नेपालको वर्तमान चरणमा क्रान्ति जनवाद हो र, समाजवादी होइन, पार्टीको वर्तमान अभिभारा आम जनतालाई आफ्नो पक्षमा तान्नु हो, त्यसो भनेर फेरि तुरुन्तै बिद्रोह गर्नु होइन । तथापि क्रान्तिको छिटो विकास हुनेछ र हामीले सशस्त्र जनबिद्रोहका लागि आफ्नो प्रचार र तैयारिमा सकारात्मक रुख अपनाउनु पर्छ । वर्तमान अस्तव्यस्त परिस्थितिमा हामीले सकारात्मक नारा र कार्यक्रमका साथ सकारात्मक रुख अपनाएर मात्र जनताको नेतृत्व गर्न सक्छौँ । यस्तो रुख अपनाएर मात्र पार्टीले आफ्नो जुझारु क्षमता फेरि प्राप्त गर्न सक्छ ।
आजको नेपाली समाज अर्ध–औपनिवेशिक र अर्ध–सामन्ति समाज नै कायम छ भन्ने कुरो प्रष्ट छ । नेपाली समाजको स्वरुपलाई राम्रोसँग बुझेपछि मात्रै हामीले नेपाली क्रान्तिको प्रहारका निशाना, अभिभारा र प्रेरक शक्तिहरु तथा यसको स्वरुप, यसका भावी सम्भावनाहरु र यसको संक्रमणलाई प्रष्टसँग बुझ्न सक्ने छौँ । त्यसकारण नेपाली समाजको प्रकृति अर्थात यसका परिस्थितिहरुको प्रष्ट जानकारी हासिल गर्नु क्रान्तिका सबै समस्याहरुको प्रष्ट हासिल गर्ने गाँठी कुरा हो ।
वर्तमान नेपाली समाजको स्वरुप अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ति हो भने नेपाली क्रान्तिको यस चरणको प्रहारका मुख्य निशानाहरु कुन–कुन हुन त ?
मुख्य निशानाहरु भन्नाले साम्राज्यवाद, विस्तारवाद, दलाल नोकरशाही पुँजिपति, सामन्तिवर्ग वर्तमान संसदीय व्यवस्था हुन् । राज्यसत्तामा दल र व्यक्ति विशेष परिवर्तन हुँदैमा वा गर्दैमा केही हुनेवाला छैन भन्ने कुरा त अहिले नै देखापरी सकेको छ नवगठित प्रधानमन्त्रीको रजगज । वास्तवमा भन्नपर्दा देश र जनताको आवश्यक्ता र चाहनाको बाधकको मूल जड् त संसदीय व्यवस्था हो । देशको सार्वभौम–सत्ता पराधिन बनाई सिङ्गो देशलाई नै रणभूमी बनाउन तत्कालिन मन्त्रीबाट अमेरिकी मिलेनियम च्यालेन्ज करपोरेशन (एमसीसी) बारे प्रतिनीधिसभा (संसद) मा बिना छलफल र प्रतिनीधिसभाबाट बिना इजाजत गोप्य रुपमा सम्झौता गरी, नेपालका देश र जनविरोधीहरु एकजुट भई कार्यान्वयन गर्न मरिहत्य गरी लागि परिरहेको कुरा सुन्नमा आएको छ । मातृभूमि नेपालका तमाम् देशभक्त स्वाभिमानी नेपाली जनसमुदाय, ती गद्दारहरुले सोचे जस्तो निरिह र निकम्वा छैनन् र होइनन् । यस्ता कुतत्वहरु विरुद्ध मातृभूमि नेपालको राष्ट्रिय स्वाधिनताको सुरक्षार्थ देशका तमाम् स्वाभिमानी नेपाली जनसमुदाय एकजुत भई आवश्यकता अनुरुप रणचण्डिकाको रुप धारण गरी संघर्षको मैदानमा जुझारु ढङ्गले उत्रनुत: जिउँदो जाग्दो नेपालीको पहिचान रही आएको छ ।
ती दुष्ट संसदीय व्यवस्थाका संरक्षक र पहरेदारहरुलाई मात्र पराजित गरी लखेटेर पठाउँदैमा, देश र जनताको निम्ति खास कुनै त्यस्तो परिवर्तन भएको आभाससम्म दिलाउन सकिन्न । त्यसको निम्ति संसदीय व्यवस्थालाई नै समुल नष्ट–ध्वष्त पारी त्यसको जरालाई नै उखेली फालेर, देशमा गरिखाने शोषित पिडित आमजनसमुदाय (सर्वहारा वर्ग) को अधिनायकत्व कायम गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापित गर्नु नितान्त जरुरी छ । यी, देश र जनताका शत्रुहरु नेपाली समाजको वर्तमान चरणका मुख्य उत्पीडकहरु, नेपाली प्रगति पथका तगाराहरु हुन् । नेपालको सार्वभौममाथि थिचोमिचो गर्न यीनिहरु आपस्तमा मिलेमतो गर्छन् । साम्राज्यवाद, विस्तारवादीहरुद्वारा गरिने राष्ट्रिय उत्पीडन अत्यन्तै कष्टदायी हुने हुनाले यिनीहरु नेपाली जनताको एक नम्बरको अत्यन्तै खतरनाक शत्रु हुन् ।
विगत देखि साम्राज्यवाद विस्तारवादसँग मिलेमतो गर्ने विशेषत: नेपाली काँग्रेस, र अन्य दलहरु, खुलेआम आत्मासमर्पण गरिसकेका एमाले र माके हाल आएर देश र जनता माथि उत्पीडनको तयारीमा लागेका यस्तै अरु नेपाली अनुहारका देशद्रोही देशी विदेशी प्रतिक्रियावादीहरु क्रान्तिका प्रधान शत्रु हुन्, यिनीहरुलाई निर्मूल पारि पठाउन क्रान्तिकारी जनता र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु सामु राष्ट्रिय स्वार्थहरुप्रति गद्दारी गर्ने यस्ता कुतत्वहरुलाई क्रान्तिको प्रहारको एउटा निशाना बनाउन क्रान्तिकारीहरुलाई करै लागेको छ । तर, बहुसंख्यक जनता राजनैतिक चेतनाको अभावमा देशव्यापि असंगठित रुपले छरिएर रहेका छन्, यिनीहरुमा राजनैतिक चेतना जगाई सुसंगठित पाुर्न नितान्न जरुरी छ ।
माक्र्सवादले युगौं देखिको धर्म–कर्म (आध्यात्मवाद) रिति–रिवाज, राजनैति दाउपेच जटिल कानुनहरु, धूर्त विद्याहरु जस्तो वाधा बन्दनहरुको पर्दा पछाडि लुकेर रहेको वर्ग संघर्ष, विभिन्न सम्पन्न वर्गहरु र गरिव जन–समूह बीचको संघर्ष, त्यस सर्वहारासँग जस्ले समस्त गरिव (उत्पीडित) जनसमूदायको नेतृत्व गर्दै आएको छ परिचित हुन मद्दत गर्‍यो । यस गहन विषयलाई गम्भिर रुपले चिन्तन् मनन् गरी संघर्षमा उत्रनु र उतार्नु सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको दायित्व हो ।
आजको यो आधुनिक समाजमा अन्धकार, अज्ञान तथा अन्धविश्वासहरुको पञ्जामा जकडिएर बसेका वर्तमान समाजका विशेष गरेर किसानहरु तथा स–साना दफतरहरुका कामदार र अन्य कालिगडहरु करोडौं मानिसहरु विशुद्ध माक्र्सवादी शिक्षाको सीधा बाटोबाट त्यस अन्धकारबाट निस्कन सक्छन् भन्ने सोच्नु माक्र्सवादीको लागि सबभन्दा ठूलो गल्ती ठहरिन जानेछ । जसको निमित्त यस्ता गलत सोच र प्रवृत्ति बिरुद्ध भन्दाफोर प्रचार सम्बन्धी बिभिन्न प्रकारका सामग्रीहरु यस जनसमूदाय समक्ष पुर्‍याउनु पर्छ, । उनीहरुलाई जीवनका विभिन्न क्षेत्रहरुसँग सम्बन्धित तथ्यहरुबाट परिचित गराउनु पर्छ, विभिन्न तरिकाले उनीहरुको नजीक पुग्नु पर्छ, जस्ले गर्दा उनीहरुको अभिरुचि जगाउन सकियोस, उनीहरुलाई अन्धविस्वासको निन्द्राबाट बिउँझाउन सकियोस, उनीहरुलाई बिभिन्न दृष्टिकोणले, बिभिन्न तरिकाले झट्कार्न सकियोस् । यस मानेमा क्रान्तिकारीहरु अत्यन्तै गम्भिर हुनु जरुरी छ ।
नेपाली क्रान्तिका शत्रुहरु कमजोर छन् भनेर नजरअन्दाज गर्न मिल्दैन । तिनीहरु देख्नमा ज्यादै बलिया र भयङ्कर स्वरुप देखिन्छ, शत्रुका पङ्तिभित्र साम्राज्यवादी, बिस्तारवादी तथा तिनिहरुकै आड भरोसामा तङ्ग्रिन्दै आएका दलाल पूँजीपति र सामन्ति मात्र पर्दैनन् तर खास–खास समय्मा जनताको विरोध गर्न साम्राज्यवादी, विस्तारवादी र दलाल पूँजीपति तथा सामन्ति शक्तिहरुसँग साँठगाँठ गर्ने पूँजीवादी प्रतिक्रियावादीहरु पनि यसैभित्र पर्दछन् । यस्तालाई इङ्गित गर्दै सर्वहारा वर्गिय नेता माओले भन्ने गर्नु हुन्थ्यो यीनिहरु खासमा कागजि बाघ हुन् । तर पनि, क्रान्तिकारी नेपाली जनताका शत्रुहरुलाई होच्याएर आँक्नु गलत कुरा हो । यसो भनेर फेरि ती शत्रुको पङ्ति प्रतिक्रियावादी (प्रतिक्रान्तिकारी) हरुले त्यो सुरक्षाको नाउँमा लट्काइ राखेको क्रान्तिको फन्दालाई सहज र सरल रुप मानी बस्नु पनि ठिक होइन ।
क्रान्तिकारीहरुको दायित्व भनेको निसंन्देह, यी शत्रुहरुमाथि प्रहार गर्नु नै हो र प्रहार गर्नुको अर्थ साम्राज्यवाद, विस्तारवाद तथा दलाल पूँजीवाद एवम् सामन्ति वर्गको उत्पीडनको तख्ता संसदीय व्यवस्था ध्वस्त पार्न जनवादी क्रान्ति गर्नु हो ।
साम्राज्यवाद, विस्तारवाद, नेपाली अनुहारका गद्दारहरु, आत्मासमर्पणवादी तत्वहरु र ट्राटस्कीपन्थीहरुले, नेपालमा हामीले गर्न लागिरहेको जनवादी क्रान्तिको तयारी अभियानलाई नष्ट भ्रष्ट पार्न यीनिहरु आफुले भ्याएसम्मको हरतरहका हठकण्डा मचाउँदै आइरहेका छन् र मचाई रहने छन् ।
मातृभूमिको रक्षा, देश र जनताको आवश्यक्ता र चाहनालाई मूर्त रुप दिन हामीले गर्न लागिरहेको जनवादी क्रान्ति (सशस्त्र जनविद्रोह) लाई बिफल पार्नु र नेपाललाई पराधिन बनाउने उनीहरुको आक्रमणकारी योजनालाई ध्वष्ट पारी, जनवादको लागि आफ्नो संघर्षमा, हामीले साम्राज्यवाद, विस्तारवादका कट्टरपन्थीहरु र जनताका पिछदिएका अंगहरु तर्फ परिलक्षित प्रचार आन्दोलन तथा आलोचना गर्ने काममा मात्र लाग्ने होइन, तर साम्राज्यवाद, विस्तारवाद र नेपालमाथि जवरजस्त हस्तक्षेप गर्ने काममा तिनका पाल्तु कुकूर बनेर मद्दत गर्ने ती कुकर्मि तत्वहरुको अस्तित्व नामेट गरी पठाउनु नितान्त जरुरी छ । हामीले मातृभूमिको रक्षाका लागि यसो गर्नु अत्यावश्यक छ भन्ने कुरालाई स्पष्टसित बुझ्न सकेनौं र त्यसको लागि हामीले हाम्रो संघर्षलाई आवश्यक अनुरुप जुझारु ढङ्गले अगाडि बढाउनुको उल्टो शिथिल पार्‍र्यौं भने मातृभूमिको रक्षा होइन, बरु तिनका ती देशद्रोहि पाल्तु कुकूरहरुलाई हौसला बढाउने काम हुनजाने कुरा निश्चित छ । तसर्थ समय्छँदै सचेतभई बुद्धिमानिपूर्ण ढङ्गले क्रान्तिकारी जोश र जाँगरका साथ अविलम्ब, त्यस्ताको बिरुद्ध जुझारु क्रान्तिकारी कदम चाली त्यस्ता कुतत्वहरुलाई निर्मूल पारी पठाउनु, क्रान्तिकारीहरुको नैतिक दायित्व हो ।
यतिखेर सिंगो देशका क्रान्तिकारी जनताको आँखा हामीमाथि परेको छ । नेपालमा अधुरो रहिरहेको नयाँ जनवादी क्रान्तिलाई टुङ्गोमा पुर्‍याउने अभिभारा जो हामीले हाम्रो काँधमा लिएका छौँ । र यो कार्यभार पूरा गर्नु हाम्रो नैतिक दायित्व हो । उक्त, कार्यभार पूरा गर्नकै निम्ति हामीले देशको वर्तमान वस्तुस्थितिमाथि मध्यनजर राख्दै नेपाली बिशिष्टतामा आधारित सशस्त्र जनविद्रोह कार्यदिशा निर्माण गरी, क्रान्तिकारी युद्धको तयारि अभियानमा जुझारु ढङ्गले जुत्दै गरेको वर्तमान स्थिति हो यो ।
यसै सन्दर्भमा इतिहासले हामीलाई के बताउँछ भने सही राजनैतिक नीति तथा क्रान्तिकारी कार्यदिशाहरुको उत्पति र विकास सोस्फूर्त तथा शान्तिपूर्ण ढङ्गबाट हुँदैन, बरु संघर्षको क्रममा मात्र हुन्छ । यी कार्यदिशाहरुले एकातिर ‘बामपंथी’ अवसरवादको बिरुद्ध र अर्कोतिर दक्षिणपन्थी अवसरवाद तथा दलाल र अन्य ती पाल्तु कुकूरहरुको बिरुद्ध संघर्ष त गर्नैपर्छ । क्रान्ति र क्रान्तिकारी युद्धलाई क्षति पुर्‍याउने यस्ता हानिकारक प्रवृत्ति र कुतत्वहरुको बिरुद्ध संघर्ष नगरिकन र त्यस्तालाई पुरै खतम् नपारिकन क्रान्तिकारी युद्धमा बिजय प्राप्त गर्नु असंभव हुनेछ । तसर्थ क्रान्तिकारी अभियानमा जुतिरहनु भएका प्रत्यक जिम्मेवार कामरेडहरु यसमानेमा सचेत हुनैपर्छ ।
हाम्रो सही राजनैतिक नीति हाम्रो सुदृढ उद्देश्य करोडौं जनतालाई साम्राज्यवाद विस्तारवाद, दलाल पूँजीपति र सामन्ति विरोधि क्रान्तिकारी युद्धको पक्षमा तान्नु हो । सर्वहारावर्ग, किसानहरु र शहरी निम्न पूँजीपतिवर्गका ब्यापक जनसमूदायहरुको निम्ति हाम्रो प्रचार–कार्य, आन्दोलन कार्य र संगठन कार्यको खाँचो छ । पार्टीको नीतिलाई आम जनताको नीति बनाउनको लागि हामीले लामो समयसम्म दृढ, अविचल, अविरल, धैर्यपूर्ण तथा कष्टदायक प्रयत्न गर्नुपर्छ । यस्तो प्रयत्न नभएमा हामीले कुनै सफलता पाउने छैन ।
साम्राज्यवाद, विस्तारवाद विरोधि क्रान्तिकारी जनसमूदायलाई सुदृढ बनाउनु, क्रान्तिकारी सुनामी सृजना गर्नु र नेपालमा जनवादी गणराज्यको स्थापना गर्नु यी सबै कामहरु जनतालाई आफ्नो पक्षमा तान्ने हाम्रो प्रयत्नबाट एकदमै अभिन्न छन् । यदि हामीले यस्तो प्रयत्न गरेर करोडौं जनतालाई आफ्नो नेतृत्वमा ल्याउन सक्यौं भने हाम्रो क्रान्तिकारी अभिभारालाई छिटोसित पूरा गर्न सकिन्छ । आफ्नो प्रयत्नद्वारा हामीले अवश्य पनि साम्राज्यवाद, विस्तारवाद तथा नेपाली अनुहारका देशद्रोहि कुतत्वहरुलाई मात्र होइन वर्तमान संसदीय व्यवस्थालाई नै परास्त गर्ने छौँ र पूर्ण राष्ट्रिय तथा सामाजिक मुक्तिका साथ नयाँ नेपाल निर्माणमा जनवादी गणराज्य स्थापना गर्ने छौँ ।

२०७८/०४/१९
ताहाचल, काठमाडौँ

 

प्रतिक्रिया

सम्बन्धित खवर