
माक्र्सवादले सर्वहारावर्गको राज्यसत्ताका लागि आवश्यक पर्ने सबै पक्षहरुमा गहनतम विश्लेषण गरेको छ, जसमध्ये सर्वहारावर्गको अर्थनीति, पनि हो । माक्र्सले अंग्रेजी अर्थशास्त्रीहरूका पुँजीवादी राजनीतिक अर्थतन्त्रको विपक्षमा र यसको निरन्तरतामा राजनीतिक अर्थतन्त्र सम्वन्धी उनका सिद्धान्तहरू विकास गरेका छन् ।
माक्र्सका १८४४ देखि १८५९सम्मका पहिलेका लेखहरू मध्ये सर्वहारावर्गको अर्थनीति, पनि हो । माक्र्सले अंग्रेजी अर्थशास्त्रीहरूका राजनीतिक अर्थतन्त्रको आलोचनाका आकारमा बाहिर आएका थिए, जसमा उनले सर्वहारावर्गको अर्थनीति, पनि हो । माक्र्सले अंग्रेजी अर्थशास्त्रीहरूका राजनीतिक अर्थशास्त्रीहरूको पुँजीवाद एउटा स्थाई र सर्वव्यापी प्रणाली हो भन्ने दावीहरूलाई ठाडै प्रतिवाद गरेका छन् ।
अर्कोतीर उनले सिद्ध गरे कि पुँजीवाद केही सिमित समयका लागि अस्तित्वमा रहन सक्छ र त्यसको अन्त्य निस्चित छ र यसलाई नयाँ र उच्च सामाजिक प्रणालीद्धारा विस्तापित गरिने छ । उनको पछिल्लो आर्थिक विश्लेषण, खासगरी उनको प्रमुख कामका भोलुमहरू, पुँजीवादका आर्थिक नियमहरूको आविष्कारमा केन्द्रीत पुँजी पुँजीवादी समाजमा उत्पादनको सम्वन्धहरूको गहिरो विश्लेषण, तिनीहरूको सुरूवात, विकास र अवनतिमा माक्र्सको राजनीतिक अर्थतन्त्रको प्रमुख विषय सुँची खडा भएकोछ ।
पुँजीवादी राजनीतिक अर्थशास्त्रिहरूले सधैभरी चीजहरूबीचको सम्वन्ध त्यसको अर्थ एउटा वस्तु अर्कोसंग सट्टीपट्टिको रूपमा उनीहरूको विशलेषण बनाउने गरेका थिए । तर माक्र्सले यसलाई देखाए दिएकि अर्थशास्त्रले चीजहरूसित होइन् बरू व्यक्तिहरूबीचका सम्वन्धहरूसित व्यवहार गर्दछ र अन्तीम बाटोमा वर्गहरूबीच व्यवहार गर्दछ भन्नेमा जोड दिए ।
पुँजीवाद अन्तरगत वस्तुहरूको उत्पादनले नै प्रभुत्व गर्ने भएकाले माक्र्सले उनको विश्लेषण वस्तुहरूको विश्लेषणसित सुरू गरेका थिए । उनले देखाएकि बस्तुहरूको सट्टापट्टा चिजहरूको मात्रै सट्टापट्टा थिएन् तर वास्तवमा समाजमा व्यक्तिगत उत्पादनहरूबीच सम्वन्धको एउटा अभिव्यक्ति थियो जो बजारद्धारा जोडिएका हुन्छन् । यद्धपि बस्तुहरूको सट्टापट्टा हजारौ वर्षदेखि अस्तित्वमा रहदै आएको छ , यो केबल मुद्राको विकास र पुँजीवादको जन्मसित छ कि समग्र समाजलाई एउटा पूर्णताभित्र व्यक्तिगत उत्पादकहरूको लाखौको समग्र आर्थिक जीवनसंग जोड्दै यो उसको उच्च विन्दुमा पुग्दछ ।
