सामान्यत मानिसहरु आज क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको विचमा पार्टी एकताको आवश्क्ता छ भन्दछन् । यो भनाई सर्वथा गलत छ । सच्चा क्रान्तिकारी पार्टीहरुको विचको एकता हिजो पनि आवश्यक्ता थियो, आज पनि आवश्यक्ता छ र भोलीका दिनमा पनि आवश्यक्ता रहिरहने छ । साम्यवादी समाजमा नपुग्न सम्म सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको विचमा पार्टी एकता अनिवार्य सर्त रहन्छ । सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको विचमा एकता भएन भने प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारेर जनवादी वा समाजवादी सत्ता स्थापना गर्न सकिदैन । स्थापना भएको सत्तालाई जोगाइ राख्न पनि सकिन्न ।
त्यसकारण सच्चा क्रान्तिकारी कम्युनिष्टहरु विचको एकता क्रान्तिको पूर्व सर्त हो । गत कालमा सच्चा कम्युनिष्ट पार्टीहरुको विचमा एकता हुन नसक्दा क्रान्तिकारी आन्दोलनले ठूलो क्षेति व्यहोरनु परेको थियो । त्यसकारण क्रान्तिलाई केन्द«मा राखेर वि.स् २०७४ साल असोजमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (क्रान्किारी माओवादी) को राष्ट्रिय सम्मेलनले आगामी कामको रुप रेखाको सांगठनिक काममा भनेको छ “विभिन्न रुपमा छरिएर रहेका सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई धुर्वीकृत तथा एकतावद्ध तुलाउने ।” (राष्ट्रिय सम्मेलनका राजनितिक दस्तावेजहरु २०७४ असोज, पृष्ठ–४९)
केन्द«ीय समितिका हरेक बैठकहरुले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरामा जोर्ड दिदै आएको छ । हालै २०७८ साल साउन २८ गते देखी ३१ गते सम्म बसेको केन्द«ीय समितिको बैठकले आफ्नो राजनीतिक प्रस्तावमा भनेको छ “सिद्धान्तनिष्ठ कम्युनिष्ट एकता आजको एैतिहासिक आवश्यक्ता हो ।
तसर्थ हामीले यस प्रकारको माग र आवश्यक्तालाई गम्भीरता पूर्वक आत्मसात गर्दै क्रान्तिकारी कम्युनिष्ट शक्ति तथा व्यक्तिहरुलाई एकतावद्ध तुल्याउनको लागी फेरी पनि विषेश पहल तथा पर्यत्न गर्नु पर्दछ ।” यसरी आज पार्टीले क्रान्तिकारी कम्युनिष्टहरुलाई एकीकृत गर्न पहल गरिरहेको छ ।
आज देशमा आफुलाई कम्युनिष्ट पार्टी भन्ने धेरै पार्टीहरु छन् । के आफुलाई कम्युनिष्ट पार्टी भन्ने ती सबै पार्टीहरुको विचमा पार्टी एकता हुन सम्भव छ त ? त्यो सम्भव छैन किनभने ती पार्टीहरुले आफ्नो अन्तिम उद्धेश्य समाजवाद र साम्यवाद स्थापना गर्ने हो भनेपनि त्यसलाई प्राप्त गर्ने सिद्धान्त र राजनीतिक कार्यदिशाहरु फरक फरक छन् ।
पार्टी एकता हुनका लागी आधारभुत प्रश्नहरुमा समान धारणा हुन आवश्यक हुन्छ । ती आधारभुत प्रश्नहरु भनेको पहिलो दार्शनिक तथा वैचारीक आधार नै हो । दोस्रो राजनीतिक कार्यदिशा हो । तेस्रो कार्यक्रम हो । त्यस बाहेक संगठनको स्वरुप र संचालनका बरेमा पनि समान प्रकारको अवधारणा हुन आवश्यक हुन्छ । यी आधारभुत प्रश्नहरुमा समान अवधारणा भएका पार्टीहरुको विचमा पार्टी एकताको लागि प्रयास हुनु पर्दछ ।
आधरभुत प्रश्नहरुमा समान अवधारणा हुदाहुदै पनि पार्टी एकता त्यती वेला मात्र सम्भव हुन्छ जति वेला सम्बन्धित पक्षहरु पार्टी एकताका लागी प्रयत्नसिल हुन्छन् । एक पक्षबाट मात्र पर्यत्न गरेर पार्टी एकता सम्भव हुदैन । तर सच्चा क्रान्तिकारी कम्यनिष्टहरुले छरिएर रहेका सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई एकतावद्ध गर्न हदै सम्मको पर्यत्न गर्नुपर्दछ ।
पदप्राप्ति र प्रतिक्रियावादी सत्तामा जानकालागी गरिने एकता अवसरवादी एकता हुन्छ । त्यसप्रकारको एकताले क्र्रान्तिलाई भन्दा यथास्थितिवादलाई नै बलमदत पुग्ने छ । अहिलेको यो प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारेर जनवादी सत्ता प्राप्त गर्ने उद्धेश्यले निर्माण हुने एकता नै क्रान्तिकारी एकता हुने छ ।
प्रतिक्रियावादी राज्य सत्तालाई ध्वस्त पारेर जनवादी राज्य सत्ता स्थापना गर्ने शक्ति को को हुन भन्ने कुरा छुटाउने कसी भनेको उनीहरुको वैचारीक आधार, राजनीतिक कार्यदिशा, कार्यक्रम र व्यवहार हो । कतिपय शक्तिहरुको वैचारीक तथा राजनीतिक कार्यदिशा र व्यवहारको विचमा तारतम्य मिलेको हुदैन । एकातिर क्रान्तिकारी कार्यदिशाको बारेमा कुरा गरिरहेका हुन्छन् भने अर्कातिर अवसरवादी शक्तिहरुसंग पनि एकताको लागी प्रयास गरिरहेका हुन्छन् ।
गतकालमा पदिय हैसियतमा कुरा मिले पछि जसलाई आफैले अवसरवादी भनेका शक्तिहरुसंग नै एकता गरेका थुप्रै उधारणहरु पाइन्छ । त्यसकारण त्यस प्रकारका छद्म क्रान्तिकारीहरुको विचबाट सच्चा क्रान्तिकारी कम्युनिष्टहरु विचमा एकता कायम गर्नु गराउनु सबै सच्चा कम्युनिष्टहरुको कर्तव्य हुन्छ ।
यसप्रकारको सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको विचमा एकताको लागी आधार तयार पार्न सर्वप्रथम वैचारीक आधार, राजनीतिक कार्यदिशा र कार्यक्रमको बारेमा व्यापक छलफल र बहसको जरुरी छ । त्यस प्रकारको छलफल र बहस सिमित व्यक्तिहरुको विचमा मात्र नभएर आम रुपमा बहस चलाउन उपयुक्त हुन्छ । त्यसकारण यस प्रकारको बहस चलाउन हामीले आ–आफ्नो ठाउँबाट पहल गर्न जरुरी देखिन्छ ।
२०७८।०५।२०
