भाद्र २१ काठमान्डौ ।
राष्ट्रघाती एमसीसी परियोजना खारेज गर भन्ने नाराका साथ अखिल (क्रान्तिकारी)का विद्यार्थीले अमेरिकी दुतावास अगाडि विरोध प्रदर्शन सम्पन्न गरेका छन् । उक्त विरोध प्रदशनस्थलबाट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरीकृष्ण गजुरेल, केन्द्रीय महासचिव पेशल दाहाल, केन्द्रीय सचिव महेस श्रेष्ठ, साथै केन्द्रीय नेताहरु मिन प्रसाद गिरी, लक्ष्मण विक र नवराज तिवारीलाई गिरफतार गरी महराजगञ्जस्थित प्रहरी हिरासतमा राखिएको छ ।
केही दिनदेखि अमेरिकी दुतावासको सुरक्षाका लागि भन्दै सरकारले सयौ प्रहरी उक्त दुतावास अगाडि राख्दै आएको छ र आजको विरोध प्रदर्शनमा सयौको संख्यामा त्याहाँ प्रहरीहरु तैनाथ गरिएका थिए ।
हिंज मात्रै २२ राजनीतिक सङ्गठनको तर्फबाट देजमो अध्यक्ष सी.पी. गजुरेलव्दारा हस्ताक्षेरित संयुक्त आव्हान पत्रमा आम देशभक्त तथा स्वतन्त्रताप्रेमी नेपाली जनताहरुलाई एमसीसी विरुद्धका हरेक विरोध प्रदर्शनहरुमा भाग लिनका लागि अनुरोध गरिएको थियो । उक्त आव्हानमा के जोड दिइएको छ भने एमसीसी परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको लस्कर जो नेपाल आउँदैछ, उक्त भ्रमण नै नेपालको राष्ट्रिय हितविपरीत हुने भएकाले २२ राजनीतिक सङ्गठन यसको खारेजीको माग गर्दछौं भनिएको छ र साथै यदि त्यसो गरिएन भने त्यसका विरुद्ध विरोध प्रदर्शनहरुको आयोजना गरिने कुरा पनि उक्त आव्हानमा उल्लेख गरिएको थियो ।
त्यसैका शीलशीलामा आज अखिल (क्रान्तिकारी)का युवा विद्यार्थीहरुको नेतृत्वमा नेपालमा रहेको साम्राज्यवादी अखाडा अमेरिकी दुतावास अगाडि राष्ट्रघाती एमसीसी परियोजना खारेज गर भन्ने नारा घन्काएका छन् ।
































