भाद्र २० काठमान्डौ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ ३ नं. प्रदेश समितिको बैठक महासंघका केन्द्रीय अध्यक्ष इश्वर तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ ३ नं. प्रदेश समितिका संयोजक अर्जुनलाल श्रेष्ठको अध्यक्षतामा सुरु गरिएको उक्त बैठकमा नेकपा(क्रान्तिकारी माओवादी)पार्टी केन्द्रीय सदस्य जीवनको विशेष उपस्थिति थियो भने अन्य अतिथिहरुमा महासंघ केन्द्रीय सचिवालय सदस्य बद्रि चापागाई, ढोगप्रसाद अधिकारी, केन्द्रीय सदस्यहरु उद्व गुरुङ र बालकृष्ण सिटौला थिए ।
व्यापक छलफलपछि बैठकव्दारा निम्नलिखित निर्णयहरु गरिएको छ :
१. चारमहिने संगठन विस्तार अभियान सञ्चालन गर्ने, २. प्रदेशभित्रका जिल्ला महासंघहरुको बैठक तथा भेलाहरु सम्पन्न गर्ने, ३. लकडाउनको बहानामा मजदुरहरुको रोजीरोटी कटौती, सेवासुविधा खोस्नेआदि मजदुर हकअधिकार विरोधी कार्यका विरुद्ध संघर्ष गर्ने, ४. मजदुरहरुलाई राजनीतिक वैचारिक ढंगबाट आफनो पेशा र अधिकारका लागि चेतनशील गराउन राजनीतिक वैचारिक प्रशिक्षण दिने ।
बैठको संचालन ३ नं. प्रदेश समितिका संयोजक अर्जुनलाल श्रेष्ठव्दारा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार