
इश्वरी प्रसाद गैरे, दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी मााओवादी ) दाङको आयोजनामा घोराहीको ट्राफिक चोकमा शनिबार एमसीसी सम्झौता खारेजीको माग गर्दै कोणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख बक्ता लुम्बिनी प्रदेश सचिव संकुलले mcc परियोजना नेपाली जनताको अाबस्यकता भन्दा पनि अमेरिकी साम्राज्यवादको चाहना अनुसार भएकोले यो राष्ट्रघाती सम्झौता रहेको बताउदै सम्पूर्ण जनता यसकाे खारेजीका लागि एकजुट हुनु पर्ने कताउनु भयाे । उहाँले mcc का उपाध्यक्ष फातिमा सुमार रित्तै हात फर्केको नभई mcc पास गर्न केही नयाँ दलालहरु समेत नियुक्ति गरेर फर्केको हुँदा निकट भबिस्यमा ती दलालहरु जनताको अगाडि नांगिने समेत दाबी गर्नु भयाे । एमसीसी चीनलाई घेर्ने हिन्द प्रशान्त रणनीतिको एक अंग भएकाे र याे सम्झाैता कुनै पनि हिसाबले नेपालकाे हितमा नरहेकाेले तत्काल खारेज गरिनु पर्नेमा जाेड दिनुभयाे ।
क्रान्तिकारी युवा लिग नेपाल का महासचिव दिल बहादुर कठायतले mcc सम्झाैताले देश अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुकाे रणमैदान बन्ने स्थिति रहेकाे र राष्ट्रिय स्वाधीनतामा गम्भीर आच आउने तत्काल खारेज गर्न जाेडदार माग गर्नुभयाे । उहाँले यदि नेपाली जनताको राष्ट्रभिक्तपुर्ण आन्दोलनलाई बेवास्ता गरियो भने युवा लिग चुप लागेर नबस्ने चेतावनी समेत दिनु भयाे ।
कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी प्रदेश सदस्य तिलक बिकले गर्नुभएको थियो ।
