पुस्पा गिरी नवलपरासी २५ भाद्र : नेकपा (क्रान्तिकारी माओबादी) पश्चिम नवलपरासीले राजनैतिक बैचारिक; सम्पर्क ; संगठन र सङघर्समा केन्द्रित रहेर डेढ  महिने रा.स.स.स.अभियान उद्घाटन गरेको छ । शुक्रबार बर्दघाट ४ दिब्यनगरमा जिल्ला भेला गरि माओवादीले अभियान उदघाटन गरेको हो । अभियान उदघाटन सत्रमा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी क.चोलाले अभियानको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा क्रान्तिकारी माओवादी प्रदेश सदस्यद्वय क. संकल्प र क.समरले अभियान बारे प्रकाश पार्नु भएको थियो । अभियान कार्तिक २६ गते सम्म संचालन हुने र अभियानबाट जिल्लाको सबै स्थानीय तहमा पार्टी कमिटी सुदृढ र बिस्तार हुने जिल्ला सचिवालय सदस्य क. न्युक्लियसले जानकारी दिनुभयो । उदघाट्न कार्यक्रममा बर्दघाट नगर सह सेक्रेटरी क.आकाश स्वागत मन्तब्य रहेको थियो । त्यस्तै अभियानकै क्रममा बर्दघाट नगर समितिको बैठक सम्पन्न भएको नगर सेक्रेटरी क.क्रान्तिले बताउनुभयो । अभियान उदघाटनकै दिन क्रान्तिकारी युवा लिग बर्दघाट ४ वडा कमिटी बिस्तार गरिएको छ । क.नर बहादुर रानाको संयोजकत्वमा गठन भएको २१ सदस्यीय कमिटीमा क. दिपक नेपाली;क. बुदे गुरुङ; क. सुमन सुनार ; क. श्याम बिक ; क.सन्जय थापा; क.अमिर गुरुङलगायत रहेको लिगका जिल्ला उपाध्यक्ष क. राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर