क्रान्तिकारी युवा लिगद्वारा संगठनका केन्द्रीय सचिवालय सदस्य चिमोरियाको निधनमा श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी युवा लिगद्वारा संगठनका केन्द्रीय सचिवालय सदस्य चिमोरियाको निधनमा श्रद्धाञ्जली व्यक्त


काठमाडौं । क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय सचिवालय सदस्य इन्द्र कुमार चिमोरियाको हृदयघातका कारण निधन भएकाे छ । भाद्र २२ गते बेलुकि ११ः०० बजे काभ्रे, भकुण्डे बेसी स्थित आफ्नै निवासमा हृदयघात भई दुःखद् निधन भएको संगठनका अध्यक्ष अमिर महर्जनले जानकारी दिनु भयाे । अध्यक्ष महर्जनले एक शाेक वक्तव्य जारी गरी  इन्द्र कुमार चिमोरियाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त  गरिएकाे छ र  शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएकाे छ ।

वक्तव्यमा कमरेड इन्द्र चिमाेरियाकाे निधनबाट युवा आन्दोलन मात्र होइन राष्ट्रिय मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनमा पनि अतुलनीय क्षती हुन पुगेको उल्लेख गरिएकाे छ ।

वक्तव्यमा भनिएकाे छ, “२०६७ सालबाट राजनीतिक आन्दोलनमा लाग्नु भए पछि २०६९ नेकपा माओवादी ( क्रान्तिकारी)का जिल्ला समिति सदस्य बन्नुभयो । २०७३ मा कम्युनिस्ट न्युक्लियस नेपालका राज्य समिति सदस्य बन्नु भयो । हाल नेकपा (क्रान्तिकारी माओवादी)का काभ्रे जिल्ला सदस्य तथा क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय सचिवालय सदस्यका रुपमा क्रियाशील हुनु हुन्थ्यो ।

२०४४ जेष्ठ १० गते जन्मनु भएका क. इन्द्र कुमार चिमोरियाको ३४ वर्षको अल्पआयुमा नै निधन हुन पुग्याे। उहाँ बुबा विष्णु बहादुर चिमोरिया र आमा जलदेवी चिमोरियाका चार सन्तान मध्येका कान्छा छोरा हुनुहुन्थ्यो । उहाँका श्रीमति सबु चिमोरिया, दुई छोरी इशा चिमोरिया र इसिका चिमोरिया, एक छोरा इसान चिमोरिया हुनुहुन्छ ।”