
असार २२ काठमान्डौ ।
चितवनको राप्ती नगरपालिका वडा नं. ३ मा बसोबास गर्ने बी.बी.एस. चौथो वर्षको परीक्षा दिएर बसेकी सुजिता भण्डारी ९ दिनसम्म बेपत्ता भएपश्चात् ब्रह्मस्थानी सामुदायिक वनमा मृत भेटिनुले नेपाल सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपन देखिएको छ । अखिल (क्रान्तिकारी) महिला संयोजक शिलु न्यौपानेले उक्त घटनाको सत्य–तथ्य छानविन गरी छिटोभन्दा छिटो दोषी पत्ता लगाई हदैसम्मको कारवाहीको माग गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्नसमेत निम्न प्रेस विज्ञप्तिमार्फत हार्दिक अपिल गर्नु भएको छ ः