अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको विरोध कार्यक्रम सम्पन्न

बढ्दो महङ्गि–मुल्य वृद्धि, पेट्रोलियम पदार्थको मुल्य वृद्धिको चर्को विरोध र अविलम्ब फिर्ताका निम्ति राज्यपक्षलाई अपिल

प्रकाशित मिति : २०७८ असार २५

२५ असार काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले विरोध कार्यक्रम सम्पन्न गरेको छ । शोषित–उत्पीडित श्रमजीवी मजदुरको राज्य खोई ? लेखिएको ब्यानर सहित दर्जनौं मजदुरहरु विरोध कार्यक्रममा सहभागी थिए ।


महासंघले मजदुरहरुको निष्कासन र रोजगारी बन्द, शतप्रतिशत पारिश्रमिक वृद्धि, श्रमिक विरोधी नीति खारेज सँगै मजदुरहरुको स्वास्थ्यको सम्पुर्ण दायित्व राज्यले बहन गर्नुपर्ने माग अगाडि सारेको छ । यसैगरी महासंघले अपमानजनक वैदेशिक रोजगारी खारेजी र स्वदेशमा नै रोजगारीको सुनिश्चितता गर्न राज्यलाई खबरदारी गरेको छ ।


बढ्दो महङ्गि–मुल्य वृद्धि, पेट्रोलियम पदार्थको मुल्य वृद्धिको चर्को विरोध र अविलम्ब फिर्ताका निम्ति राज्यपक्षलाई अपिल गरेको छ ।
कार्यक्रमलाई महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, केन्द्रीय नेताहरु बद्री चापागाईं, ढोगप्रसाद अधिकारी, दिनेश बर्तौला, कुमार घताने तथा अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनका केन्द्रीय संयोजक इन्दिरा अधिकारीले विचार सम्प्रेषण–सम्बोधन गर्नुभएको थियो ।


पछिल्लो पटक जारी निषेधाज्ञा–लकडाउनका कारण गरिखाने मजदुरवर्ग निरन्तर संकटपुर्ण अवस्था संग जुधिरहेका छन । राज्य तथा सम्बन्धित निकायहरुले यसतर्फ आवश्यक ध्यान दिन नसक्दा मजदुरवर्ग भित्र यो राज्य–व्यवस्था विरुद्ध नै चर्को विद्रोह हुर्कदै गएको छ । जसको परिणाम आजको विरोध कार्यक्रम पनि हो ।