काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने शर्त राखेका नेपालका संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दललाई अकेरिकाले स्पष्ट रुपमा एमसीसी सम्झाैता संशाेधन हुन नसक्ने बताएकाे छ । नेपाल सरकारसँग भएको एमसीसी सम्झौता संशोधन हुन नसक्‍ने भन्दै अमेरिकाले जवाफ पठाएको छ ।
सम्झौतामाथि नेपालमा उठेका प्रश्‍नहरूलाई सरकारले आफ्नोतर्फबाट पठाएको प्रश्‍नको जवाफ दिँदै सम्झौताको मूल अंश भने संशोधन हुन नसक्‍ने उल्लेख गरेको हो । नेपाल भ्रमणमा आउन लागेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई लेखेको जवाफमा हस्ताक्षर भइसकेको एमसीसी सम्झौता अहिले संशोधन हुन नसक्ने उल्लेख गरेकी छन् ।
नेपाल सरकारले पठाएकाे ११ बुँदे मध्ये ६ नम्बर बुँदामा संशोधनको कुरा संसद्‌बाट किन अनुमोदन हुन नसक्‍ने भन्दै सोधेको प्रश्‍नको जवाफ दिँदै सुमारले भनेकी छन्,’ हस्ताक्षर भइसकेको एमसीसी नेपाल कम्प्याक्ट अहिले संशोधन गर्न सकिँदैन ।’

सत्ता गठबन्धनका प्रमुख साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी संशोधनपछि मात्रै अनुमोदन हुने बताएका थिए । सम्झौता राष्ट्रघाती रहेकाे भन्दै खारेज गर्नुपर्ने माग सडकमा उठिरहेकाे स्थितिमा संशाेधन गरेर पास गर्ने तयारीमा रहेका दलहरुलाई अमेरिकाकाे जवाफले अप्ठ्याराेमा पारेकाे छ । ११ बुँदामा जे जस्ताे जवाफ अमेरिकाले दिएकाे भए पनि सम्झाैतामा रहेका दर्जनौं प्रावधान र शर्तहरुले नेपालकाे स्वाधीनता, सार्वभाैमिकता र अखण्डतामा गम्भीर आँच पुर्याउने भएकाेले सम्झाैता खारेज गर्नुपर्ने आम रुपमा चाैतर्फी आवाज उठिरहेकाे छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर