काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीकले नेपालमा संसदवाद र संशाेधनवाद पुर्ण रुपमा असफल भएकाे बताउनु भएकाे छ । २९ भदौमा नेकपा (क्रान्तिकारी माओवादी) निकट मधेसी राष्ट्रिय मुक्ति माेर्चाले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा सम्बाेधन गर्दै यस्ताे बताउनु भएकाे हाे । धनुषाकाे जनकपुरमा आयाेजित पत्रकार सम्मेलनमा पत्रकारहरुले साेधेकाे प्रश्नकाे जवाफ दिंदै उहाँले केपी ओली र शेरबहादुर देउवाकाे मात्र असफलता नभएर याे सिंगाे राजनीतिक व्यवस्था वा प्रणाली र आफुलाई कम्युनिस्ट दावी गर्ने संशाेधनवादीहरुकाे पनि असफलता भएकाे ठाेकुवा गर्नुभयाे ।
उहाँले संसदवादी दलका नेताहरु अधिकांशमा राष्ट्रवादी हाेइन, राष्ट्रद्राेही चरित्र देखिएकाे भन्दै राष्ट्रद्राेही नेताहरु सत्तासिन हुने याे व्यवस्था रहेसम्म देशकाे स्वाधीनता, सार्वभाैमिकतार अखण्डता सँधै खतरामा रहने बताउनु भयाे । उहाँले सच्चा देशभक्त, वामपन्थी तथा कम्युनिस्ट क्रान्तिकारीहरुले सडकमा गरेकाे आन्दाेलनकाे दबाबका कारण एमसीसी अहिलेसम्म पास नभएकाे र लिम्पयाधुरासहितकाे चुच्चे नक्सा पनि त्यही आन्दाेलनकाे दबाबका कारण आएकाे दाबी गर्नु भयाे । उहाँले सडकबाट क्रान्तिकारी माओवादीले राष्ट्रिय स्वाधीनताकाे नेतृत्व गरिरहेकाे बताउनुहुँदै सच्चा देशभक्त, वामपन्थी, कम्युनिस्ट क्रान्तिकारीहरुकाे बृहत् आन्दाेलन संगठित रुपमा उठान गर्न पहल गरिरहेकाे पनि जानकारी दिनु भयाे ।
साेही पत्रकार सम्मेलनमा मधेसी राष्ट्रिय मुक्ति माेर्चाका अध्यक्ष विरेन्द्र यादवले माेर्चाकाे सम्पन्न केन्द्रीय समितिकाे बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नु भएकाे थियाे । माेर्चाले राष्ट्रिय स्वाधीनता (एमसीसी खारेजी, अतिक्रमित भूमि फिर्ता लगायत), संगठन विस्तार तथा सदस्यता वितरण, मधेश आन्दाेलनका विषयमा रहेका कतिपय विभ्रमहरु र संसदीय व्यवस्थाले थाेपरेकाे महंगी, भ्रष्टाचार, कमिसनखाेरी, कालाेबजारी, बेराेजगारी लगायतका समस्याहरुका बारेमा विराेध तथा भण्डाफाेरका कार्यक्रमलाई तीव्रता दिने निर्णय गरेकाे छ । जनकपुरमा सम्पन्न माेर्चाकाे बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता प्रतीक, पीवीएम तथा प्रदेश २का इन्चार्ज कृष्णदेवसिंह दनुवार लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।




























