
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आह्वानमा एमसीसीे खारेजीको माग राखी अमेरिकी दुतावासको सामुन्ने आयोजित विरोध प्रदर्शनमाथि देउवा सरकारले गरेकाे प्रहरी दमन र गिरफ्तारीको नेकपा (क्रान्तिकारी माओवादी)ले घोर
निन्दा तथा भत्र्सना गरेकाे छ ।
अखिल क्रान्तिकारीकाे विराेध प्रदर्शनलाई हस्तक्षेप गरी क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचिव महेश श्रेष्ठ, भिमप्रसाद गिरी, लक्ष्मण विक, नवराज तिवारी लगायतलाई गरिएकाे गिरफ्तारीकाे घाेर निन्दा एवम् भत्र्सना गरेकाे हाे ।
क्रान्तिकारी माओवादीका प्रवक्ता प्रतीकले जारी गरेकाे वक्तव्यमा भनिएकाे छ, ” हाम्रो पार्टी एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौताको खारेजीका निमित्त आवाज उठाउने देशभक्त विद्यार्थीहरुमाथि गरिएको दमन र गिरफ्तारीको घोर निन्दा तथा भत्र्सना गर्दछ । साथै, विद्यार्थीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहागर्न सरकारसित जोडदार माग गर्दछ ।”





























