
काठमाडौं । श्रावण ८ गते गोकर्णेश्वर नगरमा कामको क्रममा बिधुतीय दुर्घटनामा परि ज्यान गुमाउनु भएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) काठमाडौँ जिल्ला समितिका सदस्य तथा पार्टी सम्बद्ध ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य कमरेड धुर्व क्षेत्रिको श्रद्धाञ्जली सभा उहाँकै निवास काठमाडौँ बुढानिलकण्ठ नगरपालिका स्थित बालुवाखानी ,कपनमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) काठमाडौँ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रिय समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला ईन्चार्ज कमरेड सरु र संचालन पार्टी केन्द्रिय सदस्य तथा महासंघका महासचिव कमरेड बसन्तले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि पार्टीको ३ नम्वर प्रदेश समितिका ईन्चार्ज कमरेड सागर र अतिथिहरु क्रमश पार्टीको ३ नम्वर प्रदेश समितिका सेक्रेटरी कमरेड प्रवेश,महासंघका केन्द्रिय अध्यक्ष कमरेड ईस्वर तिमिल्सिना, क्रान्तिकारी युवा लिगका केन्द्रिय अध्यक्ष कमरेड आकाश , पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी कमरेड अमर ,पार्टीका बुढानिलकण्ठ नगर कमिटिका ईन्चार्ज कमरेड सोनाम र स्थानीय टोलसुधार समितिका अध्यक्ष श्री ईन्द्र बहादुर खड्का हुनुहुन्थ्यो । साथै कमरेड धुर्व क्षेत्रीका आमा रुकमाया घर्ति क्षेत्री , सासु आमा भिम कुमारी थामी र भाई सुग्रिव कुमार क्षेत्री कार्यक्रमको बिशेष अतिथि हुनुहुन्थ्यो ।
कमरेड धुर्व क्षेत्रीको सम्मानमा एक मिनेट मौन धारण पश्चात उपस्थित सबैले उहाँको फोटोमा माल्यार्पण गरे लगत्तै महासंघका अध्यक्ष कमरेड इश्वर तिमिल्सिना, समाज सेवी तथा स्थानीय टोलसुधार समितिका अध्यक्ष ईन्द्र बहादुर खड्का , कमरेड धुर्वका भाई सुग्रिव कुमार क्षेत्री र प्रमुख अतिथि कमरेड सागरले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि कमरेड सागरले श्रद्धान्जली मन्तव्यकाे क्रममा भन्नुभयो ” न्याय ,स्वतन्त्रता र समानताको लडाईमा कमरेड धुर्व सँधै अग्रपंक्तिमा हुनुहुन्थ्यो । उहाँ हिडेको बाटोमा निरन्तर अघि बढ्नु नै उहाँ प्रतिको वास्तविक सम्मान र श्रदान्जली हो ।”
संचालक कमरेड बसन्तद्वारा कमरेड धुर्वको सांगठनिक जीवन तथा उहाँले ट्रेड युनियन महासंघमा खेलेको भूमिकाबारे चर्चा गर्दै सुरु गरिएको उक्त कार्यक्रम सभाध्यक्ष कमरेड सरु द्वारा कमरेड धुर्वले काठमाडौँ जिल्ला पार्टीमा निभाएको जिम्मेवारीको चर्चा गर्दै कार्यक्रममा उपस्थित सबै अतिथि , स्थानीय टोलवासीहरु र पार्टी तथा जवस/मोर्चाका कमरेडहरुलाई धन्यवाद व्यक्त गर्दै समापन गरिएकाे थियो ।
कार्यक्रममा स्थानीय टोलवासी, समाजसेवी तथा पार्टी र जवस/मोर्चाका नेता,कार्यकर्ताहरुको बाग्लो उपस्थिति रहेकाे थियाे ।
