
भाद्र २३ सुर्खेत ।
नेकपा (क्रान्तिकारी माओवादी) , नेकपा र हामी नेपाली हा्म्रो नेपाल लगाएतका नगरिक सामाजहरुने राष्ट्रघाति :एमसीसी परियोजन खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, दलाल संसदिय व्यवस्था मुर्दावाद, सम्पूर्ण देशभक्त वामपन्थीहरु एक हौ ! भन्ने मुलनारा सहित एरिचोक, विरेन्द्र चोक हुँदै मंगलगडीमा नारा जुलुस सहित विरोध कार्यक्रम सम्पन्न गरियो । उक्त कोण सभालाई संवोधन गर्दै प्रमुख बक्ता नेकपा( क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा देजमो नेपालका कर्णाली प्रदेश अध्यक्ष दिपकबहादुर शाहीले दलाल संसदीय व्यवस्थाले नेपालको राष्ट्रिय स्वाधीन राष्ट्रियताको धज्जि उडाएको छ, जनताका जनजिविका, जनतन्त्र, मजदुर, किसान र उत्पिडीत जनताका हक अधिकारलाई सुनिश्चित गर्नुको साटो जनतालाई पराधिन वनाएको छ ।

यसै क्रममा अहिले अमेरिकी सैनिक गठवन्धन एमसीसी (मिलिनियम च्यलेन्ज कर्पोरेसन) सम्झौता गरि नेपाललाई रणनीति रुपमा प्रयोग गरि नेपालका प्रकृति श्रोत साधनहरुमाथि कव्जा गर्ने र चीनलाई घेर्नका लागि नेपाललाई रणनीतिक कृडा स्थल वनाउने उदेश्यले आएको यो परियोजना नेपाल र नेपाली जनताको हितमा छैन् भन्दै यदि यो एमसीसी परियोजना सर्वभौम मानिएको प्रतिनि सभाबाट पास गरि नेपालको कानुन भन्दा माथि बनाई नेपाललाई पराधिन वनाउने ती दलाल प्रतिनिधिहरु नेपाली जनताको कालो सुचिमा पर्ने र नेपालि जनताले सडकमा पछार्ने र तिनलाई सामुहिक वहिस्कार गर्ने छन् ।
देश र जनताका ती दोषिहरुलाई देश द्रोहि करार गर्ने छन भन्नू भयो । त्यस्तै उक्त कोणसभालाई नेकपाका के स एटम विसिले र शंकर उपाध्ययाले पनि सम्वोधन गर्नु भएको थियो ।