२५ भाद्र काठमान्डौ ।
एमसीए कार्यालय र एमसीसी टोली बसेको होटेल घेर्ने कार्यक्रम अन्तरगत विहान ११ बजे अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा एमसीसी विरोधी जुलुसले कालोझण्डा सहित एमसीए कार्यालय घेर्न जुलुस नारायणहीटी अगाडिको महेन्द्र शालिकनेर जम्मा भएर व्यापक प्रहरी तैनाथीका कारण अगाडि बढन नदिएपछि त्यही नै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलको सम्वोधन पछि जुलुसले एमसीए कार्यालयको अगाडि पुगेर एमसीए कार्यालय बन्द गरजस्ता एमसीसी विरोधी विभिन्न नाराहरु लगाइरहयो ।

एमसीसी चाहिदैन भन्दै घेरैवेरको नारा वाजी र कालो भण्डा देखाएपछि जलुसले एमसीसीका विरुद्ध र नेपालका दलाल नेताहरुका विरुद्ध विभिन्न नाराहरु लगाइरहे । प्रदर्शनकारीहरुको व्यापक दवावका कारण प्रहरीहरुले उक्त एमसीए विरोधी जुलुसलाई एमसीए कार्यालय जानका लागि छाडी दिए तर त्यहाँ नपुग्दै एमसीसी टोली त्यहाँबाट हिंडीसकेकोले उक्त जुलुस उनीहरु बसेको होटेल मेरियट, नक्सालतर्फ अघि बढने क्रममा व्यापक प्रहरी अवरोधलाई छिचोल्दै जयनेपाल सिनेमा घरसम्म पुगी कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभामा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले एमसीए कार्यालय तुरुन्त अमेरिका फकाउनु पर्ने किनभने एमसीसीले नेपालको सावृभौमिकसत्ता, स्वतन्त्रतामाथि अमेरिकी साम्राज्यवादले हस्तक्षेप बढाएकोले सबै नेपाली शरीरमा एकथोपा रगत रहेसम्म राष्ट्रभघाती एकसीसीका विरुद्धमा लागिरहनुपर्ने बताउनु भयो । कार्यक्रमको अन्त्यमा उहाँले त्यहाँ उपस्थित सबैलाई धन्यवाद दिदै भावी दिनमा हामी अझ शसक्त रुपमा एमसीसी विरुद्धका हरेक कार्यक्रमा सहभागिता हुनु पर्नेमा जोड दिनु भयो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर