काठमाडौं  । ” राष्ट्रघाती एमसीसी खारेजी आन्दाेलन”काे आयाेजनमा भएकाे विराेध प्रदर्शन र जुलुसलाई सम्बाेधन गर्दै देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले अमेरिका नेपालकाे प्राकृतिक सम्पदा त्यसमा पनि युरेनियम धातु र जलस्राेतमाथि कब्जा जमाउन र उसकाे प्रतिस्पर्धीकाे रुपमा रहेकाे नेपालकाे छिमेकी मुलुक चीनलाई घेरा हाल्न एमसीसी मार्फत् नेपाल आएकाे दाबी गर्नु भयाे ।
बुधबार माइतीघर मण्डलाबाट नारा जुलुससहित नयाँ बानेश्वर संसद भवन अगाडि पुगेकाे जुलुसलाई सम्बाेधन गर्दै अध्यक्ष गजुरेलले अगाडि भन्नुभयाे, “विधुतीय ट्रान्समिसन लाइन बनाउने देखावटी उद्देश्य राखिएकाे भए पनि नेपालकाे बहुमुल्य धातु युरेनियम र पानी कब्जा गर्नु र नेपालसँग १४ सय किमि सीमा जाेडिएकाे चीनलाई घेरा हाल्नु नै एमसीसीकाे मुख्य उद्देश्य हाे ।”

नेपालकाे भूमि, कच्चा पदार्थ र श्रम समेत चीनका विरुद्ध प्रयाेग हुँदा नेपालकाे सार्वभाैमिक अस्तित्व धरापमा पर्ने गम्भीर खतरा रहेकाे भन्दै उहाँले कुनै पनि हालतमा एमसीसी पास नगर्न चेतावनी दिनु भएकाे छ ।
एक्कासी परेकाे पानीले गर्दा कार्यक्रम प्रभावित बन्न पुगेकाे थियाे । “राष्ट्रघाती एमसीसी खारेज अभियान”मा सम्मिलित नेकपा (क्रान्तिकारी माओवादी) लगायत अन्य पार्टीका वक्ताहरुले सम्बाेधन गर्ने कार्यक्रम विथाेलिन पुग्याे ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)ले मंगलबार र बुधबार देशभर एमसीसी खारेजीकाे माग गर्दै विराेध प्रदर्शन र सभा सम्पन्न गरेकाे छ । प्राप्त समाचार अनुसार रुपन्देही, दाङ, चितवन, धनुषा, सुर्खेत, नवलपरासी, कास्की लगायतका जिल्लाहरुमा व्यापक रुपमा जनसहभागिता सहित विराेध कार्यक्रम गरिएकाे छ । अन्य थप जिल्लाकाे विवरण आउन बाँकी छ ।
नेकपा विप्लव लगायतका अन्य सचेत देशभक्त नागरिकहरुले पनि एमसीसी खारेजीका लागि आन्दाेलनकाे घाेषणा गरेका छन् । र, निरन्तर रुपमा आन्दाेलित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर