मुठ्ठी कस

तिमी मुठ्ठी कस,
हेर !
उसले कसि सक्याे
हामी पनि कस्छाै अब
तपाईं पनि कस्नुस् ।
 
मुठ्ठीभित्र साहस र संकल्प भराैं
सुन्दर सपना र भविष्य काेराैं
विद्राेहका मुठ्ठी हुन् यी
विद्राेहका मुठ्ठी
त्याग र बलिदानकाे उर्जा भराैं

हाे अब केही गराैं
याे मुर्दा शान्तिकाे जिउँदाे लास
बन्ने कहिलेसम्म ?
भ्रष्ट, दलाल, माफियाकाे शासन
सहने कहिलेसम्म ?

खारेज गराै राष्ट्रघाती एमसीसी
गाडाैं झण्डा लिम्पियाधुरामा
पर्खाल लगाअाैं सिमानामा
अब अभिमान हाेइन
स्वाभिमानका लागि लडाैं
देशकाे माया हुनेहरु एक भइ उठाैं
विश्वका कुना काप्चा पुगाेस् अावाज
शक्तिशाली आवाज उरालाैं !

 

एक झिमिकमा

एक झिमिकमा
बदलिसकेछन्
दृश्यहरु,
पात्र र सम्बन्धहरु,
पर्दाहरु
खेल र खेलाडीहरु,
बदल्ने र खेलाउने
भएपछि अरु नै
बदलिने रहेछन्
त्यी
रातारात
रक्सी उहीँ
बाेतल फेरिएझै

पपेट र प्यारासाइट
केवल घाेडा
अन्तै हुन्छ लगाम
अन्तै हुन्छ रिमाेट कन्ट्राेल
फगत ती हुन् प्यादा

प्रतिक्रिया

सम्बन्धित खवर