भाद्र २२ बुटवल ।
राष्ट्रघाती एमसीसी खारेज गरौ ! सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डताको रक्षा गरौ । भन्ने मूल नाराका साथ बुटवलको पुष्पलाल पार्कदेखि शुरु भएको रर्याली एमसीसीका बिरुद्ध गगनभेदी नारा लगाउदै बुटवलको ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्वोधन गर्नेहरुमा नेकपा क्रान्तिकारी माओवादिका भूपेन्द्र न्यौपाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्की, राष्ट्रिय जागरण परिषद, नेपालका चित्र बहादुर थापा, विवेकशील साझापार्टीकी किरण शर्मा पाण्डे र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका लक्ष्क्षुराम विश्वकमा थिए ।
कार्यक्रम नेकपाका खोमा तरामु मगरको सञ्चालन र नेकपा (माले) का गोपालमणि गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।






























