काठमाडौं । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले गरेको आन्दोलनले यातायात ठप्प भएको छ । सातबुँदे माग राख्दै सवारीसाधनसहित व्यवसायीले प्रदर्शन गर्दा काठमाडौंको ट्राफिक अस्तव्यस्त बन्न पुगेको छ । व्यवसायीको आन्दोलनका कारण भाडाका सवारीसाधन चलेका छैनन् ।
उनीहरूले वैज्ञानिक भाडा नीति २०६५ अनुसार यातायातको भाडादर समायोजनको माग गरेका छन् । यस्तै, पर्यटन यातायातको भाडादर निर्धारण गर्नुपर्ने, ट्याक्सीको सुरुवाती कल निर्धारण हुनुपर्ने, लकडाउनको समयको कागजपत्रको कर, राजस्व र जरिवाना छुट गर्नुपर्ने, मौद्रिक नीतिमा यातायातको समस्यालाई सम्बोधन गर्नुपर्नेलगायतका माग राखेका छन् । यस्तै, स्तरीय २० वर्षे सवारीसाधनको म्याद थप गर्नुपर्ने, यातायात बिमा नीति परिमार्जन हुनुपर्ने र सडक कानुन लागू गर्नुपर्ने लगायत उनीहरूले माग अगाडि सारेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर