नेकपा (क्रान्तिकारी माओवादी) कैलालीव्दारा नेपाल–भारत सिमा भन्सार कार्यालय अगाडि भारतीय दादागीरी र एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) कैलालीव्दारा नेपाल–भारत सिमा भन्सार कार्यालय अगाडि भारतीय दादागीरी र एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन सम्पन्न


श्रावण २४ धजगढी ।
नेकपा (क्रान्तिकारी माओवादी) कैलालीव्दारा भारतीय दादागीरी र एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन सम्पन्न गरिएको छ । नेपाल–भारत सिमा भन्सार कार्यालय अगाडि आयोजित उक्त विरोध प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य रामबहादुर केसीले भारतीय सिमा सुरक्षबलको अमानवीय कार्यको विरोध गर्दै तत्काल त्यसको छानवीन गरी दोषीलाई कडाभन्दाकडा सजाय र मृतकलाई क्षतीपूर्तिको व्यवस्थ ागर्न नेपाल सरकारसँग जोडदार माग गर्नु भयो ।


त्यसैगरी अमेरिकी साम्राज्यवादको दवावमा शेरबहादुरको सरकारले राष्ट्रघाती एमसीसी सम्झौता वर्तमान संसदवाट पास गर्न खोजीरहेको छ र सबै देशभक्त तथा राष्ट्रवादी शक्तिहरु सडकमा उत्रिएर उक्त राष्ट्रघाती एमसीसी संसदबाट पास गर्न नदिन एकजुट हुन आव्हान गर्नु भयो ।
टंक कोइरालाव्दारा सञ्चालन गरिएको उक्त कायृक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य रामबहादुर केसी हुनुहुनथ्यो भने विशिष्ट अतिथिमा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सके्रटरी रुद्र कँडेल हुनुहुनथ्यो ।