२३ असार काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । लक्षण भएका कोरोना संक्रमितको सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण हुने भन्दै उनले यदि कसैलाई कोरोना संक्रमण लक्ष्मण भए परीक्षण गराउन आग्रह गरे । यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।
हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३९०, कास्कीमा २१०, चितवनमा २०६, झापामा १६९, सुनसरीमा १२४ र मोरङमा १२३ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै ललितपुरमा ८६, नवलपरासी पूर्वमा ७२, मकवानपुरमा ६८, भक्तपुरमा ६७, काभ्रेपलाञ्चोकमा ६५, कैलालीमा ५१,रुपन्देहीमा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
नुवाकोटमा ३७, तनहुँमा ३५, पाल्पामा २६, बर्दियामा २१, सिन्धुपाल्चोकमा र स्याङजामा २०÷२० जना, जुम्लामा १९, धनकुटामा १७, गोरखामा १५, दाङमा १३, धादिङमा १२, कञ्चनपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर