नवलपरासी२५ भाद्र :  रास्ट्रघाती एम. सि. सि सम्झौता विरुद्ध आन्दोलनको क्रममा नयाँ  नयाँ शैलीको आन्दोलन गर्ने क्रम जारी छ । देशैभर आन्दोलन चर्कदै जादा एम.सि.सि पारित गर्न कम्मर कसेर लागेको भन्दै नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले प्रधानमन्त्री शेर बहादुर देउवाको शब र्याली निकालेर पुत्ला जलाएको छ । बर्दघाट ४ दिब्यनगर बाट निकालिएको र्याली शान्तिनगर चोकमा पुगेर पुत्ला दहन गरेर कोण सभामा परिणत भएको थियो । एम सि सि सम्झौता खारेज गर ! देश बेच्न पाइदैन !! लगायतको नाराबाजी सहित निकालिएको जुलुसमा शन्ख समेत बजाइएको थियो । कोण सभामा क्रान्तिकारी माओवादी जिल्ला सचिवलय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीले बोल्नु भएको थियो ।   

प्रतिक्रिया

सम्बन्धित खवर