असार २२ काठमान्डौ ।

यही असार २१ गते काठमाडौंको तिलगङ्गास्थित प्यारागन स्कुलमा मनपरी ढङ्गले शुल्क वृद्धि गरेको विषयलाई लिएर छलफलका लागि पुगेका अभिभावकहरुमाथि स्कुल प्रशासनले आक्रमण गरेको र सञ्चारकर्मीहरुलाई समेत दुव्र्यवहार र क्यामेरा तोडफोड गरेको घटनाप्रति अखिल क्रान्तिकारीव्दारा घोर निन्दा एवम् भत्सर्ना गरेको जानकारी प्राप्त भएको छ । त्यसैगरी चितवनको राप्ती नगरपालिका वडा नं. ३ मा बसोबास गर्ने बी.बी.एस. चौथो वर्षको परीक्षा दिएर बसेकी सुजिता भण्डारी ९ दिनसम्म बेपत्ता भएपश्चात् ब्रह्मस्थानी सामुदायिक वनमा मृत भेटिनुले नेपाल सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपन देखिएको छ । अखिल (क्रान्तिकारी) उक्त घटनाको सत्य–तथ्य छानविन गरी छिटोभन्दा छिटो दोषी पत्ता लगाई हदैसम्मको कारवाहीको माग गर्दछ भन्दै पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्नसमेत निम्न प्रेस विज्ञप्तिमार्फत हार्दिक अपिल गरेको छ ः

 

 

प्रतिक्रिया

सम्बन्धित खवर