क्रान्तिकारी कम्युनिस्टहरुका लागि अग्रगमनको उत्तम मार्ग

प्रकाशित मिति : २०७८ असार ३१

- हुकुमबहादुर सिंह

प्रतिगमन के हो ?
समाजको विकास र चेतनाको स्तरलाई पछाडि फर्काउन खोज्ने कार्य प्रतिगमन हो । प्रतिगमन भनेको पछाडि फर्कनु हो । समाज अगाडि बढछ, त्यसलाई जबर्जस्ती पछाडि लैजाने काम गर्नु वा परिवर्तित समाजको विकासक्रमलाई स्विकार नगरी यथास्थितिमा रहन खोज्नुलाई प्रतिगमन भनिन्छ । समाजको विकासलाई रोक्न खोज्नु, पछि फर्काउनु वा प्रकृतिका विरुद्ध परिवर्तनलाई रोक्न खोज्नु प्रतिगमन हो । यस्ता कार्यहरु वस्तुगत परिस्थितिको विपरित आत्मगत रुपमा पछाडि धकेल्न खोज्नुनै रहेको पाइन्छ । समाज विकासक्रममा पुँजीवादी लोकतन्त्र विरुद्ध सामन्ती राज्यव्यवस्था खडागर्न खोज्नु वा पछाडि ल्याउन खोज्ने कामहरु प्रतिगमनका उदाहरण हुन । विगतमा ज्ञानेन्द्रले संसदीय प्रणालीलाई पछाडि धकेल्ने प्रयास गरेका हुन । रुस र चीनमा समाजवादलाई पछाडि धकेलेर पुँजीवादी बाटो लिनु पनि प्रतिगमन हो । प्रतिगमन प्रगतिविपरित स्थिति हो, अग्रगमनविरुद्धको स्थिति हो । क्रान्तिकारी कम्युनिस्टहरुका लागि वैज्ञानिक समाजवाद तर्फ जाने मार्ग अवलम्वन नगरी संसदीय व्यवस्थामै (यथास्थितिमा) रहन खोज्नु प्रतिगमन हो । उनीहरुका लागि त ओलीलगायत समग्र संसदीय प्रणालीका विरुद्ध संघर्षको आँधीवेहरी ल्याउनु अग्रगमन हो ।
इतिहासमा ज्ञानेन्दको प्रतिगमन
नेपालमा प्रतिगमन विरोधी आन्दोलनको रुपमा २०५९ साल असोज १८ गते राजा ज्ञानेन्द्रले तत्कालिन देउवा सरकारले प्रतिनिधि सभाको निर्वाचनको मिति पर सार्नका लागि गरेको शिफारिसलाई इन्कार गरी राजा ज्ञानेन्द्रले संविधानको धारा १२७(२) प्रयोगगरी तत्कालिन देउवा सरकारलाई विघटन गरेर नयाँ सरकार घोषणा गरेपछि सुरु गरिएको आन्दोलनलाई प्रतिगमन विरुद्धको आन्दोलनको नाम दिइएको थियो ।
उक्त आन्दोलनको मूल नारा राजाको स्वविवेकमा मन्त्रीपरिषद गठन नगरी प्रमूख राजनीतिक दलहरुको सहमतिमा सरकारको गठन गर्नका लागि सुरु गरिएको आन्दोलन नै प्रतिगमनविरुद्धको आन्दोलन थियो । तर त्यसलाई राजा ज्ञानेन्द्रले वास्ता नगरी आफ्नै स्वविवेकमा विभिन्न दलहरुबाट मानिस टिपेर मन्त्रीपरिषद गठन गर्ने कार्य जारी राखेका थिए । पछिल्लो अवस्थामा शेरबहादुर देउवालाई बोलाएर प्रधानमन्त्री बनाएपछि नेकपा एमाले पनि प्रतिगमन सच्चिएको भनी दलको सरकार गठन गरेपनि त्यसवेला गीरीजा नेतृत्वको नेकाँलगायत अन्य सातवटा दलहरुले प्रतिगमनविरुद्धको आन्दोलनलाई जारी राखेका थिए । यसरी प्रतिगमनविरुद्धको आन्दोलन चलिरहेको अवस्थामा १९ माघ २०६१मा राजा ज्ञानेन्द्रले यो दलको सरकारलाई पनि अपदस्त गरी आफनै नेतृत्वमा सरकार गठन गरेपछि यो प्रतिगमनविरुद्धको