पुँजीवादले मजदुरको श्रमशक्तिलाई समेत एउटा वस्तुमा बदलिदिन्छ र बजारमा स्वतन्त्ररूपले किनिने र बेचिने गरिन्छ । ज्यालादारी कामदारले उसको श्रम शक्तिलाई उत्पादनका साधनहरू, त्यो भनेको पुँजीपतिको मालिकलाई बेचिदिन्छ । कामदारले उसको कामको दिनको एक भाग उसले प्राप्त गर्ने ज्यालाको वरावरी उत्पादन गर्दै विताउछ, त्यो भनेको उसलाई आफूलाई र उसको परिवारको भरणपोषणको आवश्यक खर्चलाई उत्पादन गर्दै विताउने हो ।
मजदुरको कामको दिनको अर्को भाग पुँजीपतिको पुँजीको ग्रोथ र निर्वाहाका लागि उत्पादनमा विताइन्छ । मजदुरले पुँजीपतिका लागि जुन उत्पादन गर्दछ त्यसबाट पूर्णरूपले कुनै तलब पाउँदैन । यो अतिरिक्त मूल्य जो प्रत्येक मजदुरले उत्पादन गर्दछन्, त्यो मूल्य उसको ज्याला कमाउनलाई र आफूलाई भरण पोषण गर्न आवश्यक मूल्यभन्दा माथिको हो । माक्र्सले यसलाई अतिरिक्त मूल्य भने । यो पुँजीपति वर्गको फाइदाको स्रोत हो र धनको स्रोत पनि हो ।
अतिरिक्त मूल्यको अवधारणाको खोजले श्रमजीवी वर्गको शोषणको प्रकृतिलाई उद्घाटित गरिदियो । यसले पुँजीपति र सर्वहाराबीच प्रतिरोधको सेतलाई बाहिर पनि ल्याई दियो । यो वर्ग प्रतिरोधका पुँजीवादी समाजको आधारभूत अन्तरविरोध: उत्पादनको सामाजिक चरित्र र स्वामित्वको व्यक्तिगत चरित्रको प्रमुख दृश्य थियो । यो अतिरिक्त मूल्यको खोजलाई एङ्गेल्सव्दारा माक्र्सको दोस्रो महत्वपूर्ण खोज(इतिहासको भौतिकवादी अवधारणाको खोजसंगै ) को रूपमा संकेत गरिएको थियो । लेनिनले अतिरिक्त मूल्यको सिद्धान्तलाई माक्र्सको अर्थशास्त्रीय सिद्धान्तको कोशे ढूङगाको रूपमा भनेका छन् ।
माक्र्सले आवधिक अर्थतन्त्रमा हुने संकट विस्तृतमा विश्लेषण पनि गरे, जसले पुँजीवादलाई वारम्वार असर गर्यो । उनले पुँजीवादी संकटहरू आधारभूत अन्तरविरोधको अर्को प्रकटको रूपमा पनि वर्णन गरे । उनले यसरी बुर्जुवा अर्थशास्त्रीहरूको झुटलाई पर्दाफास गरे, जसले त्यो समयमा प्रचार गर्यो कि पुँजीवादले कुनै संकटको सामाना गर्न पर्दैन् किनभने वजारको सञ्चालनले नै समस्याहरूको समाधान गर्ने छ । तिनीहरूले प्रस्तुत गर्ने कोशिस गरे कि पुँजीपतिहरूद्धारा जो चीज उत्पादन गरिन्थ्यो ती वजारमा स्वत: विक्रि गरिन्थ्यो ।
माक्र्सले यसरी पर्दाफास गरे कि पुँजीवादको कामको प्रकृति आफैमा संकटतर्फ लैजाने अनिवार्य छ । उनले देखाए कि कसरी पुँजीपतिहरू उनीहरूको उदण्ड आग्रहमा बढीभन्दा बढी फाइदा लिनका लागि बहुलालेझै उत्पादन बढाउदै लगे । यद्धपि त्यही समयमा पुँजीपतिहरूले उसका कामदारहरूको ज्यालादरमा कटौती गरेर र उनीहरूलाई गरीबीतर्फ धकेलेर फाइदाको उच्च दर कायम राख्न कोशिस गरे ।
