काठमाडौं । “एमसीसी खारेजी आन्दाेलन” ले शुक्रबार काठमाडौंमा सत्यार्थ प्रकाश जनसभाकाे आयाेजना गर्याे । बिहीबार एमसीसीका पदाधिकारीकाे नेपाल आगमनकाे विराेधमा जुलुस निकाल्दा र कालाे झण्डा देखाउँदा आन्दाेलनमा सम्मिलित नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल, नेकपा माले, नेकपा लगायतका पार्टीका ५४ जना नेता कार्यकर्ताहरु गिरफ्तारीमा परेका थिए । देउवा नेतृत्वकाे सरकारले एमसीसीका पदाधिकारीहरुलाई बाेलाएर सदनबाट राष्ट्रघाती एमसीसी सम्झाैता पास गर्न खाेजेपछि देशभर अहिले एमसीसी सम्झाैता खारेजी आन्दाेलन चलिरहेकाे छ ।
आन्दाेलनकै क्रममा शुक्रबार रत्नपार्क शान्तबाटिकामा आयाेजित सत्यार्थ प्रकाश जनसभामा वक्तारुले एमसीसी सम्झाैता खारेज गराएरै छाड्ने दावी प्रस्तुत गर्नु भएकाे छ ।
जनसभालाई सम्बाेधन गर्दै देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जनताकाे तागतका अगाडि जतिसुकै शक्तिशाली शासकहरु पनि पराजित हुने बताउनु हुँदै राष्ट्रघाती एमसीसी सम्झाैता खारेज भएरै छाड्ने बताउनु भयाे ।
त्यसैगरी नेकपा मालेका महासचिव सीपी मैनालीले पनि एमसीसी जस्ताे राष्ट्रघाती सम्झाैता खारेज सदनबाट पास गरिए संसदवादी पार्टीहरुकाे राजनीति समाप्त हुने चेतावनी दिनु भयाे ।

कार्यक्रममा साध्यबहादुर भण्डारी, राजन तिमिल्सिना, भरत गाैतम लगायतका वक्ताहरुले पनि एमसीसी खारेज हुनै पर्ने कुरामा जाेड दिनस भएकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर