२५ भदौ सुर्खेत
एमसीसीको विरोधमा सुर्खेतमा राजनीतिक दलहरु र नागरिक समाजको संयुक्त विरोध जुलुस सम्पन्न गरिएको छ । उक्त संयुक्त विरोध जुलुसमा नेकपा (क्रान्तिकारी माओवादी) , नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पर्टी, नेपाल सहीत विभिन्न नगरिक सामाजका अगुवाहरुको सहभागिता थियो । विरोध जुलुसमा राष्ट्रघाति एमसीसी परियोजन खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, दलाल संसदिय व्यवस्था मुर्दावाद, एमसीसी चाहिँदैन देश वेच्न पाईदैन, सम्पूर्ण देशभक्त वामपन्थीहरु एक हौं ! भन्ने नारा सहित एरिचोक, मंगलगडी, विरेन्द्र चोक, पिपल चौतारा हुँदै विरेन्द्र चोकसम्मको जुलुस प्रदर्शन र विरोध कार्यक्रम सम्पन्न भएको छ ।

उक्त विरोध जुलुसको नेतृत्व नेकपा( क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा देजमो नेपालका कर्णाली प्रदेश अध्यक्ष दिपकबहादु शाही, नेकपाका केन्द्रिय सदस्य एटम विसि र वैज्ञानिक सामाजवादी कम्युनिस्ट पर्टी नेपालका श्याम कुवरले गरेका थिए भने जुलुसमा विभिन्न नागरिक समाज र जनताको लगाएत पार्टी नेता तथा कार्यक्रताको वाक्लो उपस्थित थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर