बिराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश १ काे बैठक सुनसरीकाे इटहरीमा सम्पन्न भएकाे छ । पार्टी महासचिव माेहन वैद्य किरणकाे विशेष उपस्थितिमा सम्पन्न बैठकले एकसाथ संगठन विस्तार र संघर्षका कार्यक्रममा जाेड दिएकाे छ ।
पार्टी पीवीएम तथा प्रदेश १ का इन्चार्ज मिनकुमारका अनुसार बैठकले पार्टी केन्द्रकाे बैठकले गरेकाे निर्णय र सर्कुलरकाे आधारमा संगठन र संघर्षका कार्यक्रमहरुलाई प्रदेश र प्रदेश मातहतका जिल्लाहरुमा कार्यान्वयनका लागि ठाेस याेजना र कार्यक्रमहरु तय गरिएका छन् ।
इटहरीको संगित साधना प्रतिस्ठानको सभाहलमा तीन दिनसम्म चलेकाे बैठकमा प्रदेश सदस्यहरुका रिपोर्टकाे संश्लेषण गर्दै महासचिव किरणले पार्टीकाे रणनीति, कार्यनीति, कार्ययाेजना र कार्यक्रमका विषयमा सविस्तार प्रशिक्षणात्मक मन्तव्य राख्नु भएकाे थियाे । बैठककाे सञ्चालन प्रदेश सेक्रेटरी सीताराम बुढाथोकीले गर्नुभएकाे थियाे ।
बैठकले पार्टी, संयुक्त माेर्चा, जबस, माेर्चा लगायतका बैठक, भेला, सम्मेलनका कामलाई तीव्रता दिने र राष्ट्रिय स्वाधीनता, जनजीवीकाका मुद्दाहरुलाई लिएर जिल्ला र प्रदेश स्तरमा समेत संघर्षका कार्यक्रमलाई तीव्र पार्ने निर्णय गरेकाे छ।





























