२१ श्रावण कैलाली ।
नेकपा (क्रान्तिकारी माओवादी)ले एमसिसी सम्झौता खारेज गरिनुपर्ने माग गर्दै कैलालीको अत्तरियामा बिरोध प्रदर्शन सहीत कोणसभा सम्पन्न गरेको छ । यसको साथै भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीको तुइन काटदाँ भएको घटनाको बिरोधमा पनि प्रर्दशन गरिएको हो ।


कार्यक्रममा बोल्ने बक्ताहरुले एमसिसी सम्झौता खारेज, भारतीय सिमा सुरक्षा बल (एसएसबी)को अमानवीय ज्यादी र राष्ट्रियता जनतन्त्र र जनजिविका विविध पक्षहरुमा नागरिक आन्दोलन आवश्यक भएको बताएका छन् ।
दार्चुलामा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर नेपाली नागरिक जयसिंह धामीको हत्या गरेको र अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अमेरिकी सैन्य कार्यक्रम रहेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)ले उक्त बिरोध कार्यक्रम गरेको हो ।
प्रर्दशनकारीले एमसीसी सम्झौता खारेज गर , राष्ट्रिय स्वाधीनताको रक्षा गरौ , भारतीय हस्तक्षेप बन्द गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद, जयसिंह धामीको हत्यारालाई कारवाही गर जस्ता नारालगाउदै अत्तरिया बजार क्षेत्र परिक्रमा गरेर कोणसभा सम्पन्न गरेको नेकपा (क्रान्तिकारी माओवादी)ल कैलाली जिल्ला सेक्रेटरी रूद्र कँडेलले जानकारी दिनुभयो ।
नेपाली झण्डा बोकेर आएका महिलाहरुले भारतीय ज्यादती विरुद्ध नारा बाजी गरेका थिए । बिरोध प्रदर्शन कार्यक्रममा स्थानीय महिला समाजसेवी र क्रान्तिकारी माओवादी नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर