२२ दलीय कार्यगत एकताव्दारा एमसीसी खारेजीका लागि आयोजना गरिने विरोध प्रदर्शनहरुमा सहभागिताका लागि सम्पूर्ण देशभक्तहरुलाई आह्वान

२२ दलीय कार्यगत एकताव्दारा एमसीसी खारेजीका लागि आयोजना गरिने विरोध प्रदर्शनहरुमा सहभागिताका लागि सम्पूर्ण देशभक्तहरुलाई आह्वान

२० भदौ काठमान्डौ ।
२२ राजनीतिक सङ्गठनको तर्फबाट सी.पी. गजुरेलव्दारा हस्ताक्षेरित संयुक्त आव्हान पत्र प्रकाशित गर्दै आम देशभक्त तथा स्वतन्त्रताप्रेमी नेपाली जनताहरुलाई एमसीसी विरुद्धका हरेक विरोध प्रदर्शनहरुमा भाग लिनका लागि अनुरोध गरिएको छ । २२ दलीय कार्यगत एकताको आव्हानमा के जोड दिइएको छ भने एमसीसी परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको लस्कर जो नेपाल आउँदैछ, उक्त भ्रमण नै नेपालको राष्ट्रिय हितविपरीत हुने भएकाले २२ राजनीतिक सङ्गठन यसको खारेजीको माग गर्दछौं भनिएको छ र साथै यदि त्यसो गरिएन भने त्यसका विरुद्ध विरोध प्रदर्शनहरुको आयोजना गरिन कुरा पनि उक्त आव्हानमा उल्लेख गरिएको छ । उक्त आव्हानपत्रको विस्तृत भनाई तल दिइएको छ –