
काठमाडौं । विभिन्न मागसहित धर्नामा बसेका शिक्षक शिक्षिकाहरु प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ परेका छन् । धर्नाका लागि गएका ७० जनाभन्दा बढि शिक्षक शिक्षिका पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

धर्ना सुरु हुनु अगाबै कार्यक्रमस्थलबाट गिरफ्तार गरिएको महासचिव लक्ष्मी किशोर सुवेदीले जानकारी दिए । उनीहरुलाई मालिगाँउस्थित प्रहरी वृत्तमा राखिएको छ। सुवेदीले ७० भन्दा बढिको संख्यामा शिक्षक शिक्षिका पक्राउ परेको र प्रहरीले अझै धेरैलाई पक्राउ गरीरहेको जानकारी दिए।
महासंघले शिक्षामा २० प्रतिशत लगानी, कोरोना खोपको व्यवस्था, निजामति कर्मचारीसरह पर्यटन विदाको सुविधा लगायतको माग राखेर आन्दोलन गर्दै आएको छ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले निषेधित श्रेत्रमा कार्यक्रम गरेकाले उनीहरुलाई पक्राउ गरिएको दावी गरेका छन् ।