भदौ २५ मान्मा कालीकोट ।
कालीकोटको सदरमुकाम मान्मामा नारा र जुलुससहीत तीनदलीय संयुक्त विरोध कार्यक्रम सम्पन्न भएको छ, जसमा नेकपा(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा र कर्णजीत बूढा नेतृत्वको माओवादी केन्द्र (समाजवादी)को सहभागिता थियो ।
जीरो प्वाइन्टबाट सुरु गरिएको विरोध जुलुसले बजार परिक्रमा गरी प्रतिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । एमसीसीको विरोधमा विभिन्न नाराहरु लगाउँदै बजारपरिक्रमा गर्दै कोणसभामा परिणत भएको सभालाई विभिन्न वक्ताहरुले सम्वोधन गरेका थिए ।
सम्वोधन गर्नेहरुमा नेकपा(क्रान्तिकारी माओवादी) कालीकोट जिल्ला सेक्रेटरी कर्णबहादुर विसी,े नेकपा के स. तथा कालीकोट जिल्ला इन्चार्ज बिराट, माओवादी केन्द्र (समाजवादी)का के.स. सागर र नेकपा कालीकोट सेक्रेटरी रणजीत थिए ।


उक्त कोणसभालाई सम्वोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी) कालीकोट जिल्ला सेक्रेटरी कर्णबहादुर विसीले नेपालमा संसदीय व्यवस्थाको नाममा दलालहरुको सरकार र उनीहरुकै प्रतिपक्ष भएकाले देशको राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको गिद्दे दृष्टि पदै आएको छ र अमेरिकी सहयोगमा आउने भनिएको एमसीसी परियोजनाले नेपालमाथि साम्राज्यवादी र विस्तारवादीको संयुक्त हैकम हुने सम्भावना भएकोले आम देशभक्त नेपालीहरु यस्ता दलालहरुका विरुद्ध संघर्षमा उत्रिएर एमसीसीजस्ता राष्ट्रघाती सम्झौताको खारेजीका लागि सरकारमाथि दवाव सृजनागर्न पर्ने आवश्यकतामा जोड दिए ।


सम्वोधनका क्रममा नेकपा के स. तथा कालीकोट जिल्ला इन्चार्ज बिराटले यदी एमसीसी पास गरेर कार्यान्वयन गरेमा देशमा गृहयुद्ध हुने सम्भावना तर्फ पनि संकेत गरेका थिए । कोणसभालाई सम्वोधन गर्ने अन्य वक्ताहरुको जोड एमसीसी खारेजीको विकल्प नभएकोमा थियो । कार्यक्रमको संचालन नेकपाका साहसीले गरेकाथिए ।
एमसीसीको विरोधमा र खासगरी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको विरोधमा देशैभरी उत्रिएको विरोधमा हातेमाले गर्दै कालीकोट जिल्लाले पनि आफनो एमसीसीको विरोधलाई आज प्रदर्शन गरेकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार