दर्शनमा माओका लेखहरू माक्र्सवाद–लेनिनवादमा पार्टी कार्यकर्ता र जनसमूहहरूलाई प्रशिक्षित गर्न निर्देशित गरिएका छन् ताकि उनीहरूको सोंचाई र व्यवहारको तरिकामा परिवर्तन आवोस । माओले आफ्नो विदार्थी जीवनदेखि नै आफूलाई दर्शनको अध्ययनमा रुची राख्दै आएको पाइन्छ । भनिन्छ, जब उनले दर्शनका किताब हातमा लिन्थे उनले लगातार केन्द्रीकृत पढाईमा तिनीहरूलाई पुरै पचाई दिन्थे । चीनका कठमुल्लावादीहरू जो रसियामा अध्ययन पछि फर्किएका थिए र जसले तिनीहरूको आफ्नो ज्ञानलाई वास्तविकतामा मिलाउन सक्दैनन्थे,तिनीहरुको प्रभाव पार्टीमा काफी मात्रामा थियो । तर माओले माओ पार्टीभित्र दर्शन र पार्टीका हरेक कार्यमा गरिने अध्ययन र सिकाईलाई व्यहारसित जोडन निरन्तर इच्छुक रहे । उनले माक्र्सवादी दर्शन र खासगरी माक्र्सवादी द्धन्द्धवादी तरिका सबै पार्टी कार्यकर्ता र एक्टीभिष्टहरू र सामान्य जनताका निम्ति उपयोगी बनाउन चाहन्थे ।
माओको लागि प्रमुख महत्वको ज्ञानको सिद्धान्तमाथिको सिकाई थियो । र यो क्षेत्रमा एउटा महत्वपूर्ण काम व्यवहारवारेको उनको निवन्ध थियो, जसमा उनले ज्ञान र व्यवहारबीच, ज्ञान लिनु र गर्नुको सम्वन्ध बीचमाथिे विस्तृत उल्लेख गरेको पाइन्छ । यद्धपि प्रशिक्षणका निम्ति यो केबल दुई घण्टाको लेक्चर थियो, तर माओले भनेका छन्, यसलाई लेख्न हप्तौ लागेको थियो । केन्द्रीय सवाल, जसलाई माओले यो निवन्धमा वर्णन गरेका छन् कि ज्ञान आकासवाट खस्दैन्, यो मानिसको सामाजिक व्यवहारबाट र यसबाट मात्रै आउँछ । सही ज्ञान, अथवा सही विचारहरू, सामाजिक व्यवहारका तीन प्रकारका स्रोतहरूबाट आउछ– उत्पादनका लागि संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग ।
सिद्धान्त व्यवहारमा निर्भर गर्दछ । यो सोच्नै नसकिने हो, माओले भनेकि यसलाई व्यवहारद्धारा नाप्ने र चेक गर्ने गरिनु हुदैन्, यसको वदलामा, सिद्धान्तले व्यवहारलाई परिवर्तन गर्दछ, हाम्रो काम र सोंचाइका तरिकामा वदलाव ल्याउछ । यो मार्फत बढता ज्ञानको रूपान्तरण र प्राप्ति गर्न ल्याइएको हो । कुनै पनि मानिस जन्मै बुद्धिमान भएर जन्मदैन् , अथावा मूर्ख भएर जन्मिन्छ । ज्ञान भौतिक अनुभव पहिले आउन सक्दैन्;कुनै व्यक्ति कुनै चीज प्रयोगात्मक रूपले गर्नुभन्दा पहिले एउटा विज्ञ बन्न सक्दैन् ।
माओले ज्ञान प्राप्तिको प्रक्रियावारे बर्णन गरेका छन् । यो प्रक्रियाअनुसार ज्ञान इन्द्रीय ग्राह्य ज्ञानबाट सुरू हुन्छ, सेन्स परसेप्सन र प्रभावको चरण , जहाँ मानिसले पहिलो पटक केबल अलग अलग पक्षहरू, चीजहरूको बाहिरी सम्वन्धहरू मात्रै देख्छ । जब सामाजिक व्यवहारले निरन्तरता लिदै जान्छ, चीजहरू जसले मानिसको उसको व्यवहारको कोर्षमा घेरै पटकहरू दोहोरिन्छन, अनि बुझाइको प्रक्रियामा दिमागमा एउटा एक्कासि परिवर्तन(फड्को) मार्दछ, र अवधारणाहरू बन्दछन् । अवधारणाहरू लामो समयको प्रक्रियामा ,वेग्लै पक्षहरू र चीजहरूका आन्तरिक सम्वन्धहरू होइनन् । अवधारणाहरू र इन्द्रीय ज्ञानबीच एउटा मात्रात्मक मात्रै नभई एउटा गुणत्मक फरक पनि हुन्छ । अवधारणागत अथवा तार्किक अथवा तर्कसंगत ज्ञान प्रत्यक्ष ज्ञानको चरणभन्दा एउटा उच्च चरण हो ।
यसका दुईवटा महत्वपूर्ण पक्षहरू छन् । एउटा यो हो कि तर्क संगत ज्ञान प्रत्यक्ष ज्ञानमा निर्भर गर्दछ । यो सोच्नु मूर्खतापूर्ण हो कि तर्कसंगत ज्ञान कसैले पहिलो पटक प्रत्यक्ष ज्ञानको अनुभवगर्दै र प्राप्त गर्दैविना विकास गर्न सकिन्छ । दोस्रो महत्वपूर्ण पक्ष हो कि प्रत्यक्ष ज्ञान तर्कसंगत ज्ञानमा विकास भएर रहेको ज्ञान हो । यसको अर्थ यो हो कि प्रत्यक्ष ज्ञान तर्क संगत ज्ञानको चरणमा भरपर्दो र विकास भएको हुनु पर्दछ ।
तर्क संगत ज्ञानलाई प्राप्तगर्ने कुरा यद्धपि आफैमा अन्त्य होइन् । जसरी माक्र्सवादले सधैभरी उच्च स्थान दिएको छ कि सबै ज्ञानको अति आवश्यक सवाल यसलाई व्यवहारमा ल्याउनु हो । यसरी माओले भनेझै,“व्यवहारमार्फत सत्य पत्ता लगाउ, र फेरी व्यवहारमार्फत सत्यलाई प्रमाणित र विकास गर । प्रत्यक्ष ज्ञानबाट सुरू गर र यसलाई सक्रियता पूर्वक तर्क संगत ज्ञानमा विकास गर;अनि तर्क संगत ज्ञानबाट सुरू गर र सक्रियता पूर्वक दुवै आत्मगत र वस्तुगत विश्व परिवतनलाई क्रान्तिकारी व्यवहारलाई मार्गनिर्देश गर । व्यवहार, ज्ञान, फेरी व्यवहार, र फेरी ज्ञान । यो रूप आफै अन्त्यहिन चक्रमा दोहोरिरहन्छ, र प्रत्येक चक्रसित व्यवहार र ज्ञानको सुँची एउटा स्तरतर्फ उठ्दछ । जान्ने र गर्नेबीचको यहि नै एकताको द्धन्द्धात्मक–भौतिकवादी सिद्धान्त हो ।”
दर्शनमा माओको दोस्रो अति महत्वपूण पक्ष हो अन्तरविरोधहरूवारे । माक्र्सवादी दर्शनमा माओको अर्को महत्वपूर्ण योगदान द्धन्द्धवादमा थियो र खासगरी अन्तरविरोधहरूको बुझाई र प्रयोगसित सम्वन्धीत थियो । अन्तरविरोधहरूको बुझाई र उपयोग माओका सबैजसो विश्लेषण र लेखहरूमा विभिन्न रूपमा देखिने गर्दछ । उनको प्रमुख काम अन्तरविरोधहरूवारेमा हो, जुन माओद्धारा उनको निवन्ध “व्यवहारवारे”पछि अगस्त १९३७मा लेखिएको एउटा निवन्ध दर्शनवारे हो र त्यो समयमा पार्टीमा व्याप्त कठमूल्लावादी सोंचाइका गम्भीर खराबीहरूमाथि विजय पाउन उही विषयसित सम्वन्धीत थियो । सुरूमा यो निवन्ध येनानमा जापान विरोधी सैनिक र राजनीतिक कलेजमा दुई लेक्चरहरूको रूपमा प्रस्तुत गरिएको थियो ।
माओको काम लेनिनको कामको निरन्तरताको एउटा भाग थियो जसले खासगरी अन्तरविरोधहरूको गहिरो अध्ययन गरेको थियो । लेनिनले अन्तरविरोधलाई ‘द्धन्द्धवादको नुन’ भने र वर्णन गरेकि ‘एकको विभाजन र यसको अन्तरविरोधी भागहरूको ज्ञान द्धन्द्धवादको गुदी हो ।’ लेनिनले अझ बढता उनको दशनशास्त्रीय नोटबुकहरूमा, “छोटकरीमा, द्धन्द्धवादलाई विपरितहरूको एकताको मान्यताका रूपमा परिभाषित गर्न सकिन्छ । यसले द्धन्द्धवादको मर्म समावेश गर्दछ,तर यसको व्याख्याहरू र विकास आवश्यक पर्छ । ”
यी ‘व्याख्याहरू र विकास’ माओले विस वर्षपछि गरेका थिए । माओको अन्तरविरोधहरूको बुझाइमा एउटा छलांग थियो । उनले अन्तरविरोधहरूको प्रश्नलाई निकै विस्तृत रुपमा जाँचेका थिए र तिनीहरूलाई एउटा यस्तो तरिकाले स्पष्ट पारेका थिए ताकि तिनीहरूलाई कसैले पनि सजिलरी बुझन र सजिलो गरी उपायोग गर्न सकिने बनाउन सकियोस ।
प्रथम उनले जोड दिएका थिए कि विरोधीहरूको एकताको नियम, प्रकृति र समाजको आधारभूत नियम हो र त्यसैले विचारको आधारभूत नियम पनि हो । यसलाई मान्दै उनले अन्तरविरोधको सार्वभौमिकता र पुर्णताको सिद्धान्त वर्णन गरे । यो सिद्धान्त अनुसार, अन्तरविरोध प्रत्येक वस्तुको र प्रत्येक विचारको सबै प्रक्रियाहरूमा उपस्थित हुन्छ र सबै यी प्रक्रियाहरू सुरूदेखि अन्त्यसम्म रहन्छन् । अर्को उनले अन्तरविरोधको विशिष्टता र सापेक्षताको सिद्धान्त दिएका छन् । यो सिद्धान्त अनुसार, प्रत्येक अन्तरविरोध र प्रत्येक यसका पक्षहरूका उनीहरूका आदरयुक्त विशेषताहरू छन् ।
यो सन्दर्भमा माओले एउटा घेरै महत्वपूर्ण अवधारणा दिएका छन्, त्यो भनेको एउटा अन्तरविरोधमा विरोधीहरूबीच एकता र संघर्ष सम्वन्धमा हो । माओले स्पष्ट पारेका छन् कि विरोधीहरूको एकता अथवा पहिचान वाध्यात्मक हुन्छ; यो यसरी सधैभरी अस्थाई र सापेक्ष हुन्छ । अर्कोतीर विरोधीहरूको संघर्ष अन्त्यहीन हुन्छ; यो सार्वभौम र पूर्णतामा हुन्छ ।
अर्को महत्वपूर्ण सिद्धान्त, जसलाई माओले उनका विश्लेषणमा धेरै जसो दिने र उपयोग गर्ने गर्दछन्, त्यो, प्रमुख अन्तरविरोध र एउटा अन्तरविरोधको प्रमुख पक्षको बुझाई थियो । यो सिद्धान्त अनुसार, एउटा मिश्रित चीजको विकासको प्रक्रियामा घेरै अन्तरविरोधहरू हुन्छन्, र तिन्हिरूमध्ये एउटा स्वभाविक रूपले प्रमुख अन्तरविरोध हुन्छ, जसको अस्तित्व र विकासले अन्य अन्तरविरोधहरूको अस्तित्व र विकासलाई निर्धारण गर्दछ । यसप्रकार, यदि कुनै प्रक्रियामा त्यहाँ अन्तरविरोधहरूका अनेकौ संख्याहरू हुन्छन्, तिनीहरूमध्ये नेतृत्वदायी र निर्णायक भूमिका भएको एउटा प्रमुख अन्तविरोध हुनु पर्दछ, जवकि वाँकीले एउटा दोस्रो र सहयोगी पोजिसन कब्जा गर्दछन् । त्यसकारण, कुनै जटिल प्रक्रियाको अध्ययनमा, जसमा त्यहाँ दुई वा ज्यादा अन्तरविरोधहरू हुन्छन्, हामीले यसको प्रमुख अन्तरविरोध पत्ता लगाउन प्रत्येक प्रयासमा त्याग गर्नै पर्दछ । एक पटक यो प्रधान अन्तरविरोधलाई पक्डिइन्छ, सबै समस्याहरू सामान्यत समाधान गर्न सकिन्छन् ।
त्यसैगरी, कुनै पनि अन्तरविरोधमा अन्तरविरोधी पक्षहरू जोडिमा हुन्छन् । कहिलेकांही तिनीहरू सन्तुलनमा भएको भान हुन्छ, जुन यद्धपि केबल अस्थाई र सापेक्ष हुन्, जवकि जोडीपन आधारभूत हो । दुई अन्तरविरोधी पक्षहरूको, एउटा प्रधान हुनै पर्दछ र अर्को गौण । प्रधान पक्ष त्यो हो जसले अन्तरविरोधमा नेतृत्वकारी भूमिका खेलीरहेको हुन्छ । एउटा चीजको प्रकृति एउटा अन्तरविरोधको प्रधान पक्ष, त्यो पक्ष जसले बलियो पोजिसन प्राप्त गरेको छ, द्धारा निश्चित गरिन्छ ।
माओले उनको विश्लेषणमा प्रधान अन्तरविरोधवारेको बुझाईलाई सधैभरी केन्द्रीय महत्व दिए । यसरी चीनीयाँ समाजको उनको विश्लेषणमा उनले सधैभरी प्रधान अन्तरविरोध विश्लेषण गरे । यो पहिलेको माक्र्सवादी–लेनिनवादी विश्लेषणमाथि एउटा अग्र विकास थियो, जसले एउटा देश वा क्रान्तिमा प्रधान अन्तरविरोधको एउटा विश्लेषणभित्र खासगरी गएको थिएन् । माओले यद्धपि जोड गरे कि जबसम्म हामीले दुई पक्षहरू–एउटा प्रक्रियामा प्रधान र गौण पक्षहरू– र अन्तरविरोधको प्रमुख र सहायक पक्षहरू जाच्ने काम गर्दैनौ–हामी अव्यवहारिकतामा खतम हुनेछौ, अन्तरविरोधलाई सही तरिकाले बुझन असमर्थ हुनेछौ र संगसंगै यसलाई समाधान गर्ने सही तरिका पत्ता लगाउन असमर्थ हुने छौ । प्रमुख अन्तरविरोध र अन्तरविरोधको प्रधान पक्ष बुझाईको महत्व थियो किनभने तिनीहरूले अन्तरविरोधमा भएका शक्तिहरूका जोडापन प्रतिनिधित्व गर्दथे । यो संसारमा कुनै पनि चीज पूर्णरूपले विजोडमा विकास गर्दछ र त्यसकारण प्रधान र गौण अन्तरविरोधहरूका पोजिशनमा परिवर्तनलाई र एउटा अन्तरविरोधको प्रमुख र गौण पक्षहरू बुझनु आवश्यक थियो । यो केबल अन्तरविरोधहरूमा जोडापनका विभिन्न चरणहरू र यी अन्तरविरोधहरूमा परिवर्तनका प्रक्रिया बुझाइद्धारा सम्भव छ, जुन दुवै राजनीतिक र सैनिक कार्यहरूमा, एउटा क्रान्तिकारी पार्टीले यसको रणनीति र कार्यनीतिहरू निर्णय गर्न सक्छ ।
अन्त्यमा माओले एउटा अन्तरविरोधमा प्रतिरोध प्रश्न सम्वन्धी स्पष्ट पारे । माओका अनुसार प्रतिरोध एउटा रूप हो, तर केबल एउटा रूप मात्रै होइन्, विरोधीहरूको संघर्षको; प्रतिरोधको सुत्र त्यसकारण जहाँकही एकनासले लागु गर्न सकिदैन् । केही अन्तरविरोधहरू खुल्ला प्रतिरोधद्धारा विशेषिकरण गरिएका थिए, अन्य छैनन् । चीजहरूको ठोस विकास अनुसार,केही अन्तरविरोधहरू, जुन सुरूमा प्रतिद्धन्दी विहिन थिए, प्रतिद्धन्दी भएर आए, जब अरूहरू जो सुरूमा प्रतिद्धन्दी थिए प्रतिद्धन्दी विहिनमा विकास भए । संघर्षका रूपहरू अन्तरविरोधहरूका प्रकृतिमा आएका भिन्नताहरू अनुसार भिन्न हुन्छन् । प्रतिद्धन्दी विहिन अन्तरविरोधहरू शान्तिपूर्ण र मैत्रीपूर्ण तरिकाहरूले हल गर्न सकिन्छ । प्रतिद्धन्दी अन्तरविरोधहरूलाई गैह् शान्तिपूर्ण तरिकाहरू आवश्यक पर्दछ ।
माओ समाजवादी निर्माण र सास्कृतिक क्रान्तिको दौरानको अवधिमा प्रतिद्धन्दी र प्रतिद्धन्दी विहिन अन्तरविरोधहरूको प्रश्नमा फेरी फर्के । उनले जोड दिए कि क्रान्तिको विजयको बाबजुद यो सोच्नु गल्ती थियो कि चीनीयाँ समाजमा अन्तरविरोधहरूको अस्तित्व अब छैन । उनले देखाए कि अझै पनि त्यहाँ दुई भिन्ने अन्तरविरोधहरू थिए –शत्रुसितका अन्तरविरोधहरू र जनताबीचका अन्तरविरोधहरू । शत्रुसितका अन्तरविरोधहरू प्रतिद्धन्दीत हुन्छन् र तिनीसित दमनद्धारा व्यवहार गरिनु पर्दछ । अर्कोतीर जनताबीचका अन्तरविरोधहरू जुन प्रतिद्धन्दी विहिन छन् यस्तो तरिकाले तिनीहरूलाई व्यवहार गरिनु पर्दछ कि तिनीहरू प्रतिद्धन्दी हुने छैनन् । माओले सधैभरी अन्तरविरोधहरूको सही सञ्चालनका लागि आवश्यकतामा जोड दिए । उनले देखाएकि यदि अन्तरविरोधहरूलाई बुझिएन् र सही तरिकाले सञ्चालन गरिएन भने त्यहाँ पुँजीवादको पुनस्र्थापना हुने खतरा सधैभरी रहन्छ ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm

 

प्रतिक्रिया

सम्बन्धित खवर