आन्दोलनले नयाँ रुप लिएको थियो । र पछि माओवादीसँग १२ बूँदे सहमति गरी निरंकुश राजतन्त्रको अन्त्य, प्रतिनिधिसभाको पुनृस्थापना, संविधानसभाको निर्वाचनको आन्दोलनमा परिवर्तन भई राजतन्त्रको अन्त्य गरेको थियो । यसरी गणतन्त्र, धर्मनिरपेक्षता, संघयिता र समावेशीताआदि निरङकुश राजतन्त्रको तुलनामा अग्रगमनकारी कार्यथिए, जसको समर्थन गर्नु अग्रगमनकारी शक्तिहरको कर्तव्य वन्दथ्यो, बन्यो पनि । त्यससमयमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एउटा अग्रगमनकारी काम थियो ।
संसदीय प्रणालीको स्थापना र नेपाली काँग्रेस
ग्णतन्त्रको स्थापनापछि क्रान्तिकारी कम्युनिस्टको कार्यभार हुन्थ्यो नेपालमा वैज्ञानिक समाजवादको स्थापना गर्ने तर्फको मार्गलाई प्रशस्त गर्ने । यही संसदीय प्रणालीलाई शिशु प्रजातनत्रको कसरी रक्षा गर्ने भन्दै घेरै कम्युनिस्टहरु नेपाली काँग्रेसको दलालपुँजीवादी संसदीय व्यवस्थालाई सुदृढ गर्न तर्फ लागे । जवकि दलालपुँजीवादी संसदीय व्यवस्थालाई सुदृढ गर्ने भनेको नेपालको नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादतर्फको मार्ग विरुद्धको काम हो र यो प्रतिगमनकारी कार्य हो । त्यसैले वर्तमान गणतन्त्रसँग जोडिएको संसदीय प्रणाली माक्र्सवादी–लेनिनवादी–माओवादी(माओािचार) मान्ने कम्य–निस्टहरुका लागि के थियो ? नेपालको संविधान २०७२ उनीहरुका लागि के थियो ? के मालेमावादीका लागि संसदीय व्यवस्थाको अलमलमा पर्ने छुट छ ? संसदीय व्यवस्थाको विरुद्ध संघर्षको तयारी गर्ने कि सवोच्च अदालतले संसद पुनस्र्थापना गरेकोमा अदालत, वोकिल, राजनीतिक दलआदि सबैलाई धन्यवाद दिएर वक्तव्य निकाल्ने ? सर्वोच्च अदालतले अगाडिको ढोकाबाट ब्वाँसो भित्तयाउदै पछाडिको ढोकाबाट स्याल धपाएकोमा गर्व र खुशीयाली मनाएर दिपावली गर्ने काम के क्रान्तिकारी कम्युनिस्टहरुका लागि सही हो त ? नेपाली क्रान्तिका लागि अग्रगमनको मार्ग के हो ? बहसको आवश्यकता छ कि छैन ?
विगतदेखि अहिलसम्म एउटा प्रतिक्रियावादी वर्गको भूमिका निर्वाह गरिरहेको नेकाँको नेतृत्वलाई(झन बदनाम बनेको शेरबहादुरको नेतृत्वको सरकारलाई समर्थन दिएर एउटा क्रान्तिकारी कम्युनिस्टहरुका लागि के त्यो प्रतिगमन विरोधी मार्ग बन्न सक्छ त ? क्रान्ति सफल भइसक्यो । अब क्रान्तिको औचित्य छैन । र, क्रान्ति सम्भव पनि छैन । संसदीय व्यवस्थाको विकल्प नै छैन । आदि इत्यादि भ्रमहरु छरेर जनसमूहलाई दिग्रमित तुल्याउने नेकाँजस्तो राजनीतिक दल कसरी अग्रगमनकारी हुन्छ । सच्चा कम्युनिस्टहरु तथा माक्र्सवादीहरुले संशोधनवादी तथा संसदवादीहरुले छरेका यस्ता भ्रमहरुको निरन्तर प्रतिवाद गर्ने हो कि उनीहरुको पुच्छर बनेर प्रतिगमन विरोधी आन्दोलन भन्दै हिंडने हो ?
के स्पष्ट हो भने सिद्धान्त र व्यवहार दुवै पक्षमा संसदवादी र संशोधनवादीहरुको हरेक भ्रमको प्रतिवाद गर्ने क्रान्तिकारी पार्टीको रुपमा सबैभन्दा खह«ो रुपमा प्रस्तुत हुनु एउटा क्रान्तिकारी कम्युनिस्टको कर्तव्य हुन्छ । नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले ‘संशोधनवाद र पश्चगमन’ नामक उनको पुस्तकमा भनेका निम्न भनाइहरुले यसवारे महत्व राख्छन, जसमा उनले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासलाई माक्र्सवाद र संशोधनवादका बीचको भीषण दुई लाइन संघर्षको इतिहास भनेका छन । र ‘संशोधनवाद र पश्चगमन’ नामक पुस्तकमा उनले लेखेका छन, “आज रुप तथा संख्यामा बलियो देखिने दक्षिणपन्थी संशोधनवाद मात्र संशोधनवाद नभएर वस्तुत: नवप्रतिक्रियावाद नै हो । यद्यपि त्यसले माक्र्सवादी पोशाक र आभुषणमा सजिएर दुनियाँभरलाई झिलिमिली देखाई दिग्भ्रमित पार्ने कोशिस गरिरहेको छ, परन्तु त्यो अस्थायी कुरा हो । संशोधनवादले जनताका नजरमा नवप्रतिक्रियावादका रुपमा छर्लङ्गै देखिनु वा नाङ्गिनु अनिवार्य छ । यसै क्रममा भीषण चुनौती र अनेकौं जटिलताहरुको सामना गर्दै माक्र्सवाद महान् सम्भावनाका बीचबाट देश र श्रमिक जनसमुदायको मुक्तिका लागि क्रान्तिको मैदानमा पुन: सशक्त रुपमा प्रस्तुत हुनु पनि अनिवार्य नै छ ।”
वर्तमानमा पनि नेपालका केही क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले राष्ट्रिय स्वाधीनता, जनताका अधिकार र जनजीविकाका सवाल तथा कोभिडबाट उत्पन्न परिस्थितिका विषयमा निरन्तर रुपमा आवाज उठाउँदै आएका छन र कहिले माइतीघर मण्डलामा त कहिले रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गर्दै आएका छन । कहिले एकल त कहिले संयुक्त कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्ने, नेता कार्यकर्ता गिरफ्तारमा पर्ने क्रम पनि निरन्तर चल्दै आएको छ । यी अग्रगमनतर्फका कार्यहरु हुन । यस्ता कार्यहरुको निरन्तरतातर्फ नलागि नेकाँको नेतृत्वमा बेठक बस्ने, अन्तरकृया गर्ने, बहस छलफलआदि र सर्वोच्चको फैसलामा रमाएर र यही प्रतिक्रियावादी स.सदीय व्यवस्थालाइे सुदृढ गर्ने कार्यजस्ता कार्यनीतिहरु अपनाएर कसरी नेपालमा जनवादी क्रान्तिलाई मद्त गर्दछ ? यो केबवल भ्रम सिवाय अरु
क्रान्तिकारी कम्युनिस्टहरुका लागि अग्रगमन
अग्रगमनकारी काम त त्यो हो, जव सच्चा देशभक्त तथा कम्युनिस्ट क्रान्तिकारीहरुले एकातिर पृथक रुपमा कलात्मक ढंगले विरोध तथा संघर्षका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भने अर्कोतिर जनपक्षीय विचार र राजनीतिक एजेण्डा र नेतृत्वहरुलाई कसरी स्थापित गर्ने , कसरी क्रान्तिको वातावरण निर्माण हुन्छ, त्यसवारे बहसको योजनाको आवश्यकता छ । यसतर्फ कम्युनिस्ट क्रान्तिकारी पार्टी, नेतृत्व र कार्यकर्ताहरुले पर्याप्त ध्यान दिन जरुरी छ । संसदवादी र संशोधनवादीहरुको भ्रम नतोडेसम्म जनतामा विश्वासको बिजारोपण गर्न सकिन्न । जनताको आशा र विश्वास, सहयोग र समर्थनकै बीचबाट क्रान्तिको प्रक्रिया अगाडि बढ्छ ।

हामी सबैले चाहेको विकल्प हो, यो भन्दा अग्रगामी विकल्प । त्यो अग्रगामी विकल्प आज जनताको माग बन्दै गएको छ । ओलीलाई सरकारबाट हटाउनु आवश्यक हो । तर त्यतीले पुग्दैन । त्यतीले नेपाल र नेपालीको समस्याको समाधान हुने वाला छैन । हामीले यो संघर्षलाई निरन्तरता दिनु आवश्यक छ । ओली हट्नु त अब एउटा सामान्य विषय बनिसकेको छ । हामीले त्यो भन्दा पनि माथि उठ्ने योजना बनाएर अघि बढनु आवश्यकता र जरुरी दुवै भएकोछ । ओलीलाई विदा गर्ने कामलाई नै धेरै ठुलो उपलव्धी बनाएर आत्मतुष्टी लिनु क्रान्तिकारी कम्युनिस्टहरुका सुहाउँदो विषय हुँदैन होइन । त्यसैलाई ठुलो उपलव्धिका रुपमा व्याख्या गरेर जनतालाई भ्रममा पार्नु एउटा क्रान्तिकारी कम्युनिस्टहरुका कर्तव्य हुँदैन होइन । यो व्यवस्थाको सट्टा अग्रगामी विकल्प स्थापित गर्नेे बाटोमा अघि बढ्ने योजना अहिले नै तयारीका लागि क्रान्तिकारी कम्युनिस्टहरुको एकता, संयुक्त मोर्चा वा कार्यगत एकता जे सम्भव छ सोही गरेर अगाडि बढनु आवश्यक छ । यसका लागि संघषको निरन्तरता, अझ उच्च स्तरको संघर्षको तयारी नै आवश्यक छ । यही नै सच्चा क्रान्तिकारीहरुका लागि उत्तम मार्ग हो । यही नै सही मानेमा अग्रगमन प्राप्तीको मार्ग हो ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm