भाद्र २१ काठमान्डौ ।
राष्ट्रघाती एमसीसी परियोजना खारेज अभियानले तीब्रता लिंदै छ । हिजो मात्रै २२ राजनीतिक सङ्गठनको तर्फबाट देजमो अध्यक्ष सी.पी. गजुरेलव्दारा हस्ताक्षेरित संयुक्त आव्हान पत्रमा आम देशभक्त तथा स्वतन्त्रताप्रेमी नेपाली जनताहरुलाई एमसीसी विरुद्धका हरेक विरोध प्रदर्शनहरुमा भाग लिनका लागि अनुरोध गरिएको थियो ।
आजै नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीले अमेरिकी दुतावास अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रदशनस्थलबाटै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरीकृष्ण गजुरेल, केन्द्रीय महासचिव पेशल दाहाल, केन्द्रीय सचिव महेस श्रेष्ठ, साथै केन्द्रीय नेताहरु मिन प्रसाद गिरी, लक्ष्मण विक र नवराज तिवारीलाई गिरफतार गरेर महराजगञ्जस्थित प्रहरी हिरासतमा राखिएको छ ।
त्यसैगरी आजै रुपन्देही जिल्लामा कार्यरत एमसीसी परियजना खारेजको माग गर्दै ८ वटा विभिन्न राजनीतिक दलहरुव्दारा निम्नलिखित संयुक्त प्रेस वक्तव्य प्रकाशित गरेका छन् :






























