काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले राष्ट्घाती एमसीसी सम्झौता खारेजीका लागि देशव्यापी रुपमा प्रतिरोध संघर्ष जारी राखेको छ । एमसीसी खारेजीका लागि निरन्तर संघर्षको नेतृत्व गर्दै आएको क्रान्तिकारी माओवादीले उपत्यकाका काठमार्डाैं, ललितपुर र भक्तपुरमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

प्राप्त समाचार अनुसार ललितपुरको लगनखेलमा प्रहरी हस्तक्षेपका बाबजद मशाल जुलुस प्रदर्शन गरिएको छ । पार्टी पीवीएम प्रभाकिरणको नेतृत्वमा भएको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपका बाबजुद लगनखेलदेखि मंगलबजारसम्म मशाल जुलुस प्रदर्शन गरिएको पीवीएम प्रभाकिरणले जानकारी दिनुभयो ।
राष्ट्घाती एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, एमसीसी सम्झौता तत्काल खारेज गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्यि स्वाधीनता जिन्दावाद लगायतका नाराहरु समेत लगाइएको थियो । मशाल जुलुसमा ५० जनाभन्दा बढीको सहभागिता रहेको पार्टीका ललितपुर सेक्रेटरी दिपकले जानकारी दिनुभयो ।
भक्तपुरबाट प्राप्त जानकारी अनुसार प्रहरीलाई छक्याउँदै भव्य रुपमा मशाल जुलुस प्रदर्शन गरिएको छ । तौमडीबाट सुरु भएको मशाल जुलुस च्यामासिंह चोकमा समापन भएको थियो । पार्टी पीवीएम सागरको नेतृत्वमा भएको मशाल जुलुसको समापन भक्तपुर सेक्रेटरी श्रीकृष्ण सुलुले गर्नुभएको थियो ।
मशाल जुलुसमा करिब चार दर्जन नेता कार्यकर्ताको सहभागिता रहेको थियो । मशाल जुलुसमा राष्ट्घाती एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्यि स्वाधीनता जिन्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद लगायतका नाराहरु लगाइएको कार्यक्रम स्थलबाट अखिल नेपाल क्रान्तिकारी ट्ेडयुनियन महासंघका महासचिव बसन्त बोगटीले जानकारी दिनुभयो ।
यता काठमाडौंमा पनि प्रहरी हस्तक्षेपका बाबजुद भव्य रुपमा मशाल जुलुस प्रदर्शन गरिएको छ । पार्टी पीवीएम प्रवेशको नेतृत्वमा नरदेवीबाट निकालिएको मशाल जुलुस किलागल, भेडासिंह, गनवहाल हुँदै असन चोकमा पुगेर समापन भएको थियो । मशाल जुलुसको समापन नेता प्रवेशले गर्नुभएको थियो । समापन कार्यक्रमको सञ्चालन काठमाडौं जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालले गर्नुभएको थियो ।
मशाल जुलुसमा एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, दलाल शासकहरु मुर्दावाद, राष्ट्यि स्वाधीनता जिन्दावाद लगायतका नाराहरु लगाइएको थियो । मशाल जुलुस भेडासिंहमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यहाँ मशाल जुलुसलाई अखिल (क्रान्तिकारीं)का अध्यक्ष हरिकृष्णले सम्बोधन गर्नुभएको थियो ।
क्रान्तिकारी माओवादीले एमसीसी खारेजीका लागि देशव्यापी रुपमा प्रतिरोध संघर्षको उठान गरिरहेको छ । सातवटै प्रदेशका विभिन्न जिल्लामा जनसंघर्ष तथा प्रतिरोध संघर्षहरुको उठान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर