काशीजानु कुतीको वाटो

काशीजानु कुतीको वाटो

यो उखान नगर्ने वा दृढइच्छा शक्ती नभएको देखाएर समाजमा भ्रम सृजना गर्नु आफ्नो जीवनवृत्ति चलाउन र कायरताको ढाकछोप गर्ने प्रवृत्तिलाई लछित गरेर बनाएको होला, कताको उत्तरदिशाको देश चीनको स्वसासित क्षेत्र तिव्वतमा रहेको ठाउँ कुती कता दक्षिणदिसामा रहेको भारत को काशी, उत्तर कुतीतिर लागेर कसरि काशी पुगिन्थ्यो ? यस्तै कामव्यवहार धन्दा नेपालमा आँफुलाइ कथित कम्युनिस्ट भन्ने नक्कली कम्युनिस्टहरुले गरिरहेकाछन् । संसोधनवादी विचार लिएर प्रतिक्रियावादमा पतनहुँदै जाने समाजवादका कुरा गर्ने । वि.स.२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले जन्म कालदेखि नै विभिन्न आरोह अवरोह संसोधनवादसंग सघर्ष गर्दै अगाडीबडेको देखिन्छ । एकसमयका महासचिव केशरजङ्ग रायमाझीले दरवारमा आत्मसमर्पण, मनमोहन अधिकारीको संसोधनवादी लाइन हुँदै हालआएर प्रचण्ड नेपाल र ओलीसम्म आइपुगेको छ,्र साथै क्रान्तिकारी धारको नेतृत्व सच्चा क्रान्तिकारीहरुले गरेको स्थिति पनि हाम्रोसामु छिपेको छैन । यो प्रकारको स्थिति नेपालको हकमा मात्र नभएर अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनले पनि सामना गरेर अगाडी वढेको देखिन्छ । माक्र्सले प्रुधो,वाकुनिन्,लाशाल,बर्नस्टिन, ल्बाङकी लेनिनले मेन्सेविकहरु,ल्पेखानोभ,मार्तोभ,ट्राटस्कि, जिनोवभ, कामनेम र माओले छन्त्युस्यु,लिलिसान, वाङ्मिङ्ग, लिउ साओचि, तङ्ग सियापिङ्ग,लिन पियाओ आदि विभिन्न रुपरंगका संसोधनवादीहरुसंग संघर्ष गरेर पाखालगाउदै अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनको विकाश भएको इतिहास हाम्रा सामु छर्लङ्ग छ । यसवाट नेपाल पनि अछुतो रहेन तत्कालिन नेकपा मालेले जनगणतन्त्रको उदेश्यराखेर वि, स २०२८ सालमा झापा विद्रोह गरर्यो जनताले साथ समर्थन सहयोग गरे । थुप्रै नेपालि आमाका छोराछोरीहरुले वलिदान गरे । जनताले परिवर्तनको अपेक्षा राखे कालान्तरमा प्रतिक्रियावादी राज्यले भिषणदमन गरयो । दमनलाई खप्न नसकेर विस्तारै शान्तिपूर्णरुपमा संसदीय वाटो समात्न पुगे । २०३६ सालहुँदै २०४६ सालसम्म आइपुग्दा मालेवाट एमालेहुँदै जनताको वहुदलीय जनवादको कार्यदिशा वनाएर वोतल नयाँ रक्सी पुरानै अशफल सिध्द कुहेर गन्हाएको संसदीय व्यवस्थामा प्रवेश गर्यो । संसदीय व्यवस्थाको पक्षपोषण गर्ने कार्यदिशाहो उनीहरुको । यो संसदीय व्यवस्था कतिघिन लाग्दोछ, जनताको भोटखाएर गएका जनप्रतिनिधीहरु पद र पैसाको लागि खसी वोकाझैँ विक्रीभएका छन, अपहरण गरेकाछन् भ्रस्टाचार गरेकाछन्, जताशक्ति देख्यो उतै दगुरेकाछन्, आफ्नो स्वार्थ मिल्दा चाटाचाट गर्छन् नमिल्दा काटाकाट गर्छन् यिनका कामव्यवहारले गर्दा जनताले सिङ्गो राजनीतिक तिरस्कार गर्ने ठाउमा पुगेकोछ । चुनावमा पैसा बाँड्ने मतपत्र च्यात्ने वाक्सा साट्ने फर्जीमत खसाल्ने वुथकब्जा गर्ने हारेपनि जितेको घोषणा गर्ने ्र लाज नमानीकन स्वार्थपूर्तिको लागी दुश्मनसँग पनि गलाजोड्न जाने आफ्नो हनुमानलाइ माला पहिराउन लगाउने केको हर्कले हो लड्डुखाने स्वार्थ नमिल्दा आपसमा पोल खोलाखोल गर्ने भैसिपुजा देखि रामपुजा गर्दै हिड्ने छि कति दुर्गन्धीत । यस कारण एमालेहरु रास्ट्रियघाती सन्धि संझोता गर्नवाँकी राखेनन् । राष्ट्रिय उधोगधन्दा निजीकरण गर्न वाँकी राखेनन् । देशमा एनजीओ, आइएनजिओ जस्ता राष्ट्रिघाटी संस्थालाई देशभित्र प्रवेश गराएर यसैमार्फत भत्ता कमिसन खाएर ऐसआरामि जिन्दगि वान्चने वाटो यिनले रोजे । विदेशी प्रभुको अगाडी लम्पसार परेर सत्ताप्राप्त गर्ने र प्रभुको चाकरी गर्ने प्राकृतिक सम्ंपदा बिक्रि गर्ने । देशी तथा वैदेशिक दलाल कमिसनवाट चुनाव खर्चको जोहो गर्ने । विलाशी जीवन विताउने । नातावाद र कृपावाद आफ्नो मुख्य उदेश्य र कर्तव्य वनाउने । देश र जनताको उन्नतिको विषयमा एक प्रतिशतपनि ध्यान नदिने लगायत थुप्रै विकृतिहरुलिएर एमाले हिडिरहेको छ ।
यसै विचमा वास्तविक क्रान्तिकारी विचार लाइन् माक्र्सवाद लेनिनवाद माओवाद मार्गनिर्देश सिध्दान्तको आलोकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले जनगणतन्त्र प्राप्तगर्ने उदेश्य राखेर वि.स.२०५२ साल फागुण १ गते महान् ऐतिहासिक जनयुध्द सुरु गर्यो । यस प्रकारको युध्दबाट जनताले ठुलो आश भरोसा राखेका थिए । झन्डै ८० प्रतिसत भूर्‍भाग माओवादीको नियन्त्रणमा आएको थियो । नेपाली जनताले परिवर्तनको महसुस गरेको थिए । झन्डै दश बाह्रहजार नेपालि आमाका क्रान्तिकारी छोराछोरीको वलिदान भएको छ । कैयौलाइ वेपत्ता वनाइयो । ठुलो संख्यामा घाइते अपाङ्गभए कालान्तरमा गएर यसपार्टीको मूलनेतृत्वले वि.स. २०५७ सालवाटै विस्तारै रंगवदल्दै प्रतिकृयावादीको अगाडी आत्मसम्र्पण गरेर एमालेकै वाटो पच्छयाउन पुग्यो । वर्तमानमा प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र कहिले ओलीको दौराको फेर समातेर केहि थान मन्त्रि र संसदीय सत्ताको रसस्वादन गरेको छ । केहि पहुँच भएका कार्यकर्ताले तिनै मन्त्रीको दौराको फेर समातेर झर्ला र खाउला भनेर कुरिरहेका छन् । प्रचण्ड ओलिहरु शान्तिपूर्ण रुपवाट हामि समाजवाद प्राप्तगर्न सक्दछौं ्र जनगणतन्त्रका धेरैजसो आधारभूत विषयहरु पुराभए अवसमाजवादको यात्रामा अगाडी बढ्नुपर्छ भनेर जनतामा भ्रमसृजना गरिएका छन् । नवउदारवादी तथा दलाल अर्थतन्त्र लागुगर्ने अनि समाजवाद आउँछ भनेर वकालत गर्ने । देशमा एनजीओ, आइएन जिओको संरक्षण गरेर देशको रास्ट्रिय उद्धोगधन्दा र प्राकृतिक सम्पदा सुम्पने निजीकरणको नाममा शिक्षा स्वास्थ्य जस्ता आधारभूत वस्तुहरु दलालहरुको हातमा सुम्पने । सवै उमेर पुगेका युवायुवतिलाई विदेश पलायन हुन वाध्य पार्ने । सम्पूर्ण जग्गाजमिन भुमाफिया र दलालहरुलाई सुम्पने र आम नेपाली जनतालाई भूमिहीन बनाएर आउछ समाजवाद ? दशबर्षे जनयुध्द कालमा टुप्पिदेखिको वललगाएर दमनगर्ने शेरवहादुर, जो माओवादी नेताको टाउकाको मुल्यतोक्ने, जसलाई एमालेले आँखाचिम्लेर समर्थनगर्नेहरु हाल आएर के त्यस्तो वदलाव आयो र प्रचण्डले कहिले देउवा संग त कहिले ओलीसंग घाँटी जोडेका छन् ? हुनत जति टाउकाको मुल्य तोकेपनि प्रचण्ड कहिले ओली त कहिले देउवाको दौराको फेरो समातेर आफ्ना आफन्त परिवारलाई पदमा पुर्याउने जनतालाई शमाजवाद अव आउनै आटेको छ भनेर भ्रमसृजना गर्ने यीनको दिनचर्या भएको छ ।
त्यसैले यस प्रकारको भ्रममा कोहि नपारौ ्र भूमिलाई रास्ट्रियकरण नगरी शिक्षा स्वास्थ्य रोजगार जनताको पहँचमा नल्याई आत्मनिर्भर अर्थतन्त्रको विकाश नगरी सम्पूर्ण राष्ट्रियपँुजिपतिहरुको संरक्षण नगरी समाजमा रहेका सवै प्रकारका विभेदको अन्त्यनगरी किसान मजदुर मैत्री संविधान निर्माण नगरी कहाँको समाजवाद आउने रहेछ र ? यसैलाई भन्छन् काशिजानु कुतीको वाटो । समाजवादी राज्य व्यवस्था प्राप्त गर्नको लागि पहिलात जनगणतन्त्र प्राप्तगर्न परर्यो । यो भनेको पुँजीवादी गणतन्त्रनै हो । त्यो प्राप्त गर्नको लागि वास्तविक कम्युनिस्ट पार्टीको खाँचो पर्दछ । त्यसपछि उक्त्त पार्टीले सहि क्रान्तिकारी विचार कार्यदिशा निर्माण गर्दछ साथै उक्त्तपार्टीले सहि क्रान्तिकारी विचार र कर्यदिसा निर्माण गर्दछ । उक्त्त पार्टीमा देशमा रहेका तमाम मुक्त्तिकामि जनताहरु लामवध्द भएर सघर्षको आँधीवेहरी सृस्टि गर्नुपर्दछ । कस्तै दमनका अगाडि पनि घुडाटेक्नु हुँदैन, तवमात्र जनताले चाहेको वा सम्पूर्ण जनता मुक्त्त हुन पाउने समाजवाद प्राप्तगर्न सकिन्छ । यसरि क्रान्तिको नेतृत्व गर्ने पार्टीले अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनको पनि विकासमा साथ र समर्थन गनुपर्छ । नेपालमा यो महान कार्य वर्तमानमा मोहनवैद्य (किरण) ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी ) पार्टीले सम्पन्न गर्ने दिशामा अगाडी वडीरहेको छ । प्रचण्ड–बाबुरामको मूल नेतृत्वले ससोधवादी वाटो समातेपछि वि.स. २०६९ सालमा विद्रोह गरि नेकपा – माओवादी हुदै हाल नेकपा ( क्रन्तिकारी माओवादी) मा विकाश भइ क्रान्तिको तैयारीका साथ अगाडी वडीरहेको छ । यसकारण सम्पूर्ण मुक्त्तिकामि जनता यसपार्टीमा कुनै न कुनै रुपमा लामवद्धभएर आफ्नो भविस्य आँफैनिर्माण गर्नेदिशामा नेपाली जनता चुक्नुहुदैन । होइनभने गन्हाएको संसदीय व्यवस्थाको जाँतोमा सधैभरी पिल्सिरहनु पर्दछ । यो गहन जिम्वेवारी एक्काइसौ शताव्दीका नेपाली जनताको काँधमा आएको छ ।
२०७८/५/५
भरतपुर –१४