतमा म्याद थप नगरी क्षतिपूर्ति भराउने र माथिल्लो कर्णाली परियोजनालाई माथिल्लो तामाकोसीको मोडेलमा नेपाल सरकारले आफैंले सञ्चालन गर्ने काम अगाडि बढाओस् भन्ने जोडदार माग रहेको छ ।
बैठकले लिएका यी महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नका लागि निम्न प्रेस विज्ञप्ति जारी गरिएको छ :

 

प्रतिक्रिया

सम्बन्धित खवर