आस्विन ४ गते चितवन ।
केही समय अगाडि माडी नगरपालिका भित्र खेतीयोग्य जमिनलाई खण्डीकरण गरी ल्पटिंग गर्ने भूमाफियाहरुको जग्गाहरु नेकपा(क्रान्तिकारी माओवादी) चितवन जिल्ला समतिको नेतृत्वको टोलीले कब्जा गरेको थियो । त्यही जग्गा अहिले भूमाफियाहरु र माडी नगरपालिकाको मिलोमतोमा विक्रि गर्न थालिएकोले, माडी नगरपालिका भित्र खेतीयोग्य जमिनलाई खण्डीकरण गरी ल्पटिंग गर्ने भूमाफियाहरु र माडी नगरपालिकाको गलत कदमका विरुद्ध नेकपा(क्रान्तिकारी माओवादी) चितवन जिल्ला समतिको नेतृत्वमा आज गएको टोलीले जिल्ला मालपोत कार्यालयका कार्यालय प्रमुखलाई भेटी उक्त क्षेत्रका जग्गाहरुको रजिष्ट्रेशन पास रोक्नका लागि निवेदन दिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)को पत्रमा भनिएको छ –“माडि नगरपालिकासमेतको संलग्नता र भूमाफियाहरुसंगको मिलोमतोमा माडि क्षेत्रका खेतीयोग्य जमिनमा खण्डकिरणको प्रक्रिया नरोकिएको देखिएपछि नियमविपरित खेतीयोग्य जमिनको कित्ता काट बन्द गर्न माडिको नापी शाखा कार्यालय र यसप्रकारका जग्गाको रजिष्ट्रेशन बन्द गर्न माडिको मालपोत कार्यालयलाई पार्टीको तर्फबाट पत्र पठाउने काम गरिएको छ । र हामी फेरी पनि जोड दिएर भन्छौ कि यसखालका जमिनमाथिको अनधिकृत व्यावसायिक कार्य यात समवन्धीत कार्यालयले अविलम्व नियन्त्रण गरोस या त त्यसप्रकारका कार्यबाट उत्पन्न हुनसक्ने सम्भावित परिणामलाई स्विकार गर्न तयार रहोस । हामी भूमिमाथि हुने गरिने सबैखाले अनधिकृत माफियाकरण अविलम्व बन्दगरी छाडने छौ । ”

निवेदनको पूर्ण पाठ तल दिइएको छ:

 

 

प्रतिक्रिया

सम्बन्धित खवर