श्रमजीवी वर्गले समाजमा सबैभन्दा ठूलो भाग ओगट्छन् र श्रमजीवी वर्गको गरिबीको स्वत: अर्थ भनेको उनीहरूको वजारमा उपलव्ध सामान किन्ने क्षेमताको हस हो । यसरी एकातर्फ पुँजीपति वर्ग बजारमा पठाउने सामानहरू आपूर्ति गर्न उत्पादनलाई बढाउदै जान्छ जहाँ अर्कोतर्फ उही बजारमा क्रयताहरूको एउटा ठूलो मागको क्रय शक्ति घटाउदै जान्छ । यसले स्वाभाविक रूपमा एकातर्फ उत्पादनको विस्तार र अर्को तर्फ बजारको संकुचन बीच एउटा गम्भीर अन्तरविरोधतर्फ लैजान्छ । जसको परिणाम अति उत्पादनतर्फको संकट हुन्छ जहाँ वजारमा विक्रि नभएका सामानहरूको बाढी आइदिन्छ । अनगिन्ति पुँजीपतिहरू टाटपल्टाइमा धकेलेर जान्छन् । लाखौ कामदारहरू उनीहरूको कामबाट बाहिर फयाकिन्छन् र भोकमा तड्पीन वाध्य पारिन्छन् त्यही समयमा पसलहरू सामानहरू भरिभराउ हुन्छन् जो प्रयोग विहिन हुन्छन् किनभने त्यहाँ कोही पनि तिनीहरूलाई किन्ने हुँदैन।
माक्र्सले अझ निष्कर्ष निकाले कि पुँजीवादको यी संकटहरूको अराजकता स्वामित्वको नीजी चरित्र र उत्पादनको सामाजिक चरित्रबीच पुँजीवादको आधारभूत अन्तरभूत अन्तरविरोध समाधानद्धारा मात्र गर्न सकिन्छ । यो काम पुँजीवादी प्रणालीलाई फयाकेर र समाजवाद र साम्यवादको स्थापना गरेर र यसरी उत्पादनका साधनहरूको स्वामित्वलाई एउटा सामाजिक चरित्र दिएर मात्र गर्न सकिन्छ ।
माक्र्सले देखाए कि सामाजिक शक्ति जो सर्वहारा वर्ग थियो, पुँजीवाद आफैद्धारा क्रान्ति उत्पन्न गर्ने परिस्थितिको निर्माण गर्दछ । सर्वहारा वर्ग मात्रै थियो, जसको चाहना व्यक्तिगत स्वामित्व र शोषणको वर्तमान प्रणालीलाई निरन्तरता दिने थिएन् । उसको एक्लै समाजवाद स्थापना गर्ने चाहना र क्षेमता थियो ।
माक्र्सले विश्लेषण गरे कि कसरी पुँजीवादी प्रणालीको प्रत्येक संकटले अन्तरविरोधहरूलाई घनिभूत गर्दछ । उनले पुँजीपतिहरूका सानासाना मूट्ठिभरका हातमा पुँजीको केन्द्रीकरणले ल्याउने प्रत्येक संकटका प्रक्रिया वर्णन गरे । यसले मजदुरहरूको विशाल जनसमूहको दु:ख र असन्तुष्टिमा अचाक्ली वृद्धि सँग सँगै अगाडि बढे, जतिजति पुँजीवादको अन्तरविरोधहरू पेचिलो हुन्थ्यो सर्वहाराको क्रान्तिकारी परिवर्तनशील शक्तिमा बढोत्तरी हुन्थ्यो, अन्त्यमा क्रान्तिमा पुँजीवादीहरूको पुँजीको अपहरण र उत्पादनको सामाजिक चरित्रलाई सुहाउदो स्वामित्वको एउटा सामाजिक चरित्रसंग मिल्दो एउटा समाजवादी समाजको निर्माणलाई परिणाम दिने काम गर्दथ्यो ।
यसप्रकार, माक्र्सले समाजवादी क्रान्ति र साम्यवादको मार्गका निम्ति वैज्ञानिक अर्थशास्त्रको समग्र पक्षलाई बाहिर ल्याएका छन् । जो वर्तमानमा पनि समाजवादी क्रान्ति र साम्यवादको मार्गका निम्ति अति उपयोगी मार्गदर्शन बनिरहेको छ ।
singhhukum683@gmail.com
