२१ भदौ काठमान्डौ ।
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको तर्फबाट यसका अध्यक्ष हस्तबहादुर केसीव्दारा एमसीसी तत्काल खारेज गर्न र त्यस विरुद्धका हरेक आन्दोलनहरुमा सहभागिताका लागि आव्हान गर्दै निम्न वक्तव्य प्रकाशित गरिएको छ :

कोरिया र भियतनामका जनताद्वारा नराम्ररी पराजित भएर लजास्पद ढंगले भागेको र इराक , सिरिया जस्ता देशहरुमा ध्वंस मच्चाउन खोज्दा नराम्ररी फस्न पुगेको र हालै मात्र २० वर्षसम्म अर्बौ अमेरिकी डलर खरानी पारेर अफगानिस्तानबाट रित्तो हात लिएर फर्कनु परेको अमेरिकी साम्राज्यवाद “ अब आफ्ना दलालहरुको बोलावट तथा सहयोगमा संसारमै बदनाम कमाएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी ) माथि टेकेर नेपालको राष्ट्रिय स्वाधीनतामाथि भियना अभिसन्धी विपरीत जबर्जस्त नेपालका विरुद्ध धावा बोल्ने दुस्साहस गरेकोले त्यसका विरुद्ध नेपालका देशभक्त , जनवादी तथा क्रान्तिकारी पार्टीहरु र अन्य देशप्रेमी संघ – संगठनहरु एवं आम राष्ट्रप्रेमी तथा राष्ट्रिय स्वाधीनताका पहेरदारका रुपमा रहेका आम नेपाली जनताको घोर विरोध भैरहेको बेला नेपाल स्थित उसका दलालहरुलाई दबाब दिएर नेपाली जनता र नेपाल राष्ट्रको हितमा नरहेको संसारमै बदनाम भइसकेको उक्त एमसीसी परियोजनालाई संसदबाट पारित गराउनका उक्त परियोजनाका पदाधिकारीहरुलाई यसै हप्ता नेपाल पठाइदै छ” भन्ने समाचारहरु प्रकाश आइरहेको सूचनाहरु प्राप्त भएका विषयले विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यान आकृष्ट भएको छ ।
यसरी नेपाली जनता र नेपाल राष्ट्रको स्वाधीनतामाथि हाकाहाकी धावा बोल्ने दुस्साहस गरिरहेको अमेरिकी साम्राज्यवाद र उसका पृष्ठपोषकहरुबाट मोटो धनराशि लिएर नेपालका केही ठूला सञ्चारगृहहरु र स्थापित मिडिया हाउसहरु उक्त एमसीसीको पक्षपोषण गर्ने खालका विज्ञानहरु उत्पादन गर्ने र प्रचारप्रसार गरिरहेको समेत हाम्रो संगठनलाई सूचनाहरु प्राप्त भइरहेका र मुलुक जिम्मेवार पक्ष शक्तिहरुले त्यसरी नेपाली जनता र राष्ट्रको हितविपरीत हुने गरि एवं अमेरिकाको इन्डो– प्यासिफिक सैन्य रणनीति अन्तर्गत रहेको उक्त एमसीसीलाई प्रोत्साहन हुने सहयोग हुने खालका विज्ञापनहरु प्रचार तथा प्रसारण नगर्नु हुन भनी पटकपटक अनुरोध गर्दासम्म पनि ती सञ्चार माध्यमहरुले विज्ञापनहरु उत्पादन गर्न , प्रचारप्रसार गर्न नरोकिएको भन्ने सूचना प्राप्त भएकोले आर्थिक लाभको आशामा नेपालका राष्ट्रघाति – जनघाति राजनीतिक शक्तिहरुको उक्साउटमा लागेर विश्वका जुन जुन मुलुकहरुमा लागु गरिएको थियो , ती देशहरूमा असफल भइसकेको र कैयौं विश्वका देशहरूमा नेपालमा जस्तै जबर्जस्त लागु गराउन खोजेमा श्रीलंका समेतका देशहरुबाट बाँदर लखटाइमा परेको र संसारमै बदनाम भइसकेको एमसीसी जस्तो अमेरिकी साम्राज्यवादलाई आफ्ना दलालहरु मार्फत् नेपाल लगायत साना तथा गरीब राष्ट्रहरुमा घुस्ने भर्याङ बनाइएको निकायकाबारेमा आम नेपाली जनता र अन्य देशभक्त क्रान्तिकारी शक्तिहरुले अनुरोध गर्दागर्दै पनि नजरअन्दाज गर्दै त्यसको पक्षपोषण गर्ने खालका विज्ञानपनहरु उत्पादन नगर्न र प्रचारप्रसार समेत नगर्न जनताका बीचमा भ्रम फैलाउने निन्दनीय कार्य नगर्न हाम्रो संगठन अन्तर्राष्ट्रिय लेख तथा पत्रकार केन्द्र हार्दिक अनुरोध गर्दछ ।
र , नेपालका जिम्मेवार सञ्चार संस्थाहरु नेपाल स्थित अमेरिकी साम्राज्यवादका दलालहरुको स्वार्थपूर्ति हुने र नेपाल राष्ट्र र नेपाली जनताको राष्ट्रिय स्वाधीनतामाथि दखल हुने खालका कार्यहरु तुरुन्तै बन्द गर्न र सतर्क रहन हार्दिक अनुरोध गरिन्छ । धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : ५ सेप्टेम्बर २०२१ ( २० भदौ २०७८ )
हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर