
व्यापक रोजगार कटौती ,निस्कासन ,“नो वोर्क नो पे“ जस्ता अबधारणा लागू गर्दै वेतलवी बिदा जस्ता समस्याले मजदुरहरु आक्रान्त भइरहेका बेला श्रम बजारमा उद्धोगी/ पुँजिपतीबर्गले मजदुरहरु माथि झन झन उत्पीडन बढाउदै लगिरहेका छन भने सरकार खुल्ला बजारका नाममा मजदुरहरुका समस्या प्रती संवेदनहिन बनिरहेको मात्रै छैन बरु आफैले प्रतिबद्धता गरेको सामाजिक सुरक्षाकोषको नियमन र ब्यबस्थापन गर्न समेत कुनै चासो लिइरहेको छैन ।
उदारीकरणलाई कार्यन्वन गर्न अन्तर्राष्ट्रिय संघ संस्थाद्वारा अगाडि बढाइएका आर्थिक र राजनीतिक परियोजनाको हिस्सेदार केही ट्रेड युनियनहरु जो आफुलाई मुल प्रवाह दावी गर्दै आइरहेका छन तिनिहरुको भुमिका समेत मजदुर बिरोधी रहदै आइरहेको छ ।तिनीहरु समेत मजदुरहरुलाइ भ्रमित पार्न आन्दोलनको कुरा गरिरहेको सन्दर्भमा मजदुरहरूले बिगतमा उपभोग गर्दै आइरहेका अधिकार समेत कटौती गरेर ल्याइएको कथित औद्योगिक मैत्री श्रम ऐनले श्रम बजारमा मालिकबर्गको एकाधिकार र शोषणलाई अझै चर्को बनाउदै लगिरहेको यो बेला मजदुरहरुका समस्याहरुलाइ उठाउदै सडक आन्दोलनको तयारी गर्न संयुक्त ट्रेड युनियन संघर्ष समितीको बैठक बसेको छ ।आज काठमाडौमा बसेको सो बैठकले संयुक्त मजदुर आन्दोलनका अबधारणा , मजदुरहरुका समस्या र मुद्दाहरू तथा आन्दोलनको स्वरुप लगायतका बिषयमा तयारी गर्न कार्यदल समेत निर्माण गरेको छ ।
आगामी हप्ता भित्र अध्ययन गरि निर्धारण गरिने कार्यक्रम बारे पत्रकार सम्मेलन गरि जानकारी गराउने भन्ने रहेको छ ।
सो संयुक्त ट्रेड युनियन संघर्ष समितिमा हाल निम्नलिखित मजदुर संगठनहरु छन् :
१. अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, २. क्रान्तिकारी ट्रेड युनियन महासंघ ,नेपाल, ३. समाजवादी ट्रेड युनियन महासंघ, ४. प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ, ५. अखिल नेपाल ट्रेड युनियन, ६. अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), ७. अखिल नेपाल ट्रेड युनियन फेडेरेशन, ८. अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, र ९ बैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघ ।
































