२२ असार पोखरा ।

असार २२ गते नेपाल कम्युनिषट पार्टी ( क्रान्तिकारी माओवादी ) पोलिट ब्युरो सदस्य, ४ नम्बर प्रदेश कमिटीका संस्थापक सचिव एवं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संस्थापक केन्द्रिय सचिवालय सदस्य कमरेड श्रीनाथ अधिकारी (श्याम ) को द्वितीय वार्षिक स्मृति कार्यक्रम ४ नम्बर प्रदेश समितिले भर्चुअल माध्यमबाट भव्य रूपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाइ प्रमुख अतिथि सि.पी. गजुरेल ( गौरवले ) सम्बोधन गर्दै भन्नुभयो कमरेड श्याम असाध्यै मिलनसार, क्रान्ति प्रति इमान्दार र सक्रिय रूपमा जिम्मेवारी पुरा गर्ने एक महान योद्धा हुनु हुन्थ्यो । उहाँले लिएको अधुरा सपनाहरू हामीले पुरा गर्नुपर्छ भन्नुभयो । उहाँको स्मृतिमा पार्टीले स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेर कार्य पनि अगाडी बढाएको छ । हामीले त्यसलाइ जति सक्दो छिटो प्रकाशन गर्ने कुरा बताउनुभयो । श्रद्धेय कमरेड प्रति श्रद्धा सुमन व्यक्त गर्दै परिवारजनलाइ यो शोक घडीमा पनि धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्दै समवेदना व्यक्त गर्नुभयो ।


अहिले मुलुक अत्यन्तै जटिल मोडबाट अगडि बढेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले जनजीवन अस्तव्यस्त भएको छ । यस्तो अवस्थामा यो प्रतिक्रियावादी राज्य सत्ता, देश र जनता प्रति उदासीन छ । अब यो प्रतिक्रियावादी सत्ता र व्यवस्था को विकल्पमा जानु पर्छ । त्यसको विकल्प भनेको संघीय जनगणतन्त्र नै हो । त्यसको लागि जन क्रान्तिको आवश्यकता छ । त्यसको लागि जनतामा व्यापक प्रचार गर्ने र जनतालाइ आन्दोलनमा लाग्न प्रेरित गर्नु पर्ने कुरा बताउनुभयो ।
त्यसैगरी पार्टीका पोलिट ब्युरो सदस्य एवं ४ नं. प्रदेश इन्चार्ज अटलले श्रद्धेय नेता क. श्याम जिम्मेवारी प्रति अति नै लगनशिल हुनुन्थ्यो । हामी लामो समय सँगै एउटै कमिटी मा बसेर काम गरियो । उहाँबाट सिक्नुपर्ने धेरै कुरा छन, सादा जीवन उच्च विचार उहाँबाट हामी सबैले सिक्नुपर्छ । अहिले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति साम्राज्यवादीहरूको लागि प्रतिकुल भएको बेला क्रान्तिकारीहरूको लागि आन्दोलन उठाउन अनुकुल अवस्था आएको छ । यो बेला सर्वहारा श्रमजीविहरूको एकता र संघर्षलाइ व्यवस्थित रूपमा अगाडी बढाउँदै लैजानुपर्ने कुरा बताउनुभयो ।
केन्द्रिय सदस्य एवं कास्की जिल्ला इन्चार्ज रामजी थापाले क. श्याम को सरल र सादगी जीवनशैलीबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । केन्द्रिय सदस्य तथा कमरेड श्यामका जेठा छोरा गोर्खा जिल्ला इन्चार्ज निश्चलले उहाँको पारिवारिक अवस्था र उहाँले पार्टीको जिम्मेवारीमा रहेर आफ्नो जीवन कालमा भए गरेको कुरा बताउनु भयो ।
गोर्खा जिल्ला सेक्रेटरी कृष्ण कट्टेलले श्याम कमरेडले गोर्खा जिल्ला पार्टी र जनता प्रति छोडेको अमिट छापको स्मरणबारे चर्चा गर्नुभयो ।
प्रदेश पार्टी कमिटिका सदस्यहरू कास्की जिल्लाका सदस्यहरू र क. श्यामको परिवार लगायतको उपस्थितिमा सम्पन्न उक्त भर्चुअल वार्षिक स्मृति कार्यकमको अध्यक्षता, व्यवस्थापन एवं सञ्चालन पार्टी पोलिट व्युरो सदस्य एवं ४ नम्बर प्रदेश सेक्रेटरी केश बहादुर